मोनिवादाइ जापानी भाषाकक्षा सालोन भएको स्थान चाँही मोनिवादाइ भवन परिसर सेन्दाई बजार देखि टाढा, यातायातको दृष्टिकोणले असुविधाजनक स्थानमा छ। विगतमा, यस नगरपालिका आवास परिसरमा अन्तर्राष्ट्रिय विद्यार्थीहरूको परिवारहरू धेरै बस्थे। त्यहाँबाट उनिहरुलाई बजारमा सम्म जापानी भाषा पढ्नको लागी जान गाह्रो हुन्थ्यो, त्यसैले मोनिवादाईमा जापानी भाषाकक्षा सालोन खोलियो। साना केटाकेटी वा शिशुबच्चा पनि साथमा लिएरआई अध्ययन गर्न पनि सकिन्छ। आमाहरु पढिरहेको बेलामा, बालबच्चा स्वयंसेवकहरुले खेलाईदिने गर्दछन।
प्राथमिक तह र माध्यमिक तहका विधार्थीहरु धेरै छन, दैनिक जीवनको लागि आवश्यक पर्ने जापानी भाषाको अध्ययन गराउनेछौ। स्थान मोनिवादाइ नागरिक भवनमा, हरेक बुधबार १० बजे देखि साढे ११ बजे सम्म कक्षा संचालन गरिन्छ। जापानी भाषा अध्ययन गर्नुका साथै, फरकफरक सांस्कृतिको आदानप्रदान (एक अर्काको देशको खाना पकाउने कक्षा, किमोनो लगाउने आदि) र स्थानीय बासिन्दाहरु सँग अन्तरक्रिया गर्ने अवसरहरू पनि छन। सानो समूहमा पारिवारिक वातवरण जस्तै आरामले अध्यापन कार्य गरिनेछ। मोनिवादाइ वा आफु बसेको नजिकै कुनैपनि कक्षामा सँगै पढौं।
लक्षित बर्ग | प्राथमिक तह (१ र २), माध्यमिक तह |
कक्षा संचालन अवधि | अप्रिल देखि जुलाई / सेप्टेम्बर देखि ※जहिलेपनि सम्भब हुने |
पढाई हुनेदिन, समय | प्रत्येक बुधबार बिहान १०:०० बजेदेखि ११:३० |
पढाई शुल्क | पहिलो सेमेस्टर, दोस्रो सेमेस्टर प्रत्येक पटक १००० येन (शैक्षिक सामग्री शुल्क, कार्यक्रममा