काम (जागिर) वा बच्चा हेरचाह आदिको कारणले, सेन्दाई जापानिज भाषाकक्षामा भाग लिन नसक्नु भएकाहरुको लागी, जापानिज भाषा सिक्न सहायता गर्नेको लागि जापानी भाषा स्वयंसेवकहरुको परिचय गराई राखेका छौ।
लक्षित | अलिकति पनि जापानिजभाषा नजान्ने अथवा सुरुवाती स्तरको भाषा दक्षता भएका, दैनिक जीवनयापन गर्न कठिनाई भएका व्यक्ति |
अवधि | भाषा सिक्न सहयोग सुरु गरेपछि सैधान्तिक एकबर्ष |
शुल्क | नि: शुल्क(तर, भाषा सिक्न सहयोगमा लाग्ने लागत (स्वयंसेवकको यातायात खर्च, पाठ्यपुस्तक, फोटोकपि शुल्क, आदि) बिधार्थी द्वारा भुक्तान गरिनेछ।) |
आबेदन | आबेदन फारम भरि, सेन्दाई बहुसांस्कृतिक समाज केन्द्र (सेन्दाई अन्तरराष्ट्रिय केन्द्र भित्र) मा ल्याउनुहोला । हुलाक वा इमेल चाहिं, लिनेछैनौ। |
बारम्बार सोधिने प्रश्नहरू
Q1 भाषा सिक्न सहयोग चाहिं कसरि सुरुगर्नु हुन्छ?
A1
- SenTIA बाट स्वयंसेवकको परिचय गराउने छौ।
- स्वयंसेवक सँग भेटि、पढने बिषयको निर्णय गर्नेछन।
- समस्या नभएमा, भाषा सिकाउन सहयोग सुरु हुनेछ।
Q2 भाषा सिकाउन सहयोग कहाँबाट प्रदान गर्नुहुन्छ?
A2
- सेन्दाई बहुसांस्कृतिक समाज केन्द्र (सेन्दाई अन्तरराष्ट्रिय केन्द्र भित्र) वा सार्वजनिक केन्द्र, क्याफे आदि बाट सिकाउने छौ ।
Q3 कस्तो खालका मानिसहरु स्वयंसेवा गर्दैछन?
A3
- पहिलो पटक जापानी भाषा सिकाउन सहयोग सुरुगरेको व्यक्ति, धेरै पटक सहयोग गर्दै आइरहेका व्यक्ति, बिभिन्न थरीका व्यक्तिहरु छन । स्वयंसेवकहरु संग छलफल गर्दै, पढाईको बिषय निर्णय गरि भाषा सिक्न सहयोग प्राप्त गरौं।
Q4 भाषा सिक्न सहयोग लागत (पैसा)चाहिं कस्ले तिर्छ नि ?
A4
- मूलतः, विधार्थीले तिर्छन्। उदाहरण: स्वयंसेवकको यातायात खर्च, पाठ्यपुस्तक शुल्क, फोटोकपि शुल्क, आदि
Q5 नजिकमा भाषा अध्ययन गर्न सकिने ठाउँ छैन?
A5
- अनलाइनबाट अध्ययन गर्न सकिने ब्यबस्था पनि छ। यदि, तपाइँसँग इन्टरनेट जोडिएको कम्प्युटर वा ट्याब्लेट छ भने, घरैबाट पनि अध्ययन गर्न सक्नुहुन्छ।