पहिलो अध्याय जापानको उच्च माध्यमिक बिधालयहरु

Q1 म कसरी उच्च माध्यमिक बिधालयमा भर्ना हुन सक्छु? के म भर्ना हुन सक्ने कुनै उच्च माध्यमिक बिधालय छ?

Q2 जापानको बिधालयहरु सुरु हुने चाँही कहिले बाट हो?

Q3【जापानको शिक्षा प्रणाली】
मलाई जापानको शिक्षा प्रणालीको बारेमा बताइदिनुहोस।

Q4 【उच्च माध्यमिक विद्यालय अध्ययनको महत्त्व】
के म उच्च माध्यमिक विद्यालय जान आवश्यक पर्छ?

Q5 【भर्ना गर्नको लागी सर्त / प्रवेश परीक्षा】
कसरि उच्च माध्यमिक बिधालयमा प्रवेश गर्न सकिन्छ?

Q6 【जापानी भाषा क्षमता】
मलाई जापानी भाषा आउँदैन। र पनि के म परीक्षा दिन सक्छु? उच्च माध्यमिक बिधालयमा पढ्न सक्छु?

Q7 【बिधालय जाने निर्धारित उमेर नाघेको】
मैले मेरो देशको माध्यमिक बिधालयबाट ग्राज्युएसन गरें, र अहिले १६ वर्षको छु। म जापानी भाषा बुझ्दिन त्यसैले, के मलाई उच्च माध्यमिक बिधालय प्रवेश परीक्षा दिन गाह्रो हुन्छ? म निम्न माध्यमिक बिधालयमा भर्ना भएर पढ्न सक्छु कि?

दोश्रो अध्याय उच्चमाध्यमिक बिधालय अध्ययन

Q1 जापानको उच्चमाध्यमिक बिधालयको विशेषताहरू के के छन?

Q2 उच्चमाध्यमिक बिधालय सम्म जाने यातायातको बारेमा मलाई बताईदिनुहोस।

Q3【उच्च माध्यमिक विद्यालयको प्रकार, आदि】
कस्तोकस्तो प्रकारको उच्चमाध्यमिक बिधालयहरु छन?

Q4 【शिक्षण शुल्क】
उच्च माध्यमिक विद्यालयको अध्ययन शुल्क चाँही कति जति लाग्छ?

Q5 【उच्च माध्यमिक विद्यालय प्रवेश परीक्षा प्रणाली】
सरकारी उच्च माध्यमिक विद्यालयहरूको प्रवेश परीक्षा कस्तो प्रकारको हुन्छ?

Q6 के उच्च माध्यमिक विद्यालय प्रवेश परीक्षा दिनको लागि कुनै सर्तहरु छन?

Q7 के सरकारी उच्च माध्यमिक विद्यालयहरूको प्रवेश परीक्षा जापानी विद्यार्थीहरूलाई लिइने जस्तै हुन्छ?

Q8 प्रवेश परीक्षा सम्मको तालिकाको बारेमा बताईदिनुहोस?

Q9 【उच्च माध्यमिक विद्यालय जीवन】
म उच्च माध्यमिक विद्यालयको दैनिक तालिका जान्न चाहन्छु।

Q10 अनलाइन आवेदन दिन

दोश्रो अध्याय उच्चमाध्यमिक बिधालय अध्ययन

Q1 जापानको उच्चमाध्यमिक बिधालयको विशेषताहरू के के छन?

A1

【बिधालयको गतिबिधिहरु धेरै छन।】
उच्चमाध्यमिक बिधालयमा, भविष्यमा पनि सम्झना रहने गरि, विभिन्न किसिमका कार्यक्रमहरू हुन्छन।
उदाहरणका लागि:

  • नयाँ प्रवेश समारोह
  • खेलकुद महोत्सव
  • सांस्कृतिक महोत्सव
  • शैक्षिक भ्रमण
  • खेल प्रतियोगिता
  • संगीत महोत्सव
  • ग्राज्युएसन समारोह, आदि
यी कार्यक्रमहरू आफ्ना सहपाठी र साथीहरू राम्रोसँग चिन्ने अवसर पनि हो। त्यसैले सकेसम्म सहभागी हुने र आफ्नो उच्चमाध्यमिक बिधालय जीवनको आनन्द लिनुहोस।

