सेन्दाई सिटी भित्रका जापानिज भाषाकक्षा तथा सर्कल

सेन्दाई सिटी भित्रमा, आवधिक सेन्दाई जापानिज भाषाकक्षा बाहेक अन्य पनि जापानिज भाषा कक्षाहरु छन । शुरु हुने समय वा पढाई शुल्क आदि भने प्रत्येकको फरक फरक भएकोले, तपाईको सुविधा अनुरुपको भाषा कक्षामा सिधै सम्पर्क गर्नुहोला ।

स्थर अनुसार कक्षा विभाजन र कक्षाकोठाको स्वरूपहरु

सेन्दाई जापानिज भाषाकक्षा

जापानिज भाषाको स्थर अनुसार, थुप्रै कक्षाहरु छन ।

स्थरहरु आदि प्राथमिक, माध्यामिक, खान्जी सिक्ने आदि
खुल्ने समयावधि पहिलो सेमेस्टर, अप्रिल ~ सेप्टेम्बर / दोश्रो सेमेस्टर, अक्टोबर ~ मार्च
पढाइहुनेदिन (समय) *कक्षा अनुसार समय फरक हुनेछ ।
पढाइ शुल्क निशुल्क *पुस्तक शुल्क आफैले तिर्नुपर्ने हुन्छ ।
स्थान आवोबा-कू च्युओ सिमिन सेन्टर 
सेन्दाई सिटी आवोबा-कू इची बानच्योउ 2-1-4
सम्पर्क आवोबा-कू च्युओ सिमिन सेन्टर फोन:022-263-5010
(जनहितको संस्था ) सेन्दाई पर्यटन तथा अन्तर्राष्ट्रिय एसोसिएसन फोन :022-263-5010

सेन्दाई जापानिज भाषाकक्षा विस्तृतरुपमा यहाँबाट

जापानिज भाषा टि-रुम 

पम्प्लेटको लागि यहाँ

नेपाली भाषा[PDF]

बच्चा हेरचाहको सुविधा भएकाले, साना बच्चा भएका व्यक्तिहरु पनि ढुक्क भएर जान सक्नुहुनेछ ।

2015 साल डिसेम्बर 6 तारिक सबवे तोजाइ लाइन खोलेको हुनाले, आवतजावत गर्न सजिलो भएको छ[PDF]

स्तरहरु आदि परिचयात्मक, शुरुआती, प्राथमिक र निम्नमाध्यमिक स्थर, उच्चमाध्यमिक स्थर
खुल्ने समयावधि जुनकुनै समयमा पनि सम्भब हुनेछ
पढाइहुनेदिन (समय) प्रत्येक हप्ताको बुधबार र शुक्रबार 10:00 - 11:30
पढाइ शुल्क निशुल्क (पुस्तक शुल्क आफैले तिर्ने)
स्थान यागीयामा सिमिन सेन्टर 
सेन्दाई-सि ताईहाकु-कू यागीयामा होनमाची 1-43 
फोन:022-228-1190
सबवे तोजाइ लाइन「यागीयामा दोउबुचु कोएन स्टेशन」को नजिकै
सम्पर्क फोन:022-228-1190 (यागीयामा सिमिन सेन्टर)
इमेल:yagiyama-siminc@hm-sendai.jp
※बच्चा हेरचाहको सुविधा छ (संख्याको सिमा हुनाले, पुर्व जानकारी आवश्यक छ)

[HP]https://jptearoom.jimdofree.com

ICAS जापानिज भाषाकक्षा 

पम्प्लेटको लागि यहाँ
जापानिज भाषा, अंग्रेजी भाषा[PDF]
अनलाइन बाट अध्ययन गर्छु।
स्तरहरु आदि प्राथमिक स्तर
JLPT च्यालेन्ज कोर्स
खुल्ने समयावधि जुनसुकै समयमा
पढाइ हुनेदिन(समय) परामर्श गरि निर्णय गर्नेछौ
पढाइ शुल्क निजी कक्षा 6000 येन महिनामा चार पटक
सानो कक्षा एक जनाको 4000 येन (महिनामा 4 पटक)
स्थान अनलाइन
सम्पर्क अन्तर्राष्ट्रिय शहर सेन्दाईलाइ सहयोग गर्ने नागरिक संगठन(ICAS)
E-mail:npo.icas@gmail.com

