पहिलो अध्याय जापानको उच्च माध्यमिक बिधालयहरु

Q1 म कसरी उच्च माध्यमिक बिधालयमा भर्ना हुन सक्छु? के म भर्ना हुन सक्ने कुनै उच्च माध्यमिक बिधालय छ?

Q2 जापानको बिधालयहरु सुरु हुने चाँही कहिले बाट हो?

Q3【जापानको शिक्षा प्रणाली】
मलाई जापानको शिक्षा प्रणालीको बारेमा बताइदिनुहोस।

Q4 【उच्च माध्यमिक विद्यालय अध्ययनको महत्त्व】
के म उच्च माध्यमिक विद्यालय जान आवश्यक पर्छ?

Q5 【भर्ना गर्नको लागी सर्त / प्रवेश परीक्षा】
कसरि उच्च माध्यमिक बिधालयमा प्रवेश गर्न सकिन्छ?

Q6 【जापानी भाषा क्षमता】
मलाई जापानी भाषा आउँदैन। र पनि के म परीक्षा दिन सक्छु? उच्च माध्यमिक बिधालयमा पढ्न सक्छु?

Q7【बिधालय जाने निर्धारित उमेर नाघेको】
मैले मेरो देशको माध्यमिक बिधालयबाट ग्राज्युएसन गरें, र अहिले १६ वर्षको छु। म जापानी भाषा बुझ्दिन त्यसैले, के मलाई उच्च माध्यमिक बिधालय प्रवेश परीक्षा दिन गाह्रो हुन्छ? म निम्न माध्यमिक बिधालयमा भर्ना भएर पढ्न सक्छु कि?

दोश्रो अध्याय उच्चमाध्यमिक बिधालय अध्ययन

Q1 जापानको उच्चमाध्यमिक बिधालयको विशेषताहरू के के छन?

Q2 उच्चमाध्यमिक बिधालय सम्म जाने यातायातको बारेमा मलाई बताईदिनुहोस।

Q3【उच्च माध्यमिक विद्यालयको प्रकार, आदि】
कस्तोकस्तो प्रकारको उच्चमाध्यमिक बिधालयहरु छन?

Q4【शिक्षण शुल्क】
उच्च माध्यमिक विद्यालयको अध्ययन शुल्क चाँही कति जति लाग्छ?

Q5 【उच्च माध्यमिक विद्यालय प्रवेश परीक्षा प्रणाली】
सरकारी उच्च माध्यमिक विद्यालयहरूको प्रवेश परीक्षा कस्तो प्रकारको हुन्छ?

Q6 के उच्च माध्यमिक विद्यालय प्रवेश परीक्षा दिनको लागि कुनै सर्तहरु छन?

Q7 के सरकारी उच्च माध्यमिक विद्यालयहरूको प्रवेश परीक्षा जापानी विद्यार्थीहरूलाई लिइने जस्तै हुन्छ?

Q8 प्रवेश परीक्षा सम्मको तालिकाको बारेमा बताईदिनुहोस?

Q9 【उच्च माध्यमिक विद्यालय जीवन】
म उच्च माध्यमिक विद्यालयको दैनिक तालिका जान्न चाहन्छु।

Q10 अनलाइन आवेदन दिन

दोश्रो अध्याय बसोबास स्थिति (जाईरयु सिकाकु) र राष्ट्रियता

तपाईंहरुको लागि 「बसोबासको स्थिति (जाईरयु सिकाकु)」 धेरै महत्त्वपूर्ण चिज हो।
यस अध्यायमा तपाईंको लागि सान्दर्भिक हुने कुराहरुको बारेमा बुझ्न सकिने गरि सारांशमा बताउनेछौ।
आफ्नो परिवारसँगै भविष्यको बारेमा राम्रोसँग सोचौं।

Q1 【निवास कार्ड (रेसिडेन्सी कार्ड】
प्रश्न १ निवास कार्डमा के लिखिएको हुन्छ?

