ब्लगअन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

【ब्यवसाय गर्दै आउनुभएका सबै महानुभावहरुमा】「नयाँ कोरोनाभाइरस संक्रमण फैलावट रोकथाम सहायता रकम (सेन्दाई सिटी स्थानीय औद्योगिक सहायता कोष) 」को सम्बन्धमा (仙台市地域産業協力金)

 यसको आवेदन दर्ताको समय समाप्त भएको छ 

यस अघि मियागी प्रान्तले, नयाँ कोरोनाभाइरस संक्रमण फैलावट रोकथामको लागि, ब्यवसाय गर्दै आउनुभएका सबै व्यवसायीहरुलाई सेवा तथा व्यवसाय रोक्न या ब्यवसायको नियमित समय लाइ घटाउनु हुन सहयोगकोलागि अनुरोध गरेका थियौं ।
अवधि, 2020 अप्रिल 25 तारिक(शनि)देखि मे 6 तारिक (बुध) सम्म ।
यस कार्यमा सहयोग पुर्याउनु हुने ब्यवसायीहरुलाइ यो सहायता रकम दिइने छ ।

【सहायता रकम 】

एक ब्यवसायका लागि 3 लाख एन
तर,सेन्दाई सिटी भित्रका सेवा तथा ब्यवसाय संचालन गर्ने ब्यवसायीको हकमा एक ब्यवसायको 4 लाख (2 वा सो भन्दा बढी सेवा तथा ब्यवसाय भएमा 8 लाख )

【लक्षित अवधि 】

2020 अप्रिल 25 तारिक(शनि)देखि मे 6 तारिक (बुध)

※ यो सम्पूर्ण अवधि अनिवार्य रुपमा, ब्यवसाय बन्द गर्ने अथवा ब्यवसाय समय घटाउने कार्य गर्नु पर्ने छ ।
※ यदि यो कार्य 2020 अप्रिल 25 तारिकमै नगरी, 25 तारिक भन्दा पछिबाट ब्यवसाय बन्द गर्ने अथवा ब्यवसाय समय घाटाउने कार्य गरेपनि त्यस्तो अवस्थामा तपाइलाइ यो सुविधा उपलब्ध हुने छैन ।

【लक्षित ब्यवसायी】

निम्न सम्पूर्ण आवस्यकिय कुराहरु पूरा गर्नु पर्ने सर्त राखिएको छ
・मियागी प्रान्तमा ब्यवसाय संचालन गर्ने साना तथा मध्यम आकारका व्यवसायी
・सेवा तथा व्यवसाय रोक्ने या ब्यवसायको नियमित समय लाइ घटाउन सक्ने ब्यवसायी
・रेस्टुरेन्ट आदि जो, बेलुका 8 बजे देखि बिहानको 5 बजे सम्मको रात्रीकालिन ब्यवसाय समयलाइ

यस कोषको दायरा भित्रमा पर्ने ब्यवसाय तथा संस्थाहरु को बारेमा बुझ्न मियागी प्रान्तको होमपेज हेर्नुहोला
https://www.pref.miyagi.jp/uploaded/attachment/789904.pdf (जापानिज भाषा)

【आवेदन अवधि】

13 मे 2020 (बुध) ~15 जून (सोम) सम्म (“हुलाकी प्रक्रिया” केस्सिन युउकोउ)

【आवेदन दिने तरिका】

आवस्यक पर्ने आवेदन फारम आदि, सेन्दाई सिटीको होमपेज बाट डाउनलोड गर्ने, अथवा हरेक वडाकार्यालय तथा
सामान्य प्रशासन शाखाबाट वितरण गरि रहीएको ।
आवेदन चाहिँ, हुलाक मार्फत मात्र दर्तागरिने छ । आवेदन फारम,र अन्य आवस्यक कागजातहरु तयार पारेर पठाउनुहोला ।
कागजातहरु पठाउनको लागिको「पठाउने ठाँउको ठेगाना」पनि सेन्दाई सिटीको होमपेजबाट डाउनलोड गर्न सकिन्छ ।
※「आवेदन फारम」र「सेइयाकुस्यो “प्रतिज्ञानामा”」चाँही, रेस्टुरेन्ट ब्यवसायीको लागि र रेस्टुरेन्ट बाहेक अन्यको लागि फरक पर्ने हुनाले । यस कुरामा ध्यान पुर्याउनु होला ।

सेन्दाई सिटीको होमपेज
नयाँ कोरोना भाइरस संक्रामक रोगको फैलावट रोक्ने सम्बन्धि सहायता कोष (सेन्दाई सिटी स्थानीय औद्योगिक सहायता कोष) 」को सम्बन्धमा (जापानिज भाषा)
http://www.city.sendai.jp/kikakushien/kyoryokukin.html

【धेरै सोधिने प्रश्न र उत्तरहरू】

मियागी प्रान्त होमपेजको「よくあるお問い合わせはこちら(धेरै सोधिने प्रश्नहरु यँहाबाट)」हेर्नुहोला । (जापानिज भाषा)
https://www.pref.miyagi.jp/soshiki/fukensui/coronavirus-kyoryokukin.html

【सम्पर्क】

①सोधपुछको लागिको टेलिफोन
आवेदनसँग सम्बन्धित प्रश्नहरु सोध्न सक्नुहुनेछ (जापानिज भाषा मात्र)
फोन नम्बर :0570-085894
खुल्ने समय :कार्यालय दिन साँढे 8 बजे ~17 बजे
※ मे महिनामा भरि अस्थाइ समयको लागि शनिबार, आइतबार पनि खुल्ने छ ।

②आवेदन फारम तयार पार्न विशेष सहयोग गर्ने स्थान (समय लिनुपर्ने)
आवेदन फारम तयार पार्नको लागि सोधपुछ गर्न सकिन्छ । (जापानिज भाषा मात्र)
समय लिने तरिका :सोधपुछको लागिको टेलिफोन (0570-085894)」मा फोन गरेर समय लिने
खुल्ने समय : कार्यालय दिन 9 बजे ~17 बजे
※ अस्थाइ रुपमा मे 16(शनि)र मे 17 तारिख(आइत)पनि खुल्नेछ
स्थान: साना तथा मज्योउला कम्पनी पुनरुत्थान केन्द्र  仙台市中小企業活性化センター内
(सेन्दाई-सि आवोबा-कु च्युउओउ 1-3-1 AER 5F  仙台市青葉区中央1-3-1 AER5階)

यदि तपाइलाइ जापानिज भाषा बोल्नमा समस्या भए सेन्दाई बहुसांस्कृतिक समाज केन्दमा फोन गर्नु होला ।
यहाँबाट तपाइले दोभाषेको सहयोग लिन सक्नुहुनेछ ।
फोन:022-224-1919
(प्रत्येक दिन बिहान 9 बजे देखि बेलुका 5 बजे सम्म )
ईमेल:tabunka*sentia-sendai.jp
(कृपया “*”लाई “@” राखेर पठाउनुहोस् )

(20200615)