सामुदायिक दोभाषे-सहयोगी पठाउने कार्य

सामुदायिक दोभाषे-सहयोगी पठाउने कार्य

सरकारी संस्था, स्कुल, बालबालिका हेरचाह केन्द्र(नर्सरी) आदि ठाँउमा, जापानिज भाषा बोल्न असहज हुने विदेशी नागरिकहरुको लागि दोभाषे द्वारा सहायता गर्ने, सामुदायिक दोभाषे-सहयोगी पठाउने कार्य गर्दछौं ।

1.दोभाषे सुविधाको लागि उपलब्ध भाषाहरु
चिनियाँ, तागालग, भियतनामी, नेपाली, कोरियन, हिन्दी, रसियन, स्पेनिस, अंग्रेजी भाषा
2.दोभाषे सेवा उपयोग गर्न सकिने
सरकारी संस्थाको प्रक्रिया, स्कुल तथा नर्सरी हरुमा कुराकानी गर्न तथा घर भिजिट आदि
【दोभाषे सेवा उपयोग गर्न नसकिने】चिकित्सा उपचार सम्बन्धि कार्य, पढ्ने कक्षाको सहायता,समारोहहरु (स्कुलको भर्ना तथा खेलकुद समारोह ), उत्सव पार्टीकोदोभाषे
3.दोभाषे उपलब्ध गराउन सकिने स्थानहरु
सेन्दाई सिटी भित्रका ( नगर कार्यालय, प्रत्येक वडा कार्यालय, नर्सरी, किन्डरगार्डेन, प्रार्थमिक・माध्यमिक तथा हाइस्कुल)
4.सुविधा लिन सकिने समय
सामान्यतया, कार्यालय दिनको9:00~17:00(दोभाषे समय सामान्यतया 2 घण्टाको हुनेछ)
5.दोभाषे सुविधाको शुल्क
निशुल्क
6.आवेदन दिने तरिका
दोभाषे जाने सरकारी संस्था, स्कुल, बालबालिका हेरचाह केन्द्रको व्यक्तिले,वा विदेशी बासिन्दाले आवेदन दिन मिल्दछ।
सामान्यनियम अनुसार, प्रेषण मितिको एकहप्ता अगाडि सम्ममा, तलको स्थानमा निवेदन दिनुहोस ।
आवेदन दिने स्थान फोन / इमेल खुल्ने समय
सेन्दाई बहुसांस्कृतिक समाज केन्द्र

फोन:022-265-2471

इमेल:tabunka@sentia-sendai.jp

फोन:022-224-1919

दोभाषे सहायता टेलिफोन:जापानिज, अंग्रेजी, चाइनिज, कोरियन, भियतनामी, नेपाली भाषा र अन्य २२ वटा भाषाहरुमा पनि कुरागर्न सकिनेछ।)

9:00~17:00
(कोकुसाइ सेन्टरको बिदाको दिन बाहेक)
(जनहित)सेन्दाई पर्यटन तथा अन्तर्राष्ट्रिय एसोसिएसन
अन्तर्राष्ट्रिय सम्बन्ध विभाग

फोन:022-268-6260

इमेल:kokusaika@sentia-sendai.jp

सोम~शुक्र 9:00~17:00

※नयाँवर्ष(डिसेम्बर 29 ~जनवरी3 तारिख)मा सबै सम्पर्क स्थान बिदा रहने छ।

आवेदन देखि प्रेषण सम्मको प्रक्रिया

申込から派遣までの流れ

【सपोर्टर खोज्नको लागि समयको अनुरोध】

  • सामुदायिक दोभाषे सपोर्टर प्रोफेसनल दोभाषे चाहि होइनन । कथाम कथाचित अनुवाद गर्ने बिषयको संबन्धमा समस्या आएमा, सपोर्टर साथै सार्वजनिक हितको संस्था सेन्दाई पर्यटन अन्तर्राष्ट्रिय एसोसिएसन ले जिम्मेवारी लिन चाहिँ सक्दैन ।
  • सपोर्टर ले अनुवाद गर्न सजिलो हुनेगरी, सकेसम्म अफ्ठ्यारो भाषाको प्रयोग नगरी, बुझ्नसक्ने सरल भाषामा व्याख्या गर्नुहोस ।
  • लामो व्याख्या नगरीकन, अनुबाद गर्न सजिलो हुने हरफ सम्म व्याख्या गरि, अनुबाद गर्न लगाउनुहोस।
  • महत्वपूर्ण कुरा पोइन्ट गरि, यस पटक आवश्यक भागहरू मात्र व्याख्या गर्नुहोस्। सबै प्रकारको प्रणालीको व्याख्या गर्दा विदेशी नागरिकहरू अलमल्लमा पर्न सक्छन्।
  • सपोर्टरले, काउन्टरको व्यक्ति र, बिदेशी नागरिकको अनुवाद मात्र गर्नुहोस । सपोर्टरले कागजपत्र त्यही ठाउँमा पढेर बिदेशी नागरिकलाई बिदेशी भाषामा व्याख्या गर्न सकिदैन ।
  • देश अनुसार प्रशासनिक सेवा फरक फरक हुनेहुनाले, प्रणाली आफैले व्याख्या गर्न आवश्यक पनि हुन सक्छ।
  • सपोर्टरको अनुबाद सामन्य सिद्धान्त अनुसार २ घण्टा हुन्छ।
  • सपोर्टरको व्यक्तिगत जानकारी खुलासा गरिएको हुदैन । सम्पर्क ठेगानाहरु जानकारी प्रदान गर्न सक्दैनौं कृपया मफगर्नुहोला।
  • रद्द वा समय परिवर्तन आदि गर्न पर्ने भएमा, सकेसम्म चाँडो रिसेप्शनमा सम्पर्क गर्नुहोस्।
  • अनुवादक गर्ने जाने दिनमा,खराब मौसमको कारणले सपोर्टरलाई जोखिममा पर्ने अपेक्षा भएमा, तथा सपोर्टरको अपरिहार्य कामको अवस्थाको कारणले, तत्काल अनुबाद कार्य गर्न नसक्ने अवस्थामा, अनुरोधकर्ता सँग परामर्श गरि अनुवादक गर्ने जाने कार्य रद्द गर्न सकिन्छ ।