ब्लगअन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

पीसीआर परीक्षण केन्द्र चाँही सिटी कार्यालयको मुख्य सरकारी भवनमा संचालन भइरहेको छ ।(PCR検査センターを市役所本庁舎内に開設)

※पीसीआर परीक्षण केन्द्र (सिटी कार्यालयको मुख्य सरकारी भवनको 1 तला) को परिक्षण कार्य बन्द गरिनेछ (2023 मार्च 31 तारिक)

सिटी कार्यालयको मुख्य सरकारी भवनमा, इच्छुक व्यक्तिले परीक्षण गर्न सकिने「किनोसिता ग्रुप नयाँ कोरोना पीसीआर परीक्षण केन्द्र」संचालन भइरहेकोछ ।

हाल, मियागी प्रान्तको अनुरोधमा, पीसीआर परीक्षण आदि निःशुल्क रुपमा गर्न सक्नुहुन्छ । (भविष्यमा परिवर्तन हुनपनि सक्छ ।)

・संचालन समय=कार्यालय दिनको बिहान 8:30 बजे देखि 5:30 बजे सम्म
(रिसेप्सन समय बेलुका 5 बजे सम्ममा)
※बर्षेभरि खुला

・स्थान=सिटी कार्यालयको मुख्य सरकारी भवनको पहिलो तलाको अगाडिको प्रवेश द्वारको पूर्वपट्टिको विशेष स्थान

・लक्षित=मियागी प्रान्त भित्र बसोबास गरेकोभै, परीक्षण गर्न इच्छुक भइ लक्षण नदेखिएका व्यक्ति
※परीक्षण गर्ने स्थानमा, तपाईंको बसोबास गरेको ठेगाना पुष्टि गर्नेछ। आफ्नो परिचय पत्र (निवास कार्ड, चालक अनुमति पत्र, माई नम्बर कार्ड, आदि) साथमा लिएर जानुहोला ।

・परीक्षण को प्रकार
पीसीआर परीक्षण (राल)
एन्टिजन गुणात्मक परीक्षण (नाक भित्रको स्वाब)
※ज्वोरो तथा खोकी आदिको लक्षण देखिएका व्यक्ति, कोरोना भइरहेको व्यक्तिसँग नजिकको सम्पर्कमा रहेका ले यो जाँच गराउन सक्दैनन ।

・शुल्क=पीसीआ परीक्षण 1,900 येन, एन्टिजन गुणात्मक परीक्षण 1,600 येन, (सैद्दान्तिक रुपमा क्यासलेस भुक्तानी) (क्रेडिट कार्ड, इलेक्ट्रोनिक मनि तथा QR कोर्ड भुक्तानी, यातायात जन्य IC कार्ड)
(नगदले भुक्तानी गर्दा, खुजुरा पैसा फिर्ता गर्न नपर्ने गरि भुक्तानी गर्नुहोला)
हाललाई, पीसीआर परीक्षण आदि निःशुल्क रुपमा गर्न सक्नुहुन्छ । (भविष्यमा परिवर्तन हुनपनि सक्छ ।)

—————
【बुकिंग तथा परीक्षण को प्रक्रिया】
1. किनोसिता ग्रुपको होमपेज(https://covid-kensa.com/sendai.html)बाट बुकिंग गर्नुहोस् ।
※ होमपेजबाट बुकिंग गर्न कठिनाइ हुने व्यक्तिहरुले, परीक्षण स्थानमा जानुहोस् । सिधै आउनु होला, खालि भएको समय भएमा. परीक्षण गराउन सकिन्छ ।

2. प्रतिज्ञा, सहमति पत्रको दर्ता गर्नुहोस ।
यदि, परीक्षणको नतिजामा पोजेटिभ देखिएको छ भने, सेन्दाई सिटिको स्वास्थ्य केन्द्र आदिको निर्देशन पालना गर्ने सम्बन्धमा, पहिलेनै「प्रतिज्ञापत्र / सहमति पत्रमा」दर्ता गर्नुहोस् ।
बुकिङ पूरा भएको जानकारी इमेलमा लेखिएको『संबन्धित फारम』बाट आवश्यक जानकारी भर्नु होस ।

3. बुकिंग गर्दाको समयमा, परीक्षण केन्द्र बाट आउने छ शुल्क तिरेपछि, आफैले नमूना सङ्कलन गर्नुहोस ।

4. नतिजाको पुष्टी गर्नुहोस ।
बुकिंग को समयमा दर्ता गरेको इमेल ठेगाना मा
गुणात्मक एन्टिजेन परीक्षणको परिणाम परीक्षणको लगभग 30 मिनेटपछि, पीसीआर परीक्षणको नतिजा अर्को दिन पठाइनेछ ।
※परीक्षणको नतिजामा पोजेटिभ भएको व्यक्ति लाई, स्वास्थ्य केन्द्र बाट सम्पर्क गर्नेछ ।
・मियागी प्रान्त भित्रमा, अन्य स्थानहरू पनि छन् ।
———————

[स्थानको सूची]  ※2021 डिसेम्बर 31 तारिक सम्मको जानकारी हो । भविष्यमा परिवर्तन हुन पनि सक्छ ।

・आवेदन दिने तरिका आदिको बारेमा बृस्तितमा बुझ्न, किनोसिता ग्रुपको होमपेज हेर्ने, वा सम्पर्क गर्ने कार्य गर्नुहोला ।

・सम्पर्क स्थान : कोरोना जाँच केन्द्र लिमिटेड
03-4333-1640(रिसेप्सन समय:अफिस समय दिउँसो 12 बजे~बेलुका 5 बजे)
       इमेल ठेगाना:corona-testcenter@kinoshita-group.co.jp