ブログ国際化事業部からのお知らせ

सेप्टेम्बर महिनाको विशेषज्ञिय परामर्श बैठकको राख्ने बारेको जानकारी(9月の専門相談会のお知らせ)

● सेप्टेम्बर 5 तारिखमा प्रशासनिक लेखनदास संगठन द्वारा विशेषज्ञीय परामर्श बैठक गर्छौं

भिसा, बसाइ अनुमति, इमिग्रेशन प्रक्रिया तथा प्रशासनिक कार्य आदिको बारेमा मियागी प्रशासकीय परिचालक संस्थाको प्रशासनिक कार्यकर्तासँग सल्लाह गर्न सक्नुहुन्छ।

【समय】2020 सेप्टेम्बर 5 तारिख  (शनिबार)  13:00 – 16:00

2020 schedule_Administrative Scriveners

● सेप्टेम्बर 11 तारिखमा वकिल द्वारा विशेषज्ञीय परामर्श बैठक गर्छौं

विवाह, घर भाडा, सम्पत्ति, र उत्तराधिकार जस्ता कानूनी मामिलाहरूको सम्बन्धमा सल्लाह गर्न सक्नुहुन्छ। परामर्शको लागि शुल्क लाग्दैन ।

【समय】2020 सेप्टेम्बर 11 तारिख (शुक्रबार)  13:00 – 16:00

2020 schedule_Lawyers

● सेप्टेम्बर 17 तारिखमा श्रमिक ब्युरो द्वारा विशेषज्ञीय परामर्श बैठक गर्छौं

ज्याला, काम गर्ने समय , बिदा, श्रम सम्झौता,काम खोज्ने तरिका आदिका बारेमा मियागी श्रमिक ब्युरो  द्वारा सल्लाह लिन सक्नुहुन्छ ।

【समय】2020 सेप्टेम्बर 17 तारिख(बिहीबार) 13:00 – 16:00

2020 schedule_Labour Bureau

● सेप्टेम्बर 30 तारिखमा प्रस्थान तथा आप्रवासन ब्युरो (immigration) द्वारा विशेषज्ञीय परामर्श बैठक गर्छौं

प्रवेश तथा बसोबास प्रक्रिया भिसा प्रक्रिया सम्बन्धिको सरसल्लाहको लागी सेन्दाई प्रस्थान तथा आप्रवासन ब्युरोबाट परामर्श लिन सकिने छ ।

【समय】2020 सेप्टेम्बर 30 तारिख(बुधबार ) 13:00 – 16:00

2020 schedule_Immigration Bureau

 

<< विशेषज्ञीय परामर्श बैठकको आवेदनको लागि यँहा सम्पर्क गर्नुहोला >>

【स्थान】सेन्दाई बहुसांस्कृतिक समाज केन्द्र (सेन्दाई अन्तर्राष्ट्रिय केन्द्र, सम्मेलन भवन 1F)

【निवेदनको लागि सम्पर्क】 TEL:022-224-1919、022-265-2471/Email:tabunka@sentia-sendai.jp

 

※परामर्शको लागि शुल्क लाग्दैन । सल्लाह लिन सक्ने समय चाहिं एक जना को 30 मिनेट सम्म हुन्छ |

※परामर्श गर्न चाहनुहुन्छ भने निवेदन गर्दा निम्नलिखित कुराहरु बुझाउनु होला |

 

– तपाइको नाम

– सम्पर्क (फोन नम्बर / ईमेल)

– तपाइलाई सल्लाह गर्न मान लागेको कुरा को बारेमा (समस्या को बारेमा)

– अनुवादकको आवश्यक छ कि छैन ?