ब्लगअन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

डिसेम्बर महिनाको विशेषज्ञिय परामर्श बैठकको राख्ने बारेको जानकारी/12月の専門相談会のお知らせ

● डिसेम्बर 4 तारिकमा प्रशासनिक लेखनदास द्वारा विशेषज्ञीय परामर्श बैठक गर्छौं
भिसा, बसाइ अनुमति, इमिग्रेशन प्रक्रिया तथा प्रशासनिक कार्य आदिको बारेमा मियागी प्रशासकीय परिचालक संस्थाको प्रशासनिक कार्यकर्तासँग सल्लाह गर्न सक्नुहुन्छ।
【समय】2021 डिसेम्बर 4 तारिक (शनिबार) 13:00 – 16:00
2021 schedule_Administrative Scriveners-2

● डिसेम्बर 10 तारिकमा वकिल द्वारा विशेषज्ञीय परामर्श बैठक गर्छौं
विवाह, घर भाडा, सम्पत्ति, र उत्तराधिकार जस्ता कानूनी मामिलाहरूको सम्बन्धमा सल्लाह गर्न सक्नुहुन्छ। परामर्शको लागि शुल्क लाग्दैन ।
【समय】2021 डिसेम्बर 10 तारिक (शुक्रबार) 13:00 – 16:00
2021 schedule_Lawyers-2

● डिसेम्बर 24 तारिकमा प्रस्थान तथा आप्रवासन ब्युरो (immigration) द्वारा विशेषज्ञीय परामर्श बैठक गर्छौं
प्रवेश तथा बसोबास प्रक्रिया भिसा प्रक्रिया सम्बन्धिको सरसल्लाहको लागी सेन्दाई प्रस्थान तथा आप्रवासन ब्युरोबाट परामर्श लिन सकिने छ ।
【समय】2021 डिसेम्बर 24 तारिक (शुक्रबार ) 13:00 – 16:00
2021 schedule_Immigration Bureau-2

※परामर्शको लागि शुल्क लाग्दैन । सल्लाह लिन सक्ने समय चाहिं एक जना को 30 मिनेट सम्म हुन्छ |
※परामर्श गर्न चाहनुहुन्छ भने निवेदन गर्दा निम्नलिखित कुराहरु बुझाउनु होला |

– तपाइको नाम
– सम्पर्क (फोन नम्बर / ईमेल)
– तपाइको बसाइ अनुमतिको आवस्था
– तपाइलाई सल्लाह गर्न मान लागेको कुरा को बारेमा (समस्या को बारेमा)
– अनुवादकको आवश्यकता पर्छ कि पर्दैन ?

<< विशेषज्ञीय परामर्श बैठकको आवेदनको लागि यँहा सम्पर्क गर्नुहोला >>
【स्थान】सेन्दाई बहुसांस्कृतिक समाज केन्द्र (सेन्दाई अन्तर्राष्ट्रिय केन्द्र, सम्मेलन भवन 1F)
【निवेदनको लागि सम्पर्क】 TEL:022-224-1919、022-265-2471/Email:tabunka@sentia-sendai.jp