【बिधालय पोशाक र क्याजुअल लुगाहरू】
धेरै उच्चमाध्यमिक बिधालयमा बिधालयको पोशाक हुन्छ। र बिधालयको पोशाक बाहेकको सधै लगाउने लुगा लगाउन मिल्ने बिधालय पनि हुन्छ। यो चाँही बिधालय अनुसार फरक फरक हुन्छ।

【दिउँसोको खाना (बिधालय भोजन)】
सामान्यतया, उच्चमाध्यमिक बिधालयहरूमा बिधालय भोजनको ब्यबस्था हुदैन। विद्यार्थीहरूले आफैं घरबाट लिएरजाने कि किनेर खाने आफै तय गर्छन।

  • घरबाट लन्चबक्स लिएर जाने
  • कोंबिनीएन स्टोर वा सुपरमार्केटबाट किनेर लिएर जाने
  • बिधालयको पसलबाट किन्ने
  • क्यानटिनमा खाने
यो दिउँसोको खाना खाने समय, आफ्ना सहपाठीहरू सँग राम्रो चिनजान बनाउन सकिने महत्त्वपूर्ण समय हो।

【सरसफाइ (मुख्यतया सार्वजनिक उच्च माध्यमिक विद्यालयहरू)】
उच्चमाध्यमिक बिधालयमा, पढाईको कक्षा सकिएपछि 「सरसफाई समय」 हुन्छ।
विद्यार्थीहरूले आफ्नो कक्षाकोठा र करिडोरहरू आफैं सफा गर्छन।

Q2 उच्चमाध्यमिक बिधालय सम्म जाने यातायातको बारेमा मलाई बताईदिनुहोस।

A2

केही विद्यार्थीहरू घरबाट 「पैदल」 वा 「साइकल」 चलाएर विधालयमा जाने पनि गर्छन, र 「बस」, 「सबवे」 वा 「रेल」 जस्ता सार्वजनिक यातायात प्रयोग गरि जाने पनि गर्छन।
बस, सबवे, आदि प्रयोग गर्दा, 「यातायात शुल्क」 लाग्छ। विद्यार्थीहरूले यो शुल्क आफैं तिर्छन। धेरै विद्यार्थीहरूले बिधालय जानआउनको लागि 「यात्रु पास」 किन्छन। यात्रु पास भनेको एउटा टिकट हो जसले तपाईंलाई चाहे जति पटक निश्चित दूरीमा यात्रा गर्न अनुमति दिन्छ, र प्रत्येक पटक यात्रा गर्दा तिर्नु भन्दा सस्तो हुन्छ।
यात्रु पासहरू धेरै प्रकारका हुन्छन्, र मूल्य तपाईंले प्रयोग गर्ने क्षेत्र अनुसार मूल्य फरक-फरक हुन्छ।
उच्चमाध्यमिक बिधालय छनौट गर्दा, तपाईंको घरबाट विद्यालयसम्म प्रति दिन र प्रति महिना कति खर्च लाग्छ भनेर बुझ्नु भएमा राम्रो हुन्छ। साथै, यदि बिधालय सम्म पुग्न कति समय लाग्छ भनेर बुझ्नु भयो भने, बिधालय सम्मको खर्चको अनुमान गर्न सजिलो हुन्छ।

Q3【उच्च माध्यमिक विद्यालयको प्रकार, आदि】
कस्तोकस्तो प्रकारको उच्चमाध्यमिक बिधालयहरु छन?