बालबालिका हरुको लागिको जापानिज भाषाकक्षा「सात्तो निहोन्गो क्लब」

पम्प्लेटको लागि यहाँ
जापानिज[PDF] अँग्रेजी[PDF] चिनियाँ[PDF] कोरियन[PDF]

विदेशबाट आएका प्राथमिक, निम्नमाध्यमिक विधार्थीहरुको लागिको जापानिज भाषाकक्षा हो । बिधालयको पाठ्यपुस्तकको अध्ययनमा सहयोग गर्दछौ ।

स्तरहरु आदि जसको जापानिज भाषा चाहिँ मातृभाषा नभएका प्राथमिक बिधार्थी (कक्षा दुई), निम्नमाध्यमिक बिधार्थी (कक्षा एक)
खुल्ने समयावधि मे~फेब्रुअरी (गर्मि र जाडो बिदा बाहेक)
पढाइ हुनेदिन(समय) प्रत्येक हप्ता शनिवार 10:00-12:00
पढाइ शुल्क हरेक आधा अवधिको 500येन (मे- सेप्टेम्बर / अक्टोबर—ेब्रुअरी,शैक्षिक सामग्रीको लागि)
सम्पर्क आवोबा-कू च्युओ सिमिन सेन्टर 
फोन:022-263-5010

गाइकोकु जिन नो कोदोमो・सापोतो नो खाइ

विदेशसँग सम्बन्ध भएका बालबालिकाको जापानिज भाषा र बिधालयको पाठ्यक्रम पढ्नको लागि सहयोग गर्ने गर्दछौ ।

स्तरहरु आदि विदेशसँग सम्बन्ध भएका प्राथमिक, निम्नमाध्यमिक, माध्यमिक बिधार्थीहरु
खुल्ने समयावधि जुनकुनै समयमा पनि
पढाइ हुनेदिन(समय) बिधार्थी र सहयोगी बीच छलफल गरि तय गरिनेछ ।
पढाइ शुल्क वार्षिक दर्ता शुल्क 1,००० येन, पढाइ शुल्क:निशुल्क
स्थान बिधार्थी र सहयोगी बीच छलफल गरि तय गरिनेछ ।
सम्पर्क फोन:022-375-5639(तादोकोरो सान)
इमेल: jets@sda.att.ne.jp

[HP]https://kodomosupport.jimdo.com/

MIA जापानिज भाषाकक्षा

स्तरहरु आदि प्राथमिक, माध्यमिक
खुल्ने समयावधि अप्रिल~जुलाई / सेप्टेम्बर~डिसेम्बर
पढाइहुनेदिन(समय) प्राथमिक :हप्तामा 4 पटक (मंगलबार~शुक्रबार 10:00-12:00)
माध्यमिक:हप्तामा 2पटक (मंगलबार र बिहिबार 13:00-15:00)
पढाइ शुल्क प्राथमिक 1・2 (27,500 येन)
माध्यमिक (14,000 येन)
(पुस्तक शुल्क अलग)
स्थान मियागी अन्तर्राष्ट्रिय एसोसिएसन, प्रशिक्षण कक्ष, एक्सचेन्ज लाउन्ज
सेन्दाई सिटी आवोबा-कू चुचुमीदोरी आमामिया माची 4-17 मियागी प्रान्त सेन्दाई गोदोच्योसा 7 तला
सम्पर्क (सार्बजनिक हितको) मियागी इन्टरनेसनल एसोसिएसन
फोन:022-275-3796

MIA जापानिज रात्री भाषाकक्षा

स्तरहरु आदि प्राथमिक 1.2
खुल्ने समयावधि अप्रिल~अगस्ट / सेप्टेम्बर ~जनवरी
पढाइहुनेदिन(समय) प्रत्येक हप्ता मंगलबारको 18:30-20:30
पढाइ शुल्क 14,000येन (पुस्तक शुल्क अलग)
स्थान मियागी इन्टरनेसनल एक्सचेन्ज एसोसिएसन
सेन्दाई सिटी आवोबा-कू चुचुमीदोरी आमामिया माची 4-17 मियागी प्रान्त सेन्दाई गोदोच्योसा 7 तला
सम्पर्क (सार्बजनिक हितको)मियागी इन्टरनेसनल एसोसिएसन
फोन:022-275-3796