A1

निवास कार्डमा तलको निम्न अनुसार लेखिएको हुन्छ।

  • नाम
  • राष्ट्रियता
  • लिङ्ग
  • जन्म मिति
  • बसोबासको स्थिति (जाईरयु सिकाकु)
  • बसाइको अवधि
  • काम गर्न मिल्छ कि मिल्दैन।

यो कार्ड धेरै महत्त्वपूर्ण हुन्छ।
१६ वर्ष भन्दा माथिको व्यक्तिहरुले भने, बाहिर तिर निस्किदा वा जुनसुकै समयमा यसलाई साथमा राख्नुपर्छ।

Q2 【बसोबासको स्थिति (जाईरयु सिकाकु)】
बसोबासको स्थिति भनेको के हो?

A2

[बसोबासको स्थिति] मा, तपाईं जापान आउनुको उद्देश्य र तपाईंले गर्न सक्ने कामको प्रकार लेखिएको हुन्छ।
बालबालिका भएको खण्डमा, सामान्यतया तलको अनुसार बसोबास स्थिति लेखिएको हुन्छ।

  • पारिवारिक बसाइ
  • स्थायी बसोबासी
  • निर्धारित स्थायी बसोबासी
  • विशिष्ट गतिविधि
  • स्थायी बासिन्दाको पति/पत्नी
  • जापानी नागरिकको पति/पत्नी आदि

आफ्नो बसोबासको स्थिति के छ भनेर, आफ्नो निवास कार्डमा लेखिएको हुन्छ त्यो हेर्नुहोला।

Q3 म अहिले उच्च माध्यामिक बिधालयको विद्यार्थी हो। पार्टटाइम काम गर्न चाहन्छु। त्यसको लागि के प्रक्रिया गर्नुपर्ने आवश्यक पर्छ?

A3

यदि तपाईंको उच्च माध्यामिक बिधालयले पार्टटाइम काम गर्न स्वीकृती दिन्छ भने, तपाईं काम गर्न सक्नुहुन्छ।
यद्यपि, तपाईंको बसोबासको स्थिति (जाइरयु सिकाकू) अनुसार, प्रक्रिया पुरा गर्नुपर्ने आवश्यक हुनसक्छ।

【प्रक्रिया पुरागर्न आवश्यक नपर्ने व्यक्तिहरू (तपाईंले येतिकै पार्टटाइम काम गर्न सक्नुहुन्छ)】

  • स्थायी बसोबासी
  • निर्धारित स्थायी बसोबासी
  • स्थायी बासिन्दाको पति/पत्नी, आदि
  • जापानी नागरिकको पति/पत्नी

【प्रक्रिया पूरा गर्न आवश्यक पर्ने व्यक्तिहरू】
पार्टटाइम काम गर्ने निर्णय गरेपछि, 「परिवारिक बसाइ (डिपेनडेन भिजा)」 भएकाहरूले भने 「बसोबासको स्थिति अन्तर्गत अनुमति दिइएको काम गर्न अनुमति」 प्राप्त गर्नको लागि अध्यागमन ब्यूरोमा गई निवेदन गरि, अनुमति प्राप्त गर्नुपर्छ।
यो बारेमा बुझ्न तपाईं SenTIA वा SenCUL मा पनि परामर्श लिन सक्नुहुन्छ।

【यस बाहेक अन्य मानिसहरू】
तपाईंको बसोबासको स्थिति अनुसार फरक पर्ने हुनाले, अध्यागमन ब्यूरो वा प्रशासनिक लेखनदास सँग बुझ्नुहोस।
यो बारेमा बुझ्न तपाईं SenTIA वा SenCUL मा पनि परामर्श लिन सक्नुहुन्छ।

Q4 【पारिवारिक बसाइ को बसोबासको स्थिति (जाइरयु सिकाकू) भएकाहरूका लागि】
「परिवारिक बसाइ (डिपेनडेन भिजा)」 भएको बसोबासको स्थिति (जाइरयु सिकाकू) भएमा काम गर्न मिल्छ?

