ब्लगअन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

【सम्पूर्ण व्यवसायीहरुमा 】「सेन्दाई सिटी व्यापार समयअवधि घटाउन अनुरोध आदि सम्बधि व्यवसायीहरुको लागि सहायता रकम बढेको बारेमा」(仙台市時短要請等関連事業者支援金の拡充)

मियागी प्रान्त,सेन्दाई सिटि द्वारा गरिएको आपातकाल घोषणा वा मियागी प्रान्त ले ब्यापर समय अवधि घटाउन गरिएको अनुरोध आदि बाट प्रभावित भएका व्यवसायीहरुका लागि, सहायता रकम बढेको बारेमा≪= लक्षित अनुदान रकम बढाउन सकिन्छ ।

यो चाहिँ, नयाँ कोरोनाभाइरस संक्रमणको कारण, बिक्रि घटेको साना तथा मझौला उधोगहरु, प्राइभेट व्यवसायीहरु सबैजना लाई, व्यवसायको निरन्तरतामा मद्दत गर्नको लागिको सहायता रकम हो ।

यो अनुदान रकम, नयाँ कोरोना भाइरस संक्रमण फैलिएको कारणले, मियागी प्रान्तले व्यापार संचालन अवधि घटाउन अनुरोध गरि वा GoTo क्याम्पेनमा रोकलगाएको कारणले प्रभावित भएका, मियागी प्रान्त, सेन्दाई सिटी द्वारा गरिएको आपातकाल घोषणा बाट प्रभावित भएका, सेन्दाई सिटि भित्रको ब्यवसायीहरुको लागि सहायता हो ।

 

【लक्षित व्यवसायीहरू】

①~③ सम्मका सबै कारण मिलेका ब्यवसायीहरु मात्र, लक्षित छन ।

① 1~3 को कुनैपनि एउटा मिलेका ब्यवसाय
1. साना तथा मझौला उधोगको निगम:मुख्य कार्यालयको दर्ता सेन्दाई सिटी भित्रमा गरिएको
2. कम्पनि निगम बाहेकको निगम:सेन्दाई सिटी भित्रमा मुख्य अफिसको दर्ता गरिएको
3. व्यक्तिगत ब्यबसायको मालिक:सेन्दाई सिटी भित्रमा बसोबास दर्ता भएको, अथवा आफ्नै स्वामित्व वा भाडामा ब्यवसाय संचालक गरिएको

②2020 डिसेम्बर बाट 2021 साल मे महिना को बिचमा, एक वर्ष पहिलेको जस्तै समान महिनाको बिक्रिको तुलना गरि, 30% भन्दा बढी बिक्रि घटेको महिना हुनुपर्ने । यसका साथै, तलको 1~3 मध्ये कुनैपनि एउटा मिलेको ब्यवसायी
1. मियागी प्रान्तले व्यापार संचालन अवधि घटाउन अनुरोध गरेको कारण, प्रभावित भएका ब्यबसायी
2. GoTo क्याम्पेनमा रोक लगाएको कारण, प्रभावित भएका ब्यवसायी
3. मियागी प्रान्त,सेन्दाई सिटि द्वारा गरिएको आपातकाल घोषणा बाट प्रभावित भएका व्यवसायीहरु व्यापार संचालन अवधि घटाउन अनुरोध गरेको ब्यवसायी भइ, एक वर्ष पहिलेको जस्तै समान महिनाको तुलना गरि, 30% भन्दा बढी बिक्रि घटेको महिनामा 1 लाख 50 हजार येन भन्दा बढी बिक्री घटेको ब्यवसायीहरु
※1 र 3 को बारेमा चाहिँ, मियागी प्रान्तले व्यापार संचालन अवधि घटाउन अनुरोध गरेको ब्यवसायमा, लागू हुदैन ।
③2021 फेब्रुअरीको पहिले बाट ब्यबसाय संचालन गरिरहेको, र अबबाट पनि ब्यबसाय गर्दै जाने इच्छा भएका ब्यवसायी

 

【अनुदान रकम】

[लक्षित ब्यबसाय]हरु ② को भित्रबाट、1 र 3 न. को ब्यबसायीहरु
(निगम) बिक्री घटेको प्रतिशत 30% भन्दा माथि 50% भन्दाकम भएको खण्डमा (अधिकतम 2लाक येन)
50% भन्दा माथि भएको खण्डमा(अधिकतम 3 लाख येन)
(व्यक्तिगत स्वामित्व) बिक्री घटेको प्रतिशत 30% भन्दा माथि 50% भन्दाकम भएको खण्डमा (अधिकतम 1लाक येन)

50% भन्दा माथि भएको खण्डमा (अधिकतम 1 लाख 50 हजार येन)
※भुक्तानी रकम, लक्षित महिनामा बिक्रि घटेको रकम अधिकतम सिमा हो (1000 येन भन्दा कम चाहिँ कट्ने छ )

