ब्लगअन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

【मार्च 5 तारिक (शनि)】जापानमा सहज रूपमा बस्नको लागि「माई नम्बर कार्ड」बनाउनु हुन्छ कि ?(मियागी प्रशासकीय लेखनदास एसोसिएसन)(日本で便利に暮らすために「マイナンバーカード」を作りませんか)

माई नम्बर कार्ड बनाएमा तलका निम्न कुराहरु गर्न सकिन्छ।
〇सार्वजनिक परिचयपत्रको रूपमा प्रयोग गर्न सकिन्छ
〇आयकर भर्नको लागि अनलाइन बाट पनि सकिन्छ
〇बाल भत्ता र नर्सरी स्कूलमा भर्ना गर्नको लागि अनलाइन बाटपनि आवेदन गर्न सकिन्छ
〇 कम्बिनीयन स्टोर बाट बसोबास दर्ताको प्रतिलिपि निकाल्न सकिन्छ (बिदाको दिनहरूमा पनि सम्भव हुन्छ)
〇स्वास्थ्य बीमा कार्डको रूपमा प्रयोग गर्न सकिन्छ

मियागी प्रान्त प्रशासनिक लेखनदास संघ द्वारा「माई नम्बर कार्ड」बनाउन तपाईलाई सहयोग गर्नेछन। (नि:शुल्क)

【लक्षित व्यक्ति】
निवास कार्ड (जाइरियो कार्ड) भएका विदेशीनागरिकहरू
(सेन्दाई सिटि बाहिर बसोबास गर्नुभएको भएपनि फरक पर्दैन)

【समय, स्थान】
मार्च 5 तारिक (शनि) बिहान 10 बजे देखि बेलुका 4 बजे
सेन्दाई सिटि बहुसांस्कृतिक समाज केन्द्र प्रशिक्षण कक्ष B
(सेन्दाई सिटि आओबाकु आओबा यामा सेन्दाई अन्तर्राष्ट्रिय केन्द्र सम्मेलन भवन पहिलो तला)

【तयारी गर्नुपर्ने कुराहरु】
①अनुहारको फोटो प्रस्ट देखिने आफ्नो पहिचान प्रमाणीत गर्ने कागजपत्र (निवासी कार्ड, आदि)
② QR कोड भएको व्यक्तिगत नम्बर सूचना कार्ड (माई नम्बर कार्ड बनाउनको लागि वडाबाट पठाएको सूचना कार्ड)
※यदि तपाईंसँग सूचना कार्ड नभएको खण्डमा,वडा कार्यालयबाट आफ्नो व्यक्तिगत नम्बर प्राप्त गर्नुहोस ।

【सम्पर्क ठेगाना】
मियागी प्रान्त प्रशासनिक लेखनदास संघ फोननम्बर 0800-800-0204
(बिहान 10 बजे देखि बेलुका 4 बजे, शनि, आइत, बिदाको दिन बाहेक)
※अग्रिम बुकिंग गर्न आवश्यक पर्दछ ।
※यदि तपाइलाइ जापानिज भाषा बोल्नमा समस्या भए सेन्दाई बहुसांस्कृतिक समाज केन्दमा फोन गर्नु होला ।
 यहाँबाट तपाइले दोभाषेको सहयोग लिन सक्नुहुनेछ ।
 फोन:022-224-1919(प्रत्येक दिन बिहान 9 बजे देखि बेलुका 5 बजे सम्म )