ブログ国際化事業部からのお知らせ

【सहभागीहरूको भर्ती अन्तर्गत】स्थायी वैदेशिक बासिन्दाहरूको रोजगार प्रबर्द्धनका लागि जापानीज भाषा कोर्स しごとの ための 日本語(12/11~2/16)


厚生労働省 外国人就労・定着支援研修事業
SenTIA協力事業

यो चाँहि काम गर्न इच्छुक व्यक्तिहरुका लागिको, जापानिज भाषा कक्षा हो ।
काम गर्ने बेलामा प्रयोग हुने जापानिज भाषाको अध्ययन गरौं ।

【समयावधि】

2020 डिसेम्बर 11(शुक्र)~ 2021 फेब्रुअरी 16(मंगल)

【समय】

सोमबार ~शुक्रबार प्रत्येक दिन 9:30~12:30

【स्थान】

सेन्दाई बहुसांस्कृतिक समाज केन्द्र (सेन्दाई-सी, आवोबा-कु आवोबायामा, सेन्दाई इन्टरनेसनल सेन्टर सम्मेलन भवन 1F)

【बिषय बस्तु 】

लेबल 1 कोर्स
यो कोर्स पहिलो पटक जापानी भाषा पढ्ने व्यक्तिको लागि हो, जसले थोरै मात्र जापानीज बोल्न सक्दछ तर हिरागाना र काताकाना राम्ररी पढ्न वा लेख्न सक्दैन ।
・कार्यस्थलमा हुने कुराहरु (कुराकानी,लेखपढ)
・व्यक्तित्व विकासको योजना र रोजगार खोजीका गतिविधिहरू ( रोजगार फारम,आवेदन कागजातहरू, अन्तर्वार्ता )
・कार्यस्थलमा हुने साधारण निर्देश तथा अर्थ्याएका कुराहरु बुझ्न

【लक्षित व्यक्ति】

भिसा स्टाटस, 「स्थाई निवासी」「जापानीज व्यक्तिको पति/पत्नी आदि」「 स्थाई निवासीको पति/पत्नी आदि」「दीर्घकालिक निवासी “तेइज्युस्या”」 भएका व्यक्तिहरु
※भिसा स्टाटस:स्थाई निवासी, जापानीज व्यक्तिको पति/पत्नी आदि, स्थाई निवासीको पति/पत्नी आदि, दीर्घकालिक निवासी “तेइज्युस्या”

【शुल्क】

निशुल्क

【आवेदन】

1) हेल्लो वर्क सेन्दाईमा आवेदन दिनु पर्दछ ।
ठेगाना :सेन्दाई-सी मियागीनो-कु चुचुजीगावोका 4-2-3 सेन्दाई MT बिल्डिङ 4F
फोन : (022)299-8811 कोर्ड #45
2) स्तर जाँचको परीक्षण गरिने छ ।
स्थान:सेन्दाई बहुसांस्कृतिक समाज केन्द्र
मिति :डिसेम्बर 4 तारीख(शुक्र)9:30

【अन्तिम म्याद】

नोभेम्बर 27 तारीख (शुक्र) ⇒ दिसंबर 2 तारीख (बुधवार)

बृस्तित जानकारीको लागि, JICE को होमपेज हेर्नुहोला ।
> https://www.jice.org/tabunka/course/

【सम्पर्क】

ओमाकी सान(JICE)
फोन:080-4335-8133
इमेल :tabunka53@softbank.ne.jp

【पम्पलेट】


यदि तपाइलाइ जापानिज भाषा बोल्नमा समस्या भए सेन्दाई बहुसांस्कृतिक समाज केन्दमा फोन गर्नु होला ।
यहाँबाट तपाइले दोभाषेको सहयोग लिन सक्नुहुनेछ ।
फोन:022-224-1919
(प्रत्येक दिन बिहान 9 बजे देखि बेलुका 5 बजे सम्म )
ईमेल:tabunka*sentia-sendai.jp
(कृपया “*”लाई “@” राखेर पठाउनुहोस् )

主催:厚生労働省
委託事業者:日本国際協力センター(JICE)
後援:仙台市
協力:仙台観光国際協会(SenTIA)