ब्लगअन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

【सम्पूर्ण व्यवसायीहरुमा 】दोस्रो पटकको ब्यापर समय अवधि घटाउन गरिएको अनुरोध आदि बाट प्रभावित भएका व्यवसायीहरुका लागि, सहायता रकमको बारेमा(第2次時短要請等関連事業者支援金について)

यो सहायता रकम, निम्नलिखित प्रभावको कारणले बिक्रि घटेको व्यवसायीहरुका लागि हो। 2021(रेवा 3) मे महिना तथा जुन महिनाको बिक्रि, 2019 तथा 2020 को जस्तै समान महिनाको बिक्रीको तुलना गरि, निश्चित रुपमा बिक्रि घटेको साना तथा मझौला उधोगहरु लाई सहायता रकम दिईनेछ।

・मियागी प्रान्त द्वारा ब्यापर समय अवधि घटाउन गरिएको अनुरोध
・GoTo क्याम्पेनमा लगाएको रोक
・मियागी प्रान्त,सेन्दाई सिटि द्वारा गरिएको आपातकालीन अवस्थाको घोषणा

लक्षित व्यवसायीहरू वा अनुदान रकम, आवेदन गर्ने तरिका आदि को बारेमा, सम्पर्क गर्नुहोस्।

【आवेदन अवधि】
2021 जुलाई 14 तारिक (बुधबार) ~2021 सेप्टेम्बर 30 तारिक (बिहीबार) सम्म

【सम्पर्क】
सम्पर्कको लागि डायल (सोमबार देखि शुक्रबार 9 बजे~17 बजे)
फोन नंम्बर:022-263-8833

विस्तृत जानकारीको लागि, सेन्दाईको होमपेजमा हेर्नुहोस।

「दोस्रो पटकको ब्यापर समय अवधि घटाउन गरिएको अनुरोध आदि बाट प्रभावित भएका व्यवसायीहरुका लागि, सहायता रकमको बारेमा【व्यापार समयअवधि घटाउन अनुरोध आदि सम्बधि व्यवसायीहरुको लागि सहायता रकमको बारेमा】」
(第2次時短要請等関連事業者支援金について【時短要請対象者向け】)
https://www.city.sendai.jp/kikakushien/kanrenjigyosyashienkin/dai2jitan.html(जापनीज)

यदि तपाइलाइ जापानिज भाषा बोल्नमा समस्या भए सेन्दाई बहुसांस्कृतिक समाज केन्दमा फोन गर्नु होला ।
यहाँबाट तपाइले दोभाषेको सहयोग लिन सक्नुहुनेछ ।
फोन:022-224-1919(9 बजे देखि 17 बजे सम्म )
ईमेल:tabunka*sentia-sendai.jp
(कृपया “*”लाई “@” राखेर पठाउनुहोस् )