ブログ国際化事業部からのお知らせ

【श्रमिक तथा श्रमदाताका सबै महानुभावहरुमा】「कोरोना भाइरस संक्रमण बिरुद्ध सघाउ ब्यवसाय बन्द सहायता कोष・अनुदान रकम」को सम्बन्धमा (新型コロナウイルス感染症対応休業支援金・給付金)ネパール語

कोरोना भाइरसको प्रभावको कारणले, ब्यवसाय बन्द भित्र ( काम बिदा बसेको समय)को, ज्याला (ब्यवसाय बन्द भत्ता) पाउनु नसक्नु भएका साना तथा मझ्योला व्यवसायका श्रमिकहरुलाई सहायता कोष・अनुदान रकम प्रदान
गरिनेछ ।

【सहायता कोष・अनुदान रकम】

ब्यवसाय बन्द तथा बिदा बस्नु अघिको एक दिनको औसत ज्याला(※1)को 80% रकम चाँही, बिदा बसेको रेकर्ड अनुसारले भुक्तान गरिनेछ ।
(※1)औसत ज्यालाको अधिकतम सीमा चाँही 11,000 एन रहनेछ

【लक्षित व्यक्ति 】

तलको ① र ②, दुवैमा मेल खाने व्यक्ति
① 2020 अप्रिल 1 ~2021 नोभेम्बर 30 तारिखमा, रोजगारदाताले भनेर काममा बिदा बसेका, साना तथा मझ्योला व्यवसायका श्रमिकहरु
② ब्यवसाय बन्द भित्रको, ज्याला (बिदा भत्ता) पाउन नसक्ने व्यक्तिहरु
※ पार्टटाइम काम गर्ने व्यक्तिलाइ पनि यो सुविधा लागु हुनेछ ।
※ विदेशी नागरिक या प्राविधिक प्रशिक्षार्थीहरुलाई पनि यो सुविधा लागु हुनेछ ।

【आवेदन दिने तरिका 】

① वा ② मध्ये कुनै एक तरिका बाट, आवेदन दिन सकिन्छ ।
① हुलाक मार्फत आवेदन दिने
② अनलाइन बाट आवेदन दिने
※ अक्टोबर 9 तारिख बाट अनलाइन आवेदन दिन मिल्ने भएको छ ।
※ अनलाइन आवेदन दिने बेलामा, स्वास्थ्य, श्रम र कल्याण मन्त्रालयको होमपेज बाट लगइन गरेर 「माइ पेजमा दर्ता 」को आवस्यकता पर्दछ ।
https://knwguest.kyuugyoushienkin.mhlw.go.jp/login (जापानिज)


【आवस्यक कागजात 】

① आवेदन फारम (आवेदन फारम स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयको होमपेजबाट डाउनलोड गर्न सकिन्छ )
② सिक्युयोउकेन खाकुनिनस्योउ (रोजगारदाताले भनेर काममा बिदा बसेको प्रमाणित हुने कागजात)
③ आफ्नो परिचय प्रमाणित हुने कागजात ( ड्राइभिङ लाइसेन्स, माइनम्बर कार्ड, रेसिडेन्स कार्ड आदि )
④ बैंक ट्रान्सफर गर्ने खाताको पुष्टि हुने कागजात (क्याँस कार्ड या बैंक पासबुकको फोटोकपी आदि )
⑤ काम बिदा बस्नु अघिको र बिदा भित्रको ज्याला प्रमाणित हुने कागजात (तलब विवरण, ज्याला रजिस्टरको प्रतिलिपि आदि)

आवेदनको बारेमा बृस्तितमा बुझ्न, श्रम तथा कल्याण मन्त्रालयको होमपेज हेर्नुहोला ।
यसमा Q&A या आवेदन फारमको डाउनलोडको पेज पनि उपलब्ध छ ।
https://www.mhlw.go.jp/stf/kyugyoshienkin.html(जापानिज)

हुलाक आवेदन प्रक्रिया
https://www.mhlw.go.jp/content/11600000/000655251.pdf

टेम्पलेट
https://www.mhlw.go.jp/content/11600000/000655252.pdf

【सम्पर्क ठेगाना】

श्रम तथा कल्याण मन्त्रालय कोरोना भाइरस संक्रमण बिरुद्ध सघाउ ब्यवसाय बन्द सहायता कोष・अनुदान रकम को कलसेन्टर
फोन:0120-221-276 (सोम~शुक्र 8:30~20 बजे, बिदाको दिन 8:30~17:15 बजे )

यदि तपाइलाइ जापानिज भाषा बोल्नमा समस्या भए सेन्दाई बहुसांस्कृतिक समाज केन्दमा फोन गर्नु होला ।
यहाँबाट तपाइले दोभाषेको सहयोग लिन सक्नुहुनेछ ।
फोन:022-224-1919(9 बजे देखि 17 बजे सम्म )
ईमेल:tabunka*sentia-sendai.jp
(कृपया “*”लाई “@” राखेर पठाउनुहोस् )

(20210108)