ब्लगअन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

कम आय भएका बच्चा पालनपोषण गर्ने परिवारहरुको लागि बच्चा पालनपोषण परिवार जीवनयापन सहयोगी विशेष अनुदान (एकल-अभिभावक परिवारहरूको लागि) को बारेमा(低所得の子育て世帯に対する子育て世帯生活支援特別給付金(ひとり親世帯分))

हामी नयाँ कोरोना भाइरसबाट प्रभावित, एकल-अभिभावक परिवारको जीवनयापनमा मद्दत गर्नको लागि, अनुदान रकम
प्रदान गर्दछौं ।

【रकम भुक्तानीको लक्षित व्यक्ति =अनुदान रकम प्राप्त गर्न सक्ने व्यक्ति >】
① ~③ को कुनै एकमा मेलखाने व्यक्ति 2022 (रेइवा 4) मार्च 31 समयमा, 18 बर्ष वा सोभन्दा कम ( शारीरिक अशक्तता भएका व्यक्तिहरुको हकमा 20 बर्ष मुनिका ) बच्चाको निगरानी <= रेखदेख गर्दै आएका >व्यक्ति

① 2021(रेइवा 3)अप्रिल महिनाको बच्चा पालनपोषण भत्ता प्राप्त गर्ने व्यक्ति
※ 2021(रेइवा 3)मार्च 31 सम्ममा बच्चा पालनपोषण भत्ताको लागि आवेदन दिएर, प्रमाणित गरिएको <=भत्ता पाउने निर्णय भएको > व्यक्ति

② सार्वजनिक पेन्सन लिइ रहेका कारण, 2021(रेइवा 3)अप्रिल महिनाको बच्चा पालनपोषण भत्ता प्राप्त नगरेका एकल अभिभावक व्यक्ति
※ सार्वजनिक पेन्सन भन्नाले, मृत्युपर्यान्त परिवार पेन्सन, शारीरिक अशक्तता पेन्सन, बृद्ध पेन्सन, श्रमिक दुर्घटना क्षतिपूर्ति पेन्सन, शोक सन्तप्त परिवारको क्षतिपूर्ति आदि पर्दछ ।
※ सार्वजनिक पेन्सन लिइ रहेका कारण, बच्चा पालनपोषण भत्ता प्राप्त गर्नको लागिको प्रमाणीकरण नभएका व्यक्ति पनि,
अनुदान रकमको लागि लक्षित व्यक्तिको बर्गमा पर्दछन ।
※2021 (रेइवा 3) मार्च 31 समयमा एकल अभिभावक भइ, 2019 (रेइवा 1) आम्दानि (तलब) चाँही, तोकिएको मानक रकम भन्दा कम हुनुपर्दछ ।

③नयाँ कोरोना भाइरसको कारण, आम्दानि (तलब), कम भइ, 2020(रेइवा 2)फेब्रुअरी भन्दा पछिको आम्दानि (तलब) चाँही,
बच्चा पालनपोषण भत्ता प्राप्त गर्ने व्यक्ति जत्तिकै हुन गएका एकल अभिभावक व्यक्ति

※आम्दानी (तलब) काम भएका पालनपोषण गर्ने अभिभावकमा (आफ्नो बच्चा नभै पालेको बच्चा भएपनि) पनि, लक्षित छ।
※2022 (रेइवा 4) फेब्रुअरी 2 तारिक पछि एकल अभिभावक हुनलाग्नुहुने व्यक्ति चाहिँ, अनुदान रकमको लागि लक्षित व्यक्तिको बर्गमा पार्नेछैनन ।

【अनुदान रकम】
लक्षित बच्चाहरु एक जनालाई 50 हजार येन

【आवेदन अवधि】
2021 (रेइवा 3) अप्रिल 23 तारिक (शुक्रबार) ~2022 (रेइवा 4) फेब्रुअरी 28 तारिक (सोमबार)

【आवेदन दिने तरिका】
[लक्षित व्यक्ति] माथिको ① नम्बरको व्यक्तिले चाहिँ आवेदन गर्न आवश्यक पर्दैन ।
※लक्षित व्यक्तिको लागि, सेन्दाई सिटि बाट 2021 (रेइवा 3) अप्रिल 19 तारिकमा जानकारी पठाई सकिएको छ ।
※2021(रेइवा 3) अप्रिल 23 तारिकमा, बच्चा पालनपोषण भत्ताको रुपमा उही बैंक खातामा स्थानान्तरण (पठाएको) गरिसकिएको छ ।

[लक्षित व्यक्ति] माथिको ②र③ नम्बरको व्यक्तिले चाहिँ आवेदन गर्न आवश्यक पर्छ ।

※बच्चा पालनपोषण भत्ताको लागि प्रमाणित भए पनि, भुक्तानी <=भत्ता प्राप्त गर्नलाई> रोकिएको व्यक्ति पनि
2020(रेइवा 2) आर्थिक वर्षको अन्त्यमा, सेन्दाई सिटिको 「एकल-अभिभावक परिवार अस्थायी विशेष अनुदान रकम」को लागि आवेदन गरि, अनुदान रकम प्राप्त गारेका व्यक्ति(त्यस बाहेक अन्य, विवाहित व्यक्ति बाहेक) हरुलाई मे महिनाको बीचतिरमा आवेदनगर्ने कागजपत्रहरू पठाउनेछौं।

