ब्लगअन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

सेन्दाई बहुसांस्कृतिक समाज केन्द्रको नयाँवर्षको बन्द रहने बारेको सुचना ※ यस पटक 2021 सालको क्यालेन्डर वितरण गरिने छैन ।(仙台多文化共生センター 年末年始の閉室のお知らせ)

सेन्दाई बहुसांस्कृतिक समाज केन्द्र, नयाँवर्षको अवधि  2020 डिसेम्बर 28सोम)~2021 जनवरी 4 तारिख सोमसम्म बिदा रहने छ । पुस्तक कर्नरको किताब लाने-ल्याउने कार्य पनि बन्द रहनेछ ।
यद्यपि, डिसेम्बर 28(सोम)र जनवरी 4 तारीख(सोम)मा चाँही, दोभाषे सहयोगी टेलीफोन(022-224-1919)बाटको परामर्श भने लिन सकिनेछ । परामर्श चाहिएका व्यक्तिहरुले टेलीफोन गर्नुहोला ।

सेन्दाई बहुसांस्कृतिक समाज केन्द्र , अर्कोवर्ष 2021 जनवरी 5 तारिख(मंगल)बाट खुल्ने छ ।
आउने नयाँवर्ष यहाँहरुको लागि शुभ रहोस भन्ने मंगलमय कामना गर्दछौं ।

【क्यालेन्डर वितरणको बारेमा】
हरेक वर्ष हुदै आएको क्यालेन्डर वितरणको कार्य चाँही, कोरोना भाइरस फैलावट रोकथामको दृष्टिकोणले, 2021 मा गरिने छैन । यसबाट पर्न जाने असुविधाको लागि क्षमा चाहन्छौं ।