A3

उच्चमाध्यमिक बिधालय मुख्यतः दुई प्रकारमा 「सरकारी उच्च माबी」 र 「निजि उच्च माबी」 विभाजित छन।
उच्च माध्यमिक विद्यालयका प्रकारहरू

①सरकारी उच्च मा वि(प्रान्त मातहतको उच्च मा वि, सिटि मातहतको उच्च मा वि) ・प्रान्त र सिटि आदिको 「सरकारी संस्था」 द्वारा स्थापित विद्यालयहरू हुन।
・नयाँ भर्ना (प्रवेश परिक्षा) चाँही, 「पहिलोपटकको लागी भर्ना」 र 「दोस्रोपटकको लागी भर्ना」 दुई प्रकारको हुन्छ।
・मुख्यतः प्रत्येक विद्यार्थीले एउटा विद्यालयमा मात्र परीक्षा दिन मिल्छ।
・यदि तपाईंले सरकारी उच्च माध्यमिक विद्यालयको प्रवेश परीक्षा उत्तीर्ण गर्नुभयो भने, त्यो विधालयमा भर्ना गर्नेपर्ने हुन्छ।
②निजी उच्च मावि 「निजि (कम्पनी र संघसस्था) 」 द्वारा सञ्चालित उच्च माध्यमिक विद्यालय हो।
・विद्यालय अनुसार फरक-फरक धार्मिक विचारको शिक्षा, अध्ययनको विषयवस्तु पनि फरक फरक हुन्छ।
・यदि परिक्षाको मिति अर्को विधालय सँग एकैदिन नभएको खण्डमा भने, दुई भन्दा बढी विद्यालयहरूमा परीक्षा दिन सक्नुहुन्छ।
・परीक्षामा आउने प्रश्नपत्रहरु भने विद्यालय अनुसार फरक हुन्छ।
・सरकारी उच्च माध्यमिक विद्यालयमा भन्दा शुल्क बढी लाग्छ।

※सरकारी वा निजी विद्यालयमा भर्ना भएपछि, तपाईंले शिक्षण शुल्क घटाउन 「उच्च माध्यमिक बिधालय अध्ययन सहयोग अनुदान」 भनिने प्रणाली प्रयोग गरि, अध्ययन शुल्क घटाउन सक्नुहुन्छ।
बिस्तृत विवरणहरूको लागि, प्रश्न ४ मा हेर्नुहोस।

कोर्षहरुको प्रकार

कोर्ष कक्षा सञ्चालन हुने दिनहरू प्रति दिन अध्ययन हुने समय ग्राज्युएसन गर्दा सम्मका वर्षहरू नोट
①पूरै समय पढाई हुने प्रणाली सोमबार देखि शुक्रबार, शनि र आईतबार चाँही (विद्यालय अनुसार) ६-७ घन्टी ३ बर्ष (रातो बिदा बाहेकको दिन) सामान्य दिन दिउँसोको समयमा कक्षाहरू सञ्चालन हुन्छ।
②आंशिकरुपमा पढाई हुने प्रणाली (दिउँसोको कक्षा) सोमबार देखि शुक्रबार लगभग ४ घन्टी ३ वा ४ वर्ष (रातो बिदा बाहेकको दिन) सामान्य दिनमा दिउँसोको समय वा रात्रिको समयमा कक्षाहरू सञ्चालन हुन्छ। बिधालय नगएको समयमा पार्टटाईम काम गर्ने विद्यार्थीहरू पनि हुन्छन।
③आंशिकरुपमा पढाई हुने प्रणाली (रात्रीकालिन कक्षा) सोमबार देखि शुक्रबार लगभग ४ घन्टी ३ वा ४ वर्ष
④एक्षिक पढाई प्रणाली(घरमै पाठ्यपुस्तक वा रिपोर्ट बनाई पढ्ने) वार्षिक तोकिएको संख्याको क्लास लिन बिधालयमा विद्यार्थी जाने गर्छन (स्कूलिङ)। ३ वर्षदेखि घरमै कोर्सको पाठ्यपुस्तक र अध्ययन गर्न सकिने पुस्तकहरू प्रयोग गरि पढि,「रिपोर्ट」बनाई बिधालयमा पठाउँछन।