※वडा कार्यालय, सामान्य शाखा कार्यालयको बच्चा पालनपोषण भत्ता पाउने काउन्टरमा पाऊन सकिन्छ ।
※ घर (आफू बस्नु भएको ठेगाना) मा आवेदन कागजपत्र पठाइदिए हुनेथियो भन्ने चाहनुहुने व्यक्तिले, कल सेन्टरमा फोन गर्नुहोस् ।
 
आवेदन कागजात र कागजात पेश गर्नको लागिको खाम पठाउनेछौ । (कागजात पेश गर्नको लागि,हुलाक टिकट शुल्क <=कागजात पठाउनको लागिको शुल्क>चाहिँ आवश्यक पर्दैन)

【आवेदन फारम पठाउने ठेगाना】
आफू बसेको ठाउँको वडा कार्यालय, सामान्य शाखा कार्यालयको बच्चा पालनपोषण भत्ता पाउने काउन्टरमा, आवेदन फारम पेश गर्नुहोस । (शनिबार, आइतबार, सार्वजनिक बिदाको दिन बन्द हुनेछ) हुलाक मार्फत पठाउन पनि सकिनेछ ।

(青葉区役所 保育給付課子育て給付係 〒980-8701 青葉区上杉一丁目5-1)
आ ओबा वडा कार्यालय शिशु कक्षा सहायता बिभाग बच्चा पालनपोषण सहायता केन्द्र 〒980-8701 आ ओबा कु खामिसुगी 1–5-1

(宮城総合支所 保健福祉課保育給付係 〒989-3125 青葉区下愛子字観音堂5)
(मियागी सामान्य शाखा, स्वास्थ्य कल्याण बिभाग बच्चा पालनपोषण सहायता केन्द्र 〒989-3125 आ ओबा कु शिमोआयाशी जी खान न दो 5)

(宮城野区役所 保育給付課子育て給付係 〒983-8601 宮城野区五輪二丁目12-35)
(मियागी नो कु वडा कार्यालय शिशु कक्षा सहायता बिभाग बच्चा पालनपोषण सहायता केन्द्र 〒983-8601 मियागी नो कु गोरिन 2-12-35)

(若林区役所 保育給付課子育て給付係 〒984-8601 若林区保春院前丁3-1)
(वाकाबायासी वडा कार्यालय शिशु कक्षा सहायता बिभाग बच्चा पालनपोषण सहायता केन्द्र〒984-8601 वाकाबायासी कु होसुइइन माए (अगाडि) 3-1)

(太白区役所 保育給付課子育て給付係 〒982-8601 太白区長町南三丁目1-15)
थाईहाकु वडा कार्यालय शिशु कक्षा सहायता बिभाग बच्चा पालनपोषण सहायता केन्द्र 〒982-8601 थाईहाकु कु नागामाची मिनामी 3-1-15 

(秋保総合支所 保健福祉課福祉係 〒982-0243 太白区秋保町長袋字大原45-1)
(आक्यु सामान्य शाखा, स्वास्थ्य र कल्याण बिभाग कल्याण केन्द्र 〒982-0243 थाईहाकु कु अकिउ माची नागा फुकुरो आजाओ हारा 45-1)

(泉区役所 保育給付課子育て給付係 〒981-3189 泉区泉中央二丁目1-1)
(इजुमी वडा कार्यालय शिशु कक्षा सहायता बिभाग बच्चा पालनपोषण सहायता केन्द्र 〒981-3189 इजुमी कु इजुमीचिउयो 1-1)

बिस्तृतरुपमा, सेन्दाई सिटिको होमपेजमा हेर्नुहोला ।

> कम आय भएका बच्चा पालनपोषण गर्ने परिवारहरुको लागि बच्चा पालनपोषण परिवार जीवनयापन सहयोगी विशेष अनुदान (एकल-अभिभावक परिवारहरूको लागि) (नयाँ कोरोनाभाइरस संक्रमणसँग सम्बन्धित) (जापानीज भाषा मात्र)
https://www.city.sendai.jp/kodomo-kyufu/kosodatesetai_seikatusientokubetukyufu1.html 

【सम्पर्क】
सेन्दाई सिटि 「बच्चा पालनपोषण गर्ने परिवारहरुको लागि बच्चा पालनपोषण परिवार जीवनयापन सहयोगी विशेष अनुदान」 कल सेन्टर
फोन नम्बर:022-200-2723 
सम्पर्क गर्न सकिने समय:हेरक दिन बिहान 8.30 बाट बेलुका 6 बजे

यदि तपाइलाइ जापानिज भाषा बोल्नमा समस्या भए सेन्दाई बहुसांस्कृतिक समाज केन्दमा फोन गर्नु होला ।
यहाँबाट तपाइले दोभाषेको सहयोग लिन सक्नुहुनेछ ।
फोन:022-224-1919
(प्रत्येक दिन बिहान 9 बजे देखि बेलुका 5 बजे सम्म )
ईमेल:tabunka*sentia-sendai.jp
(कृपया “*”लाई “@” राखेर पठाउनुहोस् )

(20210603)