
पहिलो अध्याय जापानको उच्च माध्यमिक बिधालयहरु
Q1 म कसरी उच्च माध्यमिक बिधालयमा भर्ना हुन सक्छु? के म भर्ना हुन सक्ने कुनै उच्च माध्यमिक बिधालय छ?
Q2 जापानको बिधालयहरु सुरु हुने चाँही कहिले बाट हो?
Q3【जापानको शिक्षा प्रणाली】
मलाई जापानको शिक्षा प्रणालीको बारेमा बताइदिनुहोस।
Q4 【उच्च माध्यमिक विद्यालय अध्ययनको महत्त्व】
के म उच्च माध्यमिक विद्यालय जान आवश्यक पर्छ?
Q5 【भर्ना गर्नको लागी सर्त / प्रवेश परीक्षा】
कसरि उच्च माध्यमिक बिधालयमा प्रवेश गर्न सकिन्छ?
दोश्रो अध्याय उच्चमाध्यमिक बिधालय अध्ययन
Q1 जापानको उच्चमाध्यमिक बिधालयको विशेषताहरू के के छन?
Q2 उच्चमाध्यमिक बिधालय सम्म जाने यातायातको बारेमा मलाई बताईदिनुहोस।
Q3【उच्च माध्यमिक विद्यालयको प्रकार, आदि】
कस्तोकस्तो प्रकारको उच्चमाध्यमिक बिधालयहरु छन?
Q4 【शिक्षण शुल्क】
उच्च माध्यमिक विद्यालयको अध्ययन शुल्क चाँही कति जति लाग्छ?
Q6 के उच्च माध्यमिक विद्यालय प्रवेश परीक्षा दिनको लागि कुनै सर्तहरु छन?
Q7 के सरकारी उच्च माध्यमिक विद्यालयहरूको प्रवेश परीक्षा जापानी विद्यार्थीहरूलाई लिइने जस्तै हुन्छ?
Q8 प्रवेश परीक्षा सम्मको तालिकाको बारेमा बताईदिनुहोस?
Q9 【उच्च माध्यमिक विद्यालय जीवन】
म उच्च माध्यमिक विद्यालयको दैनिक तालिका जान्न चाहन्छु।
पहिलो अध्याय जापानको उच्च माध्यमिक बिधालयहरु
Q1 म कसरी उच्च माध्यमिक बिधालयमा भर्ना हुन सक्छु? के म भर्ना हुन सक्ने कुनै उच्च माध्यमिक बिधालय छ?
उच्च माध्यमिक बिधालयमा परिक्षा (प्रवेश परीक्षा) दिएर र पास भएमा जान सक्नुहुन्छ।
- यदि हाल माध्यमिक बिधालयमा पढ्दै हुनुहुन्छ वा चाँडै माध्यमिक बिधालयमा प्रवेश गर्दै हुनुहुन्छ भने, आफ्नो बिधालयको शिक्षक सँग परामर्श गरौ।
- यसबाहेक पनि SenTIA मा सम्पर्क गरि परामर्श लिनुहोस। हामी तपाईंको देश वा क्षेत्रमा भएको बिधालयको बारेमा बुझी, तपाईं कहिले र कसरी उच्च माध्यमिक बिधालयमा प्रवेश गर्न सक्नुहुन्छ भनेर तपाईंसँग कुराकानी गर्नेछौं।
Q2 जापानको बिधालयहरु सुरु हुने चाँही कहिले बाट हो?
जापानको बिधालयहरु अप्रिल महिनाबाट सुरु भै अर्को बर्षको मार्च महिना सम्म चल्छ।
Q3 【जापानको शिक्षा प्रणाली】
मलाई जापानको शिक्षा प्रणालीको बारेमा बताइदिनुहोस।
- जापानको अनिवार्य शिक्षामा चाँही, प्राथमिक विद्यालय छ कक्षा (६ देखि १२ वर्ष) र निम्न माध्यमिक बिधालय तह (१३ देखि १५ वर्ष) सबै समावेश गरि कुल नौ वर्ष हुन्छ।
- निम्न माध्यमिक बिधालय ग्राज्युएसन गरेपछि, उच्चमाध्यमिक वा विश्वविद्यालयमा अध्ययन गर्न सकिन्छ, वा काम सुरु गर्न पनि सकिन्छ।

Q4 【उच्च माध्यमिक विद्यालय अध्ययनको महत्त्व】
के म उच्च माध्यमिक विद्यालय जान आवश्यक पर्छ?
यदि तपाईं आफ्नो अध्ययन (विश्वविद्यालय वा व्यावसायिक विद्यालय) जारी राख्न चाहनुहुन्छ वा जापानमा काम गर्न चाहनुहुन्छ भने, उच्च माध्यमिक विद्यालयमा प्रवेश गरि ग्राज्युएसन गर्दा राम्रो हुन्छ।
- धेरै विश्वविद्यालले विधार्थी भर्ना लिईदा वा कम्पनीहरूले कामदार खोज्दा 「उच्च माध्यमिक विद्यालय ग्राज्युएसन गरेको」 हुनुपर्ने सर्त रेखेको हुन्छ।
- यदि तपाईं उच्च माध्यमिक विद्यालय जानुभएन भने, भविष्यमा करियरको विकल्पहरू कम हुन सक्छन।
- ९०% भन्दा बढी विद्यार्थीहरू उच्च माध्यमिक विद्यालय अध्ययन गर्न जान्छन।
Q5 【भर्ना गर्नको लागी सर्त / प्रवेश परीक्षा】
कसरि उच्च माध्यमिक बिधालयमा प्रवेश गर्न सकिन्छ?