संकायको प्रकार

सामान्य संकाय यो राष्ट्रिय भाषा, भूगोल र इतिहास, नागरिकशास्त्र, गणित, विज्ञान र अंग्रेजी लगायत विभिन्न विषयहरू सन्तुलित रूपमा अध्ययन गर्न सकिने संकाय हो।
र उच्च माध्यमिक विद्यालय ग्राजुएसन गरेपछि, विश्वविद्यालय वा प्राबिधिक विद्यालयमा पढ्न जाने बिधार्थी पनि हुन्छन र काम गर्ने बिधार्थी पनि हुन्छन।
प्राबिधिक संकाय यहाँ चाँही, अन्तर्राष्ट्रिय सम्बन्ध, अंग्रेजी, विज्ञान र गणित, नर्सिङ, कला र पेन्टिङ, उद्योग, वाणिज्य, कृषि, मत्स्य पालन, घरेलुशिक्षा जस्ता विशेष क्षेत्रमा ध्यान केन्द्रित गरि त्यसको गहिरो ध्ययन गर्नसकिन्छ। भविष्यको सपना र आफुले भविष्यमा गर्न चाहेको कामको निश्चित भएका विद्यार्थीहरूको लागि यो संकाय उपयुक्त हुन्छ।

Q4 【शिक्षण शुल्क】
उच्च माध्यमिक विद्यालयको अध्ययन शुल्क चाँही कति जति लाग्छ?

A4.
सरकारी उच्च माबी(पूरै समय पढाई हुने प्रणाली) निजि उच्च माबी
परीक्षा शुल्क (प्रवेश परीक्षाको लागि मात्र) २,२०० येन ११,००० येन देखि १६,००० येन
प्रबेश शुल्क (भर्ना हुँदाको लागि मात्र) ५,६५० येन १४०,००० देखि २१५,००० येन
शिक्षण शुल्क (वार्षिक) ११८,८०० येन २,४०,००० देखि ४,००,००० येन
यस बाहेक लाग्ने अन्य खर्चहरू ७०,००० देखि ८०,००० येन १८०,००० येन देखि ५२०,००० येन

【उच्च माध्यमिक विद्यालयको शैक्षिक शुल्क सहयोग रकम प्रणाली】
「उच्च माध्यमिक विद्यालयको शैक्षिक शुल्क सहयोग रकम」 को लागि सरकारबाट राखिएको सर्तहरू पूरा गरेको खण्डमा भने, तपाईंले यो अनुदान प्राप्त गर्नुहुनेछ।
यो रकम चाँही, विद्यार्थी वा अभिभावकलाई सिधै दिइँदैन, तर विद्यालयले प्राप्त गर्छ र शिक्षण शुल्क तिर्न प्रयोग गर्छ।
उच्च माध्यमिक विद्यालयमा प्रवेश गरेपछि,त्यो बिधालयको शिक्षकहरूसँग परामर्श गर्नुहोस।

Q5 【उच्च माध्यमिक विद्यालय प्रवेश परीक्षा प्रणाली】
सरकारी उच्च माध्यमिक विद्यालयहरूको प्रवेश परीक्षा कस्तो प्रकारको हुन्छ?

A5

प्रवेश परीक्षा चाँही, 「पहिलो चरण भर्ना」 र 「दोस्रो चरण भर्ना」 गरि दुईवटा हुन्छन।
「पहिलो चरण भर्ना」 चाँही, प्रत्येक वर्ष मार्चमा हुन्छ। धेरै मानिसहरूले यो परीक्षा दिन्छन।
「दोस्रो चरण भर्ना」 चाँही, पहिलो चरणको भर्ना अवधिमा आफ्नो बिधालयको बिधार्थी कोटा पूरा नभएका विद्यालयहरूले मात्रै फेरि विद्यार्थी भर्ना लिन्छन।

※निजी उच्च माध्यमिक विद्यालयहरूमा भने प्रवेश परीक्षाको लागि अन्य धेरै विधिहरू छन। थप जानकारीको लागि प्रत्येक उच्च माध्यमिक विद्यालयको वेबसाइट हेर्नुहोस।

Q6 के उच्च माध्यमिक विद्यालय प्रवेश परीक्षा दिनको लागि कुनै सर्तहरु छन?

