ब्लगअन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

कम आय भएका परिवारलाई बालबालिकाको पालनपोषण गर्नको लागि बालबालिका पालनपोषण परिवार जीवनयापन सहायता विशेष अनुदान रकम (निवास कर आदिको कर छुट प्राप्त भएका परिवारहरु【※राष्ट्रिय प्रणालीको नाम:एकल अविभावक परिवार बाहेकका कम आय भएको बालबालिका पालनपोषण गर्ने परिवारहरु 】)(低所得の子育て世帯に対する子育て世帯生活支援特別給付金(住民税均等割非課税世帯分))

यो नयाँ कोरोना भाइरस संक्रमण बाट प्रभाभित भएका परिवारहरुको लागि जीवनयापन सहयोग अनुदान रकमको जानकारी हो। लक्षित गरिएकामा, कम आय भएका बच्चा पालनपोषण गर्ने परिवार हो । लक्षित व्यक्तिले, प्रत्येक बच्चाको लागि 50 हजार येन प्राप्त गर्न सक्नुहुनेछ। योग्य हुनको लागि केहि सर्तहरु छन्।

【भुक्तानीको लागि लक्षित व्यक्ति】
【1】「पालनपोषण को सर्तहरू」को ①~⑦ को कुनैपनि एकमा मेलखाने व्यक्ति भै【2】「आयआर्जन को सर्त」को ① वा ② को कुनैपनि एकमा मेलखाने व्यक्ति

※「कम आय भएका बच्चा पालनपोषण गर्ने परिवारहरुको लागि बच्चा पालनपोषण परिवार जीवनयापन सहयोगी विशेष अनुदान रकम (एकल-अभिभावक परिवारहरूको लागि)」प्राप्त गर्नुहुने व्यक्ति भने, यस पटक लक्षित समूहमा पर्नुहुने छैन।

※सँगै बस्नु हुने हजुरबा, हजुरआमा आदि को आयआम्दानी (तलब आदि) धेरै भएको कारणले「कम आय भएका बालबालिका पालनपोषण गर्ने परिवारहरुको लागि बालबालिका पालनपोषण परिवार जीवनयापन सहयोगी विशेष अनुदान (एकल-अभिभावक परिवारहरूको लागि)」प्राप्त गर्न नसक्नु भएका व्यक्तिहरुले, अभिभावक (हेरचाहकर्ता) को 2022 (रेवा 4) बर्षको आवास कर आदि को कर छुट भएका जस्ता सर्तहरुमा पर्नुभयो भने, प्राप्त गर्न सक्नुहुनेछ ।

【1】बाल हेरचाहको सर्त
①2022 (रेवा 4) अप्रिल महिनाको बच्चा पालनपोषण भत्ता प्राप्त गर्ने व्यक्ति (निजामती कर्मचारी बाहेक अन्य व्यक्ति)
※संस्था आदिको संचालक व्यक्तिहरु इत्यादिमा, लक्षित हुनेछैन। पालनपोषण गर्ने आफन्तमा लक्षित हुनेछ।
   
②2022 (रेवा 4) अप्रिल महिनाको बच्चा पालनपोषण भत्ता प्राप्त गर्ने व्यक्ति (निजामती कर्मचारी)

③2022 (रेवा 4) अप्रिल महिनाको विशेष आश्रित बच्चा पालनपोषण भत्ता प्राप्त गारेका व्यक्ति

④पहिलोपटक, बालबालिका पालनपोषण भत्ता प्राप्त गर्ने व्यक्ति (निजामती कर्मचारी बाहेक अन्य व्यक्ति)
2022 (रेवा 4) मे महिना बाट, 2023 (रेवा 5) मार्च महिना सम्मको कुनै एउटा महिनाको बालबालिका पालनपोषण भत्ता प्राप्त गर्न नयाँ निर्णय गरिएको व्यक्ति, साथै, बालबालिका पालनपोषण भत्ता रकम परिमार्जन गर्ने निर्णय गरेका व्यक्तिहरू

⑤पहिलोपटक, बालबालिका पालनपोषण भत्ता प्राप्त गर्ने व्यक्ति (निजामती कर्मचारी)
2022 (रेवा 4) मे महिना बाट, 2023 (रेवा 5) मार्च महिना सम्मको कुनैएक महिनाको बालबालिका पालनपोषण भत्ता प्राप्त गर्न नयाँ निर्णय गरिएको व्यक्ति, साथै, बच्चा पालनपोषण भत्ता रकम परिमार्जन गर्ने निर्णय गरेका व्यक्तिहरू

⑥पहिलोपटक, बिशेष आश्रित बालबालिका पालनपोषण भत्ता प्राप्त गर्ने व्यक्ति
2022 (रेवा 4) मे महिना बाट, 2023 (रेवा 5) मार्च महिना सम्मको कुनै एउटा महिनाको बिशेष आश्रित बालबालिका पालनपोषण भत्ता प्राप्त गर्न नयाँ निर्णय गरिएको व्यक्ति, साथै, बिशेष आश्रित बालबालिका पालनपोषण भत्ता रकम परिमार्जन गर्ने निर्णय गरेका व्यक्तिहरू

