ブログ国際化事業部からのお知らせ

नयाँ कोरोना भाइरस संक्रमण फैलावट रोकथाम सम्बन्धि तोहोकु・नीइगाताको संयुक्त सन्देश (東北・新潟共同メッセージ)ネパール語

1 एक प्रान्तबाट अर्कोमा जान रोकिने काम (आत्मसंयमता अपनाउने) अझै जारी राखौ
तोउहोकु तथा निगाता प्रान्त क्षेत्रभित्रको आवतजावत या खान्तो, खान्साइ आदिका अन्य क्षेत्रसँगको आवतजावत, यात्रा तथा घर फर्कने आदि सहित, आफ्नो प्रान्तहरुबाट अनावश्यक तथा अत्यन्त जरुरी बाहेक बाहिर जानबाट जोगिनका साथै, आत्मसंयमता अपनाउ आह्वान गरिएको क्षेत्रको शहरी भीडभाड क्षेत्रका प्रत्यक्ष संसर्ग हुने रेस्टुरेन्ट आदि ठाउँमा जान अझै पनि जोगिन हुन अनुरोध गर्दछौं ।

2 नयाँ जिबन शैली स्थापित गर्ने
「तिन वटा ब」 (बन्द स्थान・बढी भीडभाड・बढी नजिकको संसर्ग) बाट बच्ने कुरा, राम्रोसँग हात धुने तथा मास्क लगाउने, ब्यक्ति र व्यक्ति बिचमा दुरी राक्ने, घरैबाट कामगर्ने तथा काममा जानेआउने समय फरक पार्ने लगाएतको व्यक्ति र व्यक्तिको बिचको संसर्गलाई कम गर्ने लगायतका संक्रमणको फैलावटलाई रोकथामको लागि “नयाँ जिबन शैली स्थापित” गर्न कडाइका साथ अनुरोध गरिन्छ ।

2020 मे 8 तारिख

आवोमोरी प्रान्त गभर्नर, इवाते प्रान्त गभर्नर, मियागीप्रान्त गभर्नर, आकिता प्रान्त गभर्नर, यामागाता प्रान्त गभर्नर, फुकुसिमा प्रान्त गभर्नर, निगाता प्रान्त गभर्नर, सेन्दाई सिटी मेयर, निगाता सिटी मेयर

> PDF 東北・新潟共同メッセージ(ネパール語)