A6

【सरकारी उच्च माध्यमिक विद्यालय】
तलका निम्न सबै सर्तहरू पूरा गरेका जो कोहीले पनि परीक्षा दिन सक्छ।

  • परीक्षा दिने वर्ष १५ वर्ष भएका व्यक्तिहरू
  • मियागी प्रान्तमा आफ्ना अभिभावकहरूसँग बसोबास गरेको, वा अप्रिल १ देखि मियागी प्रान्तमा बस्ने योजना भएका व्यक्तिहरू
    (आंशिकरुपमा पढाई हुने प्रणाली भएको खण्डमा, मियागी प्रान्तमा बसोबास गरेको वा अप्रिल १ देखि मियागी प्रान्तमा बस्ने योजना भएका व्यक्तिहरू)
  • तलको ① वा ② अन्तर्गत पर्ने व्यक्तिहरू
    ①जापानको निम्न माध्यामिक बिधालयबाट ग्राजुएसन गरिसकेका वा मार्चमा ग्राजुएसन गर्ने योजना भएका व्यक्तिहरू
    ②विदेशको विद्यालयमा नौ कक्षाको अध्ययन पूरा गरेका व्यक्तिहरू

【निजी उच्च माध्यमिक विद्यालय】
यो चाँही, प्रत्येक विद्यालय अनुसार फरक हुन्छ। थप जानकारीको लागि, प्रत्येक उच्च माध्यमिक विद्यालयको वेबसाइट हेर्नुहोस।

Q7: के सरकारी उच्च माध्यमिक विद्यालयहरूको प्रवेश परीक्षा जापानी विद्यार्थीहरूलाई लिइने जस्तै हुन्छ?

A7

जापानी भाषाको ज्ञान पर्याप्त नभएकाहरूको लागि, सरकारी उच्च माध्यमिक विद्यालयको प्रवेश परीक्षा दिने तरिकाको बारेमा 「विशेष विचार आवेदन」 दिन सकिन्छ।
उदाहरणका लागि,

  • प्रवेश परीक्षा दिनुपर्ने विषयहरूको संख्या घटाउने
  • परीक्षण समय बढाउने, आदि

सरकारी उच्च माध्यमिक विद्यालयले, आवेदनको आधारमा के गर्ने भनेर निर्णय गर्नेछ।
यद्यपि, कहिलेकाहीं आवेदन गरेपनि स्वीकृत नहुने पनि हुन सक्छ।
सबै आवेदनहरू स्वीकृत हुन्छ कि हुँदैन थाहा हुदैन।
विशेष विचार आवेदन स्वीकृत भयो भनेपनि, यसको मतलब पास भयो भन्ने चाँही होइन।

【विशेष विचार आवेदन दिने तरिका】

  • निम्नमाध्यामिक बिधालयमा पढ्दै गरेको भएमा भने, तुरुन्तै आफ्नो बिधालयको शिक्षक सँग परामर्श गर्नुहोस।
    ※निम्नमाध्यमिक विद्यालयले उच्च माध्यमिक विद्यालयमा आवेदन पत्र लेखिदिनेछ।
  • यदि निम्नमाध्यमिक विद्यालयमा पढिरहनुभएको छैन भने, SenTIA वा सधै सहयोग लिई रहेको व्यक्तिलाई सँग सोध्नुहोस।

【विशेष विचार आवेदन दिने मिल्ने व्यक्ति】

  1. मियागी प्रान्तमा बसोबास गर्ने विदेशी नागरिक र जापानको प्राथमिक वा निम्न,माध्यामिक बिधालयमा
    नपढेका जापानी नागरिक, उनीहरू जापान फर्कीआएको वर्षको संख्या मतलब हुदैन।
  2. जापानी मूलका तर जापानी भाषा बोल्न नसक्ने व्यक्तिहरू तलको निम्न कुनैपनि एक अन्तर्गतमा पर्ने व्यक्तिहरूमा लागू हुन्छ।
    एक वर्षभन्दा बढी समयदेखि विदेशमा बसेको
    जापान फर्केको तीन वर्ष भित्र
    ※यदि जापानी नागरिकता छ तर विदेशी मुलको ब्यक्ति हो भने, नम्बर १ मा पर्न सक्छन।

Q8 प्रवेश परीक्षा सम्मको तालिकाको बारेमा बताईदिनुहोस?

