ブログ国際化事業部からのお知らせ

नयाँ कोरोना भाइरस सम्बन्धि सेन्दाई सिटीबाटको जानकारी 1 (कर तथा, ग्यास・खानेपानी आदिका सार्वजनिक उपभोग्य बस्तुको शुल्क भुक्तान गर्न कठिनाइ भएका व्यक्तिहरुका लागि)(ネパール語)

1.「नगरपालिका कर भुक्तान गर्न कठिनाइ भएका व्यक्तिहरुका लागि」

कर भुक्तानी मितिलाइ पर सार्न सक्ने ब्यवस्था मिलाउन सकिन्छ ।
【लक्षित व्यक्ति】
आय (तलब) घटेर, तिर्न कठिनाइ भएका व्यक्तिहरुका लागि
【सम्पर्क 】
(आवोबा-कु मा बस्नुहुने व्यक्तिहरुले )
उत्तरी भुक्तानी शाखा फोन:022-214-8152
(इजुमी-कु मा बस्नुहुने व्यक्तिहरुले )
उत्तरी भुक्तानी शाखा फोन:022-214-5027
(मियागीनो-कु र वाकाबायासी-कु मा बस्नुहुने व्यक्तिहरुले)
दक्षिणी भुक्तानी शाखा फोन:022-214-8153
(ताइहाकु-कु मा बस्नुहुने व्यक्तिहरुले)
दक्षिणी भुक्तानी शाखा फोन:022-214-8154
(सेन्दाई सिटी बाहिर बस्नुहुने व्यक्तिहरुले)
थाइसाकु भुक्तानी शाखा फोन:022-214-8661

2.「खानेपानिको शुल्क तथा ढल निकाशी शुल्क तिर्न कठिनाइ भएका व्यक्तिहरुका लागि」

शुल्क तिर्ने मितिलाइ पर सार्न सक्ने ब्यवस्था मिलाउन सकिन्छ ।
【लक्षित व्यक्ति】
आय (तलब) घटेर, तिर्न कठिनाइ भएका व्यक्तिहरुका लागि
【सम्पर्क】
(आवोबा-कु र इजुमी-कु मा बस्नुहुने व्यक्तिहरुले)
उत्तरी शुल्क भुक्तानी शाखा फोन:022-371-8830
(मियागीनो-कु, वाकाबायासी-कु र ताइहाकु-कु मा बस्नुहुने व्यक्तिहरुले )
दक्षिणी शुल्क भुक्तानी शाखा फोन:022-304-0023

3.「ग्यासको शुल्क तिर्न कठिनाइ भएका व्यक्तिहरुका लागि」

शुल्क भुक्तानीको मितिलाइ एक महिना पर सार्ने व्यवस्था मिलाउन सकिन्छ ।
【लक्षित व्यक्ति】
सेन्दाई सामाजिक कल्याण परिषदको
「जिबनयापन कल्याणकारी कोषको ऋण प्रणाली」बाट,रकम ऋण लिएका व्यक्तिहरु ।
【सम्पर्क 】
सेन्दाई सिटी ग्यास ब्यूरो ग्राहक केन्द्र
फोन:0800-800-8977

4.「राष्ट्रिय स्वास्थ्य बीमा・वृद्धहरूको लागि चिकित्सा・नर्सिंग केयर बिमाको बिमा शुल्क」

नयाँ कोरोना भाइरसको रोगका कारण जीवनयापनको स्थिति परिवर्तन भएर आम्दानी घट्न गएका व्यक्तिहरुले राष्ट्रिय स्वास्थ्य बीमा शुल्क・वृद्धहरूको लागि चिकित्सा शुल्क・नर्सिंग केयर बिमाको बिमा शुल्क तिर्ने समय पछी सार्ने तथा तिर्ने रकम घटाउन सकिन्छ ।
【आवेदन गर्ने तरिका】तपाईं बस्नुहुने शहरको सरकारी कार्यालयबाट सल्लाह लिनुहोस ।

राष्ट्रिय स्वास्थ्य बीमाको बारेमा
सेन्दाई सिटीको होमपेज(जापानी भाषा)

७५ वर्षभन्दा माथिका बृद्धहरूका लागि चिकित्सा बीमाको बारेमा
सेन्दाई सिटीको होमपेज(जापानी भाषा)

नर्सिङ केयर बीमाको बारेमा
सेन्दाई सिटीको होमपेज(जापानी भाषा)

5.「राष्ट्रिय पेन्सन बीमा शुल्क」

नयाँ कोरोनाभाइरस रोगको कारण, दैनिक जीवनको स्थीतीमा परिवर्तन भएमा, कम आय भएका व्यक्तिले राष्ट्रिय पेन्सन बीमाको शुल्क तिर्नु पर्दैन ।
(जापान पेन्शन बिमा संयन्त्र) नयाँ कोरोनाभाइरस संक्रमणले गर्दा आम्दानी घटेको कारण, राष्ट्रिय पेन्शन बिमाशुल्क छुट हुने सम्बन्धमा

【आवेदन भर्ने तरिका】
तपाईं बस्नुहुने शहरको सरकारी कार्यालयमा सल्लाह लिनुहोस ।

【सम्पर्क स्थान】
सेन्दाई उत्तरी पेन्सन कार्यालय (आवोबा-कु. इजुमी-कु मा बस्नुहुने व्यक्तिहरु )
फोन :022-224-0891
सेन्दाई पुर्बी पेन्सन कार्यालय (मियागीनो-कु मा बस्नुहुने व्यक्तिहरु )
फोन :022-257-6111
सेन्दाई दक्षिणी पेन्सन कार्यालय(वाकाबायासी-कु.ताइहाकु-कु मा बस्नुहुने व्यक्तिहरु )
फोन:022-246-5111

6.「बिजुली, टेलिफोन, NHK उपभोग शुल्क」

जापान सरकारले बिजुली, टेलिफोन कम्पनि तथा NHK(टेलिभिजन ब्युरो) लाइ पैसा लिन पर्खन लगाउने आदि कार्य गरेर, अफ्ट्यारोमा परेका व्यक्तिहरुलाइ सहायता गर्न अनुरोध गरिरहेको छ ।
आवेदन दिने तरिका शुल्क तिर्नुपर्ने कम्पनिमा सल्लाह गर्नुहोला ।

बिजुली (तोहोकु इलेक्ट्रिक पावर कम्पनिको होमपेज)
टेलिफोन (NTT हिगासी निहोनको होमपेज )
> (NHK को होमपेज)
【जापानी】 【अंग्रेजी】

यदि तपाइलाइ जापानिज भाषा बोल्नमा समस्या भए सेन्दाई बहुसांस्कृतिक समाज केन्दमा फोन गर्नु होला ।
यहाँबाट तपाइले दोभाषेको सहयोग लिन सक्नुहुनेछ ।
फोन:022-224-1919
(प्रत्येक दिन बिहान 9 बजे देखि बेलुका 5 बजे सम्म )
ईमेल:tabunka*sentia-sendai.jp
(कृपया “*”लाई “@” राखेर पठाउनुहोस् )

(20200719)