साना समुहहरु तथा व्यक्तिगत शिक्षण कक्षाहरु स्वरूप

निहोंन्गो नो मोरी 

कुराकानी गर्न अभ्यास वा जापानिज भाषामा प्रश्नहरुको उत्तर दिने कार्य गर्दछौ ।

स्तरहरु आदि जो कोहि पनि सहभागी हुनसक्ने
खुल्ने समयावधि जुनकुनै समयमा पनि
पढाइहुनेदिन(समय) प्रत्येक हप्ता मंगलबार र शुक्रबार 13:30-15:00(इन्टरनेसनल सेन्टरको बिदाको दिन बाहेक)
पढाइ शुल्क निशुल्क
स्थान सेन्दाई बहुसांस्कृतिक समाज केन्द्र सेन्दाई सिटी आवोबा-कू अओबायामा सेन्दाई इन्टरनेसनल सेन्टर भित्र
सम्पर्क निहोन्गो नो मोरी
(कुरोखावा) फोन :022-272-7278(रातीको 8 बजे सम्म )

[HP]https://yoshinari126.jimdofree.com

इजूमी निहोन्गो सालोन

सामान्यतया हामी एक जनालाई एक जनाले पढाउने गर्दछौ । रास्ट्रीयता, उमेर, लिंगको पर्वाह नगरी,जहिले पनि हामीकोमा स्वागत छ ।

इजूमी निहोन्गो सालोनको पम्प्लेट यहाँबाट

स्तरहरु आदि जो कोहिपनि सहभागी हुनसक्नेछ
खुल्ने समयावधि जुनकुनै समयमा पनि
पढाइ हुनेदिन(समय) प्रत्येक हप्ताको शुक्रबार 10:00-11:30
(सार्बजनिक बिदा, नयाँवर्ष, गोल्डेनविक, ओबनको बिदा बाहेक)
पढाइ शुल्क निशुल्क (पुस्तक शुल्क, कक्षामा आवश्यक शैक्षिक सामाग्रीको लागि बिधार्थीले तिर्ने)
स्थान खाचुरा सिमिन सेन्टर भित्र, बैठक कक्ष
सेन्दाई सिटी इजूमी-कू खाचुरा 3-19-1
फोन:022-375-0550
सम्पर्क (आचुमी सान)फोन:090-4312-5431 
इमेल:atsumi19511228@yahoo.co.jp

[HP]https://katsura3191.jimdofree.com

मोनिवादाई निहोन्गो सालोन

सानो संख्याको कक्षा, जापानिज भाषा मात्र नभएर, संस्कृतिको बारेमा बुझ्ने तथा टोल छिमेकको व्यक्तिसँग सम्बन्ध आदानप्रदान गर्न सकिन्छ ।

स्तरहरु आदि प्राथमिक (1・ 2) र निम्नमाध्यमिक
खुल्ने समयावधि अप्रिल- जुलाई / सेप्टेम्बर- डिसेम्बर ※ जहिलेपनि सम्भब
पढाइ हुनेदिन (समय) प्रत्येक हप्ता बुधबार 10:00-11:30
पढाइ शुल्क पहिलो सेमेस्टर र दोस्रो सेमेस्टर प्रत्येक पटक 1,000 येन
(शैक्षिक सामाग्री शुल्क, कार्यक्रममा सहभागी शुल्क आफ्नैले तिर्ने)
स्थान मोनिवादाई सिमिन सेन्टर, सेन्दाई सिटी ताइहाकु-कू मोनिवादाई 4-1-10
फोन:022-281-3293
सम्पर्क (ओकाजाकी सान) फोन:022-392-1580(राती 9 बजे सम्म)
※बालबालिका(शिशु) लान अनुमति छ ( बालबालिका हेरिदिने सेवा छैन)

बिधार्थी आधारित समुहहरु

तोहोकु गाकुइन युनिभर्सिटी, निहोन्गो भोलिन्टयर सर्कल HANDS

पहिलेनै मेल बाट सम्पर्क गर्नुहोला । हामी स्तर अनुसार विभाजन गरेर सानो संख्यामा पढाउने कार्य गर्दाछौ ।

स्तरहरु आदि प्राथमिक, माध्यमिक, उच्चमाध्यमिक
खुल्ने समयावधि बाह्रै महिना
पढाइ हुनेदिन (समय) हप्तामा 2 पटक (मंगलबार र शुक्रबार)
मंगलबार 19:00-21:00
शुक्रबार 19:00-21:00
पढाइ शुल्क निशुल्क
स्थान अनलाइन
सम्पर्क इमेल:2001hands@gmail.com