A8
निम्न,माध्यामिक बिधालयमा पढिरहेका व्यक्तिहरू
नौ कक्षा सम्मको शिक्षा पूरा गरेर र त्यसपछिको परीक्षा दिने लक्ष्य राखेका व्यक्तिहरू
जुलाई, अगस्ट निम्न,माध्यामिक बिधालयको गर्मी बिदाको समयमा विधालयमा, अभिभावक शिक्षक र बिधार्थी तीन जनाको बिचमा छलफल गर्ने कार्य गरिन्छ। तपाईं कस्तो बिधालयमा पढ्न चाहनुहुन्छ भन्ने बारेमा सोच्नुहोस र आफ्नो बिधालयको शिक्षकसँग त्यो छलफल कार्यक्रममा कुरा गरौं।
अगष्ट उच्च माध्यमिक विद्यालयहरु को ओपन क्याम्पस भनिने कार्यक्रममा (समय समयमा) सांस्कृतिक महोत्सव (सेप्टेम्बर र अक्टोबर महिनामा आयोजना गर्ने बिधालय पनि छन)पनि हुन्छ।
आफुलाई रुचि भएको उच्च माध्यमिक विद्यालयको वेबसाइटमा हेरौं। कस्तो प्रकारको उच्च माध्यमिक विद्यालय हो र त्यहाँको वातावरणको बारेमा जानकारी पाउनुहुनेछ।
सेप्टेम्बर 「मियागी प्रान्त सरकारी उच्च माध्यमिक विद्यालयमा प्रवेश परिक्षार्थी भर्ना छनौट निर्देशिका सुची」 प्रस्तुत गरिएको छ।
परीक्षा मिति र भर्ना कोटा को लागि चाहिने संख्या आदि विस्तृत जानकारी प्रस्तुत गरिएकोछ।
अक्टोबर उच्च माध्यमिक विद्यालय प्रवेश परीक्षा आवेदन सम्बन्धी जानकारी र फारमहरू को ढाँचाको बारेमा प्रस्तुत गरिएको छ।
नोभेम्बर मियागी प्रान्त सरकारी उच्च माध्यमिक विद्यालय प्रवेश परिक्षार्थी भर्ना छनौट 「प्रान्त बाहिर बाट आउने परिक्षार्थीको लागि व्याख्या सत्र」 आयोजना हुनेछ।
जापानको माध्यामिक विधालयमा नपढेको व्यक्तिले भने, अवश्य पनि सहभागी हुनुहोस।
डिसेम्बर र जनवरी सरकारी उच्च माध्यमिक विद्यालयमा जानको लागि विशेष विचारको लागि आवेदन दिने व्यक्तिहरूले, आफूल जान चाहेको उच्च माध्यमिक विद्यालयसँग परामर्श गर्नुपर्छ।
डिसेम्बर निम्न,माध्यामिक बिधालयमा, अभिभावक शिक्षक र बिधार्थी तीन जनाको बिचमा छलफल गर्ने कार्य हुन्छ। तपाईं कस्तो बिधालयमा पढ्न चाहनुहुन्छ भन्ने बारेमा सोच्नुहोस आफ्नो बिधालयको शिक्षकसँग परामर्श गरौं। (विशेष विचारको लागि आवेदन दिने बारे पनि छलफल गरौं।)
जनवरी निम्न माध्यमिक बिधालयबाट सरकारी उच्चमाध्यमिक बिधालयको आवेदन प्राथमिकता सर्वेक्षण हुनेछ। निजी उच्चमाध्यमिक विद्यालयको प्रवेश परीक्षा
जनवरी, फेब्रुअरी
फेब्रुअरी
मार्च सरकारी उच्च माध्यमिक विद्यालय प्रवेश परीक्षा
अप्रिल उच्च माध्यमिक विद्यालयमा प्रवेश गर्नु अघि के कस्तो कुराको तयारी गर्नुपर्छ भनि, जानकारी
गरि राखौं।