[लक्षित ब्यबसायहरु] ② को भित्रबाट、4 न. को ब्यबसायीहरु
(निगम) 2 लाख येन~12 लाख येन
(व्यक्तिगत स्वामित्व )1 लाख ~ 6 लाख येन
※ भुक्तानी रकम, लक्षित महिनामा बिक्रि घटेको रकमको आधारमा निर्धा

 

【आवेदन गर्ने तरिका】

आवश्यक पर्ने कागजातहरु, हुलाक मार्फत अथवा कार्यालयको काउन्टरमा बुझाउनुहोस् ।
1. हुलाक द्वारा पठाउने भएमा
तलको ठेगानामा, आवश्यक कागजातहरू पठाउनुहोस्।
(ठेगाना) 〒980-0803 आवोबा-कू कोकुबुन्च्यो 3ー6ー1 सेन्दाई पार्क बिल्डिंग 2F
सेन्दाई सिटि नगरपालिका「व्यापार समयअवधि घटाउन अनुरोध आदि सम्बधि व्यवसायीहरुको लागि सहायता रकम」 शाखा
(〒980-0803 青葉区国分町3丁目6ー1 仙台パークビル 2階
時短要請等関連事業者支援金担当)

2. काउन्टरमा बुझाउने भएमा
「सम्पर्कको लागिको डायल」मा फोन गरि, समय लिएपछि,「आवेदन फारम तयारगर्ने सहयोग काउन्टर」मा आवश्यक कागजातहरु लिएर जानु पर्दछ ।
※भुक्तानी रकम वा आवश्यक कागजात आदिको विस्तृत बिबरण , तलको「सेन्दाई सिटी व्यापार समयअवधि घटाउन अनुरोध आदि सम्बधि व्यवसायीहरुको लागि सहायता रकमको बारेमा」मा प्रस्टसंग हेर्नुहोला ।
※आवेदनफारम वा आवेदनको लागीको गाइडबुक(आवेदन गर्ने तरिकाको बारेमा बिस्तृत बिबरण लेखेको पुस्तिका )हरु、वाडा कार्यालय, सामान्य साखा कार्यालय, सेन्दाई सिटी साना तथा मझौला उधोग प्रवर्धन काउन्टर(सेन्दाई सिटी औधोगिक प्रवर्धन ब्यबसाय टिम )बाट बितरण गर्दछौ । साथै, तलको「व्यापार समयअवधि घटाउन अनुरोध आदि सम्बधि व्यवसायीहरुको लागि सहायता रकमको बारेमा」बाट पनि, डाउनलोड गर्नसकिनेछ ।

「व्यापार समयअवधि घटाउन अनुरोध आदि सम्बधि व्यवसायीहरुको लागि अनुदान रकमको बारेमा」
http://www.city.sendai.jp/kikakushien/kanrenjigyosyashienkin.html

सहायता रकम बढेको बारेमा बिस्तृत जानकारी, सेन्दाई सिटिको होमपेज मा हेर्नुहोस ।
「व्यापार समयअवधि घटाउन अनुरोध आदि सम्बधि व्यवसायीहरुको लागि सहायता रकम बढेको बारेमा(आवेदन लिन सुरु गरिएको छ)」(जापानीज भाषा)
https://www.city.sendai.jp/kikakushien/kanrenjigyosyashienkin/kakuju.html

 

【आबेदेन अवधि】

2021 साल मार्च 10 तारिक(बुध) ~2021 जुन 30 तारिक (बुध) सम्म

 

【आवेदन फारम तयार गर्न सहयोग काउन्टरको बारेमा 】

आवेदन फारम तयार गर्न सहयोग बारेमा प्रश्न गर्न सकिनेछ ।
समय लिनको लागिको तरिका:「सम्पर्कको लागि डायल(022-263-8833)」मा फोन गर्नुहोस।
स्थान:स्माईल होटल सेन्दाई कोकुबुन्च्यो 3 तला मोकुरेन(सेन्दाई सिटि अओबा कु इची बाँच्यो4-3-22)
スマイルホテル仙台国分町 3階 もくれん(仙台市青葉区一番町4-3-22)

खुल्ने अवधि:2021 साल मार्च 10 तारिक(बुध) ~2021 जुन18 तारिक (शुक्र) सम्म
खुल्ने समय:सोमबार देखि शुक्रबार 9:30~16:30 बजे

 

【सम्पर्क】

सम्पर्कको लागि डायल (सोमबार देखि शुक्रबार 9 बजे~17 बजे)
फोन नंम्बर:022-263-8833

 
यदि तपाइलाइ जापानिज भाषा बोल्नमा समस्या भए सेन्दाई बहुसांस्कृतिक समाज केन्दमा फोन गर्नु होला ।
यहाँबाट तपाइले दोभाषेको सहयोग लिन सक्नुहुनेछ ।
फोन:022-224-1919(9 बजे देखि 17 बजे सम्म )
ईमेल:tabunka*sentia-sendai.jp
(कृपया “*”लाई “@” राखेर पठाउनुहोस् )