ब्लगअन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

【ब्यवसाय गर्दै आउनुभएका सबै महानुभावहरुमा】ब्यवसाय निरन्तरता अनुदान कोष (जापान सरकारबाटको अनुदान रकम )को बारेमा(事業復活支援金)

नयाँ कोरोना भाइरस संक्रामक रोगको कारण प्रभावित हुन पुगेका साना तथा मझौला कम्पनि, स्वतन्त्र पेशावाल का साथै आफ्नै स्वरोजगार ब्याबसाय गरिरहेका सम्पूर्ण व्यवसायीहरुलाई, ब्यवसायलाई निरन्तरता दिन वा पुनः संचालनमा सहयोग गर्नका लागि, तपाईहरुलाई अनुदान रकम उपलब्ध गराउनेछौं ।

【अनुदान रकम】
मापन अवधि (※2)को औसत बिक्रि-लक्षित महिना(※1)को औसत बिक्रि × 5 महिना बराबर
※1「लक्षित महिना」… 2021 नोवेम्बेर देखि 2022 मार्च को कुनैपनि एउटा महिना
※2「मापन अवधि」…「2018 नोवेम्बेर देखि 2019 मार्च」、「2019 नोवेम्बेर देखि 2020 मार्च」
अथवा「2020 नोवेम्बेर देखि ~2021मार्च」को कुनैपनि एउटा अवधि
यद्यपि, रकमको सीमा (तपाईंले प्राप्त गर्नुहुने सबैभन्दा बढी रकम) भने हुने छ ।
〇साना तथा मझौला कम्पनिहरु आदि अधिकतम 20 लाख 50 हजार एन
〇आफ्नै स्वरोजगार ब्यवसाय गरिरहेका ब्यवसायीहरु आदि अधिकतम 5 लाख एन

【लक्षित व्यवसायी】
① र ② अन्तरगत पर्ने, साना तथा मझौला कम्पनिहरु, आफ्नै स्वरोजगार ब्यवसाय गरिरहेका ब्यवसायीहरु लक्षित हो ।
①नयाँ कोरोनाभाइरस संक्रमण रोगको कारण प्रभावित हुन पुगेका
②लक्षित महिना(※1)को औसत बिक्रि, मापन अवधि(※2)को सोहि महिनाको तुलनामा 50% भन्दा बढी साथै वा 30% भन्दा बढी र 50% भन्दा कम घटेको हुनु पर्ने
※1「लक्षित महिना」…2021 नोवेम्बेर देखि 2022 मार्च को कुनैपनि एउटा महिना
※2「मापन अवधि」…「2018 नोवेम्बेर देखि 2019 मार्च」、「2019 नोवेम्बेर देखि 2020 मार्च」
अथवा「2020 नोवेम्बेर देखि ~2021मार्च」को कुनैपनि एउटा अवधि

【आवेदन दिने अवधि】
2022 जनवरी 31 तारिक(सोम)~2022 मे 31 तारिक(मंगल)सम्म

【आवेदन दिने तरिका】
इलेक्ट्रोनिक साधनको माध्यमबाट आबेदन, प्रक्रिया गर्न सक्नुहुन्छ ।
※आवेदन दिनु अघि, ब्यवसाय निरन्तरता अनुदान कोष सचिवालयको होमपेज बाट माइपेज बनाइ, आवस्यक कागजातहरु एटेज गरेर आवेदन दिनु पर्दछ ।

※आफैले इलेक्ट्रोनिक साधनको माध्यमबाट आबेदन गर्नकोलागि कठिनाइ हुने व्यक्तिहरुले, 「आवेदन सहयोग स्थान」बाट प्रक्रियाको लागि मद्दत प्राप्त गर्न सक्नुहुन्छ ।「आवेदन सहयोग स्थान」मा जानुभन्दा पहिले बुकिंग गर्न आवश्यकता पर्दछ ।
आवेदन सहयोग स्थानको बारेमा:https://jigyou-fukkatsu.go.jp/support/index.html

「ब्यवसाय निरन्तरता अनुदान कोषको बारेमा」बृस्तित मा बुझ्नको लागि, ब्यवसाय निरन्तरता अनुदान कोष सचिवालयको होमपेज मा हेर्नुहोला ।
https://jigyou-fukkatsu.go.jp/index.html(जापानिज भाषा)

【सम्पर्क】
फोन नम्बर:0120-789-140 (फोन गर्न नि:शुल्क छ) 03-6834-7593 (फोन गर्न शुल्क लाग्नेछ)
खुल्ने समय:बिहान साढे 8 बजेबाट ~ बेलुका 7 बजे सम्म (शनिबार, आइतबार र सार्वजनिक बिदाको दिन पनि उपलब्ध छ)