Q9 【उच्च माध्यमिक विद्यालय जीवन】
प्रश्न ९ म उच्च माध्यमिक विद्यालयको दैनिक तालिका जान्न चाहन्छु।

A9

①पुरै समय पढाई हुने प्रणालीको उदाहरण

बिहान ८:२५ बिधालय जाने
८:४५ देखि ९:३५ पहिलो घन्टी
९:४५ देखि १०:३५ दोश्रो घन्टी
१०:४५ देखि ११:३५ तेश्रो घन्टी
११:४५ देखि १२:३५ चौथो घन्टी
१२:३५ देखि १:२० दिउँसोको खाना
१:२० देखि २:१० पाँचौं घन्टी
२:२० देखि ३:१० छैटौं घन्टी
३:२० देखि ४:१० सातौं घन्टी
बिधालयबाट घर फर्कने, क्लब गतिविधिहरू, आदि।

②आंशि करुपमा पढाई हुने प्रणालीको उदाहरण

बिहान ९:१५ देखि १०:०० पहिलो घन्टी दिवा कक्षा
१०:०५ देखि १०:५० दोश्रो घन्टी
११:०० देखि ११:४५ तेश्रो घन्टी
११:५० देखि १२:३५ चौथो घन्टी
१२:३५ देखि १:३५ दिउँसोको विश्राम
१:३५ देखि २:२० पाँचौं घन्टी रात्रिकालिन कक्षा
२:२५देखि ३:१० छैठौं घन्टी
३:२० देखि ४:०५ सातौं घन्टी
४:१० देखि ४:५५ आठौं घन्टी
४:५५ देखि ५:४० साँझको विश्राम (दिवा कक्षा, क्लब गतिविधिहरू आदि)
५:४० देखि ६:२५ नवौं घन्टी
६:३० देखि ७:१५ दशौँ घन्टी
७:२० देखि ८:०५ एघारौं घन्टी
८:१० देखि ८:५५ बाह्रौं घन्टी
८:५५ देखि ९:४५ बिधालय पछिको समय (रात्रिकालीन कक्षा, क्लब गतिविधिहरू आदि)

Q10 अनलाइन आवेदन दिन

A10

प्रवेश परीक्षाको लागि दिइने आवेदन प्रक्रिया परिवर्तन हुनेछ।
अब देखि अनलाइन बाट आवेदन गर्नुपर्ने छ। निम्न माध्यमिक बिधालयमा पढिरहेका विद्यार्थीहरूलाई बिधालयको शिक्षकले यसको बारेमा जानकारी गराउने छन।
यस बाहेक अन्यको लागि, कृपया SenTIA वा सेन्दाई बहुसांस्कृतिक समाज केन्द्रमा सम्पर्क गर्नुहोस। त्यहाँबाट तपाईंलाई आवेदन प्रक्रियाको लागि मद्दत गर्नेछन।

  • आवेदन अनलाइन मार्फत गर्नुपर्ने हुन्छ।
  • आवश्यक कागजातहरू पनि अनलाइन मार्फत पेश गर्नुपर्छ।
  • परीक्षा शुल्क र प्रवेश शुल्क क्रेडिट कार्ड, कन्न्बिनीएन स्टोर, वा पेइजी बुधितीय साधन मार्फत भुक्तानी गर्न सकिन्छ।
  • प्रबेश पत्र पनि इन्टरनेटबाट आवेदकले प्रिन्ट गर्न सक्नुहुन्छ। प्रिन्टिङ गर्ने वा कन्न्बिनीएन स्टोरहरूमा पनि गर्न सकिन्छ।
  • आफ्नो पास/फेल नतिजा पनि अनलाइनमा हेर्न सक्नुहुन्छ।