उच्च माध्यमिक विद्यालयमा प्रवेश गर्नको लागि चाँही, 「जापानको निम्न माध्यमिक बिधालयबाट ग्राज्युएसन गरेको (अपेक्षित ग्राज्युएसन गरिएका सहित) 」 वा 「नौ वर्षको बिधालय शिक्षा पूरा गरेको व्यक्ति」 हुनुपर्ने भनि सर्त राखिएको छ।
- सर्तहरु पूरा गरेका व्यक्तिहरुले भने उच्च माध्यमिक विद्यालयको प्रवेश परीक्षा दिन पाउनेछन। यदि परीक्षा उत्तीर्ण गर्यो भने, उच्च माध्यमिक विद्यालयमा प्रवेश गर्न सकिन्छ।
- सर्तहरु पूरा नगरेका व्यक्तिहरुले भने परीक्षा दिन पाउने छैनन। र तपाईंले परीक्षा उत्तीर्ण गर्नुभएन भने, पनि उच्च माध्यमिक विद्यालयमा प्रवेश गर्न सक्नु हुनुहुने छैन।
→बिस्तृत जानकारीको लागि, अध्याय २ मा हेर्नुहोस।
Q6 【जापानी भाषा क्षमता】
मलाई जापानी भाषा आउँदैन। र पनि के म परीक्षा दिन सक्छु? उच्च माध्यमिक बिधालयमा पढ्न सक्छु?
- यदि तपाईंले सर्तहरु पूरा गर्नुभयो भने, परीक्षा दिन सक्नुहुन्छ। यद्यपि, प्रवेश परीक्षा जापानी भाषामा मात्र सञ्चालन हुन्छ। तपाईंले विदेशी भाषामा परीक्षा दिन पाउनुहुने छैन।
- त्यसैले, यदि तपाईं जापानी भाषा बुझ्नुहुन्न भने, पास हुन गाह्रो हुनेछ।
- जस्तै, प्रवेश परीक्षा उत्तीर्ण भए पनि, उच्च माबीको अध्ययन कक्षाहरू सबै जापानी भाषामा सञ्चालन हुन्छ। यदि तपाईंलाई जापानी भाषा बुझ्नु भएन भने, क्लास लिन गर्न गाह्रो हुनेछ। त्यसैले प्रवेश परीक्षा उत्तीर्ण गरेपछि पनि, जापानी भाषा अध्ययन गरिराखौ।
Q7 【बिधालय जाने निर्धारित उमेर नाघेको】
मैले मेरो देशको माध्यमिक बिधालयबाट ग्राज्युएसन गरें, र अहिले १६ वर्षको छु। म जापानी भाषा बुझ्दिन त्यसैले, के मलाई उच्च माध्यमिक बिधालय प्रवेश परीक्षा दिन गाह्रो हुन्छ? म निम्न माध्यमिक बिधालयमा भर्ना भएर पढ्न सक्छु कि?
- शिक्षा, संस्कृति, खेलकुद, विज्ञान र प्रविधि मन्त्रालय (जापानमा शिक्षाको जिम्मेवार सरकारी निकाय) अनुसार, 「१६ वर्षभन्दा माथिका बालबालिकाहरूलाई पनि निम्न माध्यमिक बिधालय प्रवेश गर्न मिल्ने गरि लचिलो बनौं」 भन्छन। यद्यपि, निम्न माध्यमिक बिधालयमा प्रवेश गर्न मिल्छ कि मिल्दैन थाहा छैन। त्यसैले सेन्दाई शहर शिक्षा कार्यालयमा सम्पर्क गरि सोध्नु पर्ने हुन्छ।
- जापानी भाषा बुझ्ने व्यक्तिहरुले भने, उच्च माध्यमिक बिधालयको स्थानान्तरण परीक्षा दिन सक्नुहुन्छ। यदि पास भएमा,तपाईं उच्च माध्यमिक बिधालयमा पढ्न सक्नुहुन्छ।
- जापानी भाषा नबुझ्नेहरूले जापानी भाषाको अध्ययन गर्दै, उच्च माध्यमिक बिधालयको प्रवेश परीक्षाको तयारी गर्नुपर्छ।
तपाईं सेन्दाई सहर भित्र भएको जापानी भाषा कक्षाहरूमा गई भाषा अध्ययन गर्न सक्नुहुन्छ। नागरिक सामाज संघका सदश्यहरुले पनि भाषा सिकाउने र उच्च माध्यमिक विद्यालय प्रवेश परीक्षाको लागि अध्ययनमा सहयोग प्रदान गर्छन।
SenTIA मा, हामी तपाईंको अवस्था बुझेर, तपाईंलाई आवश्यक जानकारी प्रदान गर्छौं, र के गर्न सकिन्छ भनि सँगै छलफल गर्छौं।