⑦यसबाहेकको लक्षित गरिएको बच्चा हेरचार गर्ने व्यक्ति
माथिको ①~⑥ सम्मको कुनैपनि नमिल्ने व्यक्ति भइ, 2004(हेसेइ 16)अप्रिल 2 तारिक बाट 2007(हेसेइ 19)अप्रिल 1 तारिक सम्मको बिचमा जन्मेको बालबालिका हुर्काइरहेका व्यक्ति
    
【2】आयआर्जनको सर्तहरु
①2022 (रेवा 4) आर्थिक वर्षको आवास कर आदि कर छुट पाएका व्यक्ति
※कर को दायर भित्र नपरेका व्यक्ति, समाबेश छैनन ।
तर, करको दायर भित्र नपरेका व्यक्ति भएपनि, जीविकोपार्जन भत्ता प्राप्त गर्ने व्यक्तिहरु लाई समावेश हुनेछ ।

②नयाँ कोरोना भाइरस संक्रमण को प्रभावको कारण, 2022 (रेवा 4) जनवरी भन्दा पछि, आम्दानी अचानक घटेर 2022 (रेवा 4) आर्थिक बर्षको आवास कर आदि कर छुट पाएका व्यक्ति जत्तिकै आम्दानी भएका व्यक्तिहरु
  
【भुक्तानीको लागि लक्षित बालबालिका】
2004 (हेसेइ 16) अप्रिल 2 तारिक बाट 2023 (रेवा 5) फेब्रुअरी 28 तारिकमा जन्मिएका बालबालिका
(अपांगता भएका बच्चाहरु, 2002 (हेसेई 14) अप्रिल 2 तारिक पछि जन्मिएका बालबालिका लक्षित छन)

【रकम】
प्रति बालबालिका 50,000 येन

【आवेदन लिने अवधि】
2022 (रेवा 4) जुन 30 तारिक (बिहिबार)~2023 (रेवा 5) फेब्रुअरी 28 तारिक (मंगलबार)
 ※2023 (रेवा 5) फेब्रुअरी 1 तारिक (बुधबार) ~2023 (रेवा 5) फेब्रुअरी 28 तारिक (मंगलबार) सम्मपनि, बच्चा हेरचार गर्ने जिम्मेवारी पाएको व्यक्ति, 2023 (रेवा 5) मार्च 15 तारिक (बुधबार) सम्ममा, आवेदन लिने छौं ।

【आवेदन प्रक्रिया】
आवेदन दिन आवश्यकता नपर्ने व्यक्ति
रकम भुक्तानीको लक्षित व्यक्ति 【1】①③④⑥ मध्ये कुनैएकमा परि, रकम भुक्तानीको लक्षित व्यक्ति 【2】① को व्यक्ति
 ※ रकम भुक्तानी गर्ने समय तय भएपछि, सेन्दाई सिटि बाट जानकारी गर्नेछौं ।
आवेदन दिन आवश्यकता पर्ने व्यक्ति

माथिको ①「आवेदन दिन आवश्यकता नपर्ने व्यक्ति」बाहेकको रकम भुक्तानीको लक्षित व्यक्तिहरु
आवेदन फारम चाँही वडा कार्यालय・सामान्य प्रशासन साखा कार्यालयको बच्चा पालनपोषण
भत्ता काउन्टरमा, गई प्राप्त गर्न सक्नुहुन्छ । सेन्दाई सिटिको होमपेज बाट पनि डाउनलोड गर्न सक्नुहुन्छ ।

घर (आफु बसीरहेको ठेगाना) मा आवेदन कागजपत्र पाउन चाहानुहुने व्यक्तिले, कलसेन्टरमा फोन गर्नुहोला ।
आबेदनको लागिको कागजपत्र र खाम (हुलाबाट पठाउने शुल्क लाग्ने छैन) पठाउनेछौं ।

【रकम भुक्तानी गर्ने समय】
रकम भुक्तानीको लक्षित व्यक्ति 【1】「बाल हेरचाहको सर्त」① वा ③ को कुनैएकमा पर्न गएर, रकम भुक्तानीको लक्षित व्यक्ति 【2】「आय को सर्त」को ①मा पर्ने व्यक्ति
2022 (रेवा4) जुलाई 1 तारिकमा सूचना पठाइ सकिएको छ । 2022 (रेवा 4) जुलाई 11 तारिकमा बच्चा पालनपोषण भत्ता अथवा बिशेष आश्रित बच्चा पालनपोषण भत्ता बैंकखातामा पठाई सकिएकोछ ।