A4

「परिवारिक बसाइ」 भएको व्यक्तिले पनि, 「बसोबासको स्थिति अन्तर्गत अनुमति दिइएको काम गर्न अनुमति」 लिएमा, हप्ता २८ घण्टा मात्र काम गर्न सक्नुहुन्छ।
यद्यपि, जब तपाईं वयस्क हुनुहुनेछ र 「पूर्णकालिन कर्मचारी」 को रूपमा काम गर्न चाहनुहुन्छ भने, यो बसोबासको स्थितिको आधारमा काम गर्न सक्नुहुन्न।
र, यदि तपाईं वयस्क भएपछि भविष्यमा 「पूर्णकालिन कर्मचारी」 को रूपमा काम गर्न चाहनुभएको बेलामा, 「परिवारिक बसाइ」 भिजा भएको अस्वस्थामा त्यसो गर्न सक्नुहुन्न। त्यसैले तपाईंले आफ्नो बसोबासको स्थिति परिवर्तन गर्नुहोस।

फ्लोचार्ट हेर्दै, आफ्नो परिवार सँगै भविष्यको बारेमा सोचौं।

Q5 म मेरो राष्ट्रियता परिवर्तन गर्न चाहन्छु।

A5

तपाईंको हालको राष्ट्रियता अनुसार प्रक्रियाहरू फरक-फरक हुन्छन।

<बहु राष्ट्रियता भएका व्यक्तिहरूको लागि>
जापानी र विदेशी राष्ट्र दुवै राष्ट्रियता भएकाहरूले भने, कुनै एउटा देशको राष्ट्रियता छनौट गरि प्रक्रिया गर्नुपर्छ।

<जापानी नागरिकता नभएकाहरूका लागि>
जापानी नागरिकतामा परिवर्तन गर्न चाहनेहरूले अंगीकृत नागरिकताको लागि आवेदन दिनुपर्छ।

न्यूनतम शर्त र सारांश समाबेश गरिएको छ। व्यक्ति अनुसार फरक हुन्छन। यसलाई सन्दर्भको रूपमा हेर्न सक्नुहुन्छ।

  • पाँच वर्षभन्दा बढी समयदेखि जापानमा बसोबास गर्दै आएको व्यक्ति
  • १८ वर्षभन्दा माथिको भै, आफ्नो देशको कानून अनुसार वयस्कताको उमेरभन्दा माथि भएको व्यक्ति
  • इमान्दार जीवनयापन गरिरहेको (असल आचरण)
  • जीवनयापनको लागि आर्थिक कठिनाइ नभएको (जापानमा एक्लै जीवनयापन गर्न सक्ने)
  • जापानी सरकार विरुद्ध हिंसात्मक कार्य गर्ने र डर देखाउने कुनै मनसाय नभएको
  • जापानी भाषामा सामान्य कुराकानी, पढ्ने र लेख्ने सीप र क्षमता भएको
  • ※शर्तहरु अलि सहज हुन सक्ने व्यक्तिहरू

  • जापानमा जन्मेका व्यक्तिहरु
  • जापानी नागरिकका बालबालिकाहरू
  • जापानी पति वा पत्नी भएका मानिसहरू, आदि

【राष्ट्रियता परिवर्तनको लागि आवेदन गर्न र परामर्श गर्न सकिने स्थान】
सेन्दाई कानूनी मामिला ब्यूरो, नागरिक प्रशासन विभाग, परिवार दर्ता विभाग
फोन नम्बर: ०२२-२२५-५६११ (कार्यकारी)

यदि तपाईं आफ्नो राष्ट्रियता परिवर्तन गर्ने बारे सोच्दै हुनुहुन्छ भने, आफ्नो परिवारसँग यसबारे राम्ररी छलफल गरौं।