अन्तर्राष्ट्रिय गतिविधि गर्ने सँस्था
अन्तर्राष्ट्रिय गतिविधि गर्ने सँस्था खोज्न यहाँबाट अन्तर्राष्ट्रिय गतिविधि गर्ने सँस्था खोज्न
अन्तर्राष्ट्रिय गतिविधि गर्ने सँस्था दर्ता गर्नको लागी
「अन्तर्राष्ट्रिय सम्बन्ध आदानप्रदान, अन्तर्राष्ट्रिय सहयोग सँस्था」को रुपमा समूह बनाई दर्ता गरेमा, तलको निम्न लिखित सेवा सुबिधाहरू उपलब्ध गर्न सकिन्छ।
1. सँस्थाले गर्ने कार्यक्रमको जानकारी प्रकाशित गर्न सहयोग गरिनेछ।
① SenTIA को होमपेज「अन्तर्राष्ट्रिय गतिविधि गर्ने सँस्था खोज्ने साइट」मा सँस्थाको बारेमा जानकारी पोस्ट गरिनेछ।
② स्थानीय बासिन्दाहरुको जिज्ञासाको आधारमा, दर्ता जानकारी प्रदान गरिनेछ।
2. सेन्दाई बहुसांस्कृतिक समाज केन्द्र बाट जानकारीहरु पठाउनेछौं।
「सेन्दाई बहुसांस्कृतिक समाज केन्द्र को डाएरी」इत्यादी, SenTIA द्वारा जारी गरिने प्रचार सामग्री र पम्प्लेटहरू पठाउनेछौं।
3. अन्तर्राष्ट्रिय गतिविधि गर्ने सँस्थाहरु बिच एकअर्कालाई जानकारीहरु प्रदान गर्न सहयोग गर्नेछौं।
सेन्दाई सहर वरिपरीमा सक्रिय भै गतिविधि गर्ने अन्तर्राष्ट्रिय सँस्थाहरूको मेलिङ सूचीमा दर्ता गरिदिने छौं।
मेलिङ सूची मार्फत, SenTIA र प्रत्येक अन्तर्राष्ट्रिय सँस्थाबाट गरिने कार्यक्रमको जानकारी आदि अन्तर्राष्ट्रिय गतिविधि गर्ने सँस्थाहरु बीच साझा गर्न सकिन्छ।
1. दर्ता गर्नको लागि सर्तहरू
तलका सबै सर्तहरु पूरा गरेका सँस्थाहरूले दर्ता गर्न सक्नेछन।
- (1)सेन्दाई शहर भित्र नै निरन्तरता दिई गतिविधि सञ्चालन गर्ने।
- (2)अन्तर्राष्ट्रिय सम्बन्ध आदानप्रदान, अन्तर्राष्ट्रिय सहयोग, बहुसांस्कृतिक समाज सँग सम्बन्धीत कार्य गतिविधिहरू सञ्चालन गर्ने।
- (3)लगभग ५ जना भन्दा बढी सदश्यहरु भएको समुह हुनुपर्ने।
- (4)सँस्थाको इच्छा व्यक्त गर्न सक्ने प्रतिनिधि सदश्य, साथै त्यो इच्छा कार्यान्वयन गर्न सक्ने संगठन स्थापना गरेको हुनुपर्ने।
- (5)व्यावसायिक गतिविधि, राजनीतिक गतिविधि, अथवा धार्मिक गतिविधि गर्ने उद्देश्य नभएको हुनुपर्ने।
- (6)समाज विरोधी शक्तिहरु लाई यस समुहमा नराख्ने साथै, समाज विरोधी शक्तिहरु संग सम्बन्ध नभएको हुनुपर्ने।
- (7)सार्वजनिक व्यवस्था र नैतिकताको उल्लङ्घन गर्ने गतिविधि गर्न नहुने साथै, सार्वजनिक व्यवस्था र नैतिकताको उल्लङ्घन गतिविधि कार्यमा संलग्न भएका सँस्थाहरू सँग कुनै सम्बन्ध राख्न नहुने।
- (8)सदस्यता शुल्क आदि को स्वैच्छिक आर्थिक स्रोत बाट संचालित गरेको हुनुपर्ने।
2. दर्ता गर्ने प्रक्रिया
- (1)आवेदन जुनसुकै समयमा पनि स्वीकार गरिनेछ। (तर, सेन्दाई बहुसांस्कृतिक समाज केन्द्र बन्द भएको दिनहरू बाहेक)
- (2)「सँस्था दर्ता गर्ने फारम」, नियमावली, र सूची पेश गर्नुहोस।
- (3)दर्ता लिने समयमा अन्तर्वार्ता लिइने छ, सँस्थाको सारांश आदि को बारेमा सोधपुछ गर्ने कार्य गर्नेछौं।
- (4)आवश्यकता अनुसार, साधारण बैठक शुल्क, व्यापार प्रतिवेदन, योजना फारम, र समाचारपत्र, आदि गतिविधि को शीर्षकको बारेमा बुझिने गरि लेखिएको कागजात आदि छुट्टै पेश गर्नुपर्ने आवश्यकता पनि हुन सक्छ।
- (5)अर्को वर्ष पनि दर्तालाई निरन्तरता दिईराख्न चाहनु भएको खण्डमा, नवीकरण प्रक्रिया पूरा गर्न आवश्यक पर्छ।
3. दर्ता स्वीकृति
- (1)दर्ता अनुमोदन स्वीकृत वा अस्वीकृत भन्ने बारेमा, आबेदकले कागजातहरू पेश गरेपछि लगभग दुई हप्ता भित्रमा आवेदकलाई सूचित गरिनेछ।
- (2)दर्ता स्वीकृत भएपछि पनि, यदि गलत बयानहरू आदि, प्रयोगकर्ताहरु लाई उपयुक्त नभएको भन्ने कुनै तथ्य फेला परेको खण्डमा, दर्ता रद्द हुन सक्छ।
4. सँस्थाको जानकारीहरुको बारेमा
- (1)दर्ता समयमा पेश गरिएको सँस्थाको कार्य गतिविधि जानकारीको बारेमा, सेन्दाई बहुसांस्कृतिक समाज केन्द्र अबलोकन गर्न आउँने स्थानीय बासीहरूको जिज्ञासाको आधारमा, साथै, होमपेज र जनसम्पर्क पत्रिकाहरू आदि मार्फत सँस्था परिचयका लागि प्रयोग गरिनेछ।
- (2)नाम र सम्पर्क जानकारी जस्ता व्यक्तिगत जानकारीसँग सम्बन्धको बारेमा, सम्बन्धित सँस्थाको सहमतिको दायरा भित्र मात्र सार्वजनिक गरिनेछ।