 
※ जुन महिना पछि, कर भुक्तानीको प्रक्रियापुरा गरेका व्यक्ति लाई, सेन्दाई सिटिबाट पुष्टि गरेपछि सूचना पठाउनेछौं ।
रकम भुक्तानीको लक्षित व्यक्ति 【1】「बाल हेरचाहको सर्त」④ वा ⑥को कुनै एकमा पर्नगएमा, रकम भुक्तानीको लक्षित व्यक्ति 【2】「आय को सर्त」को ①मा पर्ने व्यक्ति
बच्चा पालनपोषण भत्ता,वा आश्रित बच्चा विशेष पालन-पोषण भत्ताको सम्बन्धमा निर्णय भएपछि, सेन्दाई सिटिबाट जानकारी पठाउने छ ।

・माथि उल्लेख भए भन्दा अन्य व्यक्ति
・आवेदन पेश गरेको, एकमहिना जतिमा प्रदान गरिनेछ ।

【आवेदन पेश गर्ने स्थान】
तपाइ बसोबास गर्दै आउनुभएको,वडा कार्यालय・सामान्य प्रशासन शाखाकोको बच्चा पालनपोषण भत्ता काउन्टरमा,आवेदन फारम पेश गर्नुहोस ।(शनि आइत र सार्वजनिक बिदाको दिन बन्द रहनेछ ) हुलाक मार्फत पठाउन पनि सकिनेछ ।

青葉区役所 保育給付課子育て給付係 〒980-8701 青葉区上杉一丁目5-1
आओबा वडा कार्यालय बाल हेरचाह सहायता बिभाग बच्चा पालनपोषण सहायता केन्द्र 〒980-8701 आ ओबा कु खामिसुगी 1-5-1
宮城総合支所 保健福祉課保育給付係 〒989-3125 青葉区下愛子字観音堂5
मियागी सामान्य शाखा, स्वास्थ्य कल्याण बिभाग बाल हेरचाह सहायता केन्द्र 〒989-3125 आ ओबा कु शिमोआयाशी जी खान न दो 5
宮城野区役所 保育給付課子育て給付係 〒983-8601 宮城野区五輪二丁目12-35
मियागीनो वडा कार्यालय बाल हेरचाह सहायता बिभाग बच्चा पालनपोषण सहायता केन्द्र 〒983-8601 मियागी नो कु गोरिन 2-12-35
若林区役所 保育給付課子育て給付係 〒984-8601 若林区保春院前丁3-)
वाकाबायासी वडा कार्यालय बाल हेरचाह सहायता बिभाग बच्चा पालनपोषण सहायता केन्द्र 〒984-8601 वाकाबायासी कु होसुइइन माए 3-1
太白区役所 保育給付課子育て給付係 〒982-8601 太白区長町南三丁目1-15
थाईहाकु वडा कार्यालय बाल हेरचाह सहायता बिभाग बच्चा पालनपोषण सहायता केन्द्र 〒982-8601 थाईहाकु कु नागामाची मिनामी 3-1-15 
秋保総合支所 保健福祉課福祉係 〒982-0243 太白区秋保町長袋字大原45-1
आक्यु सामान्य शाखा, स्वास्थ्य कल्याण बिभाग कल्याण केन्द्र 〒982-0243 थाईहाकु कु अकिउ माची नागा फुकुरो आजाओ हारा 45-1
泉区役所 保育給付課子育て給付係 〒981-3189 泉区泉中央二丁目1-1
इजुमी वडा कार्यालय बाल हेरचाह सहायता बिभाग बच्चा पालनपोषण सहायता केन्द्र 〒981-3189 इजुमी कु इजुमीचिउयो 1-1

बृस्तितमा,सेन्दाई सिटीको होमपेज हेर्नुहोला ।
कम आय भएका परिवारकोलाइ बालबालिकाको पालनपोषण गर्नको लागि बालबालिका पालनपोषणको परिवार जीवनयापन सहायता विशेष अनुदान रकम (निवास कर आदिमा कर छुट प्राप्त परिवारहरु 【※राष्ट्रिय प्रणालीको नाम :एकल अविभावक परिवार बाहेकका कम आय भएको बच्चा पालनपोषण गर्ने परिवारहरु 】)(नयाँ कोरोनाभाइरस संक्रामक रोगसँग सम्बन्धित)
https://www.city.sendai.jp/kodomo-kyufu/kosodatesetai_seikatusientokubetukyufu4_sonotasetai_shinseisyo.html

【सम्पर्कको लागि】
Children’s Health and Welfare Section,Children’s Future Bureau, City of Sendai
फोन:022-214-2134 (Only in Japanese)
रिसेप्सन समय :from 8:30a.m. to 5:15p.m. (Only weekdays)

यदि तपाइलाइ जापानिज भाषा बोल्नमा समस्या भए सेन्दाई बहुसांस्कृतिक समाज केन्दमा फोन गर्नु होला ।
यहाँबाट तपाइले दोभाषेको सहयोग लिन सक्नुहुनेछ ।
फोन:022-224-1919
(प्रत्येक दिन बिहान 9 बजे देखि बेलुका 5 बजे सम्म )
ईमेल:tabunka*sentia-sendai.jp
(कृपया “*”लाई “@” राखेर पठाउनुहोस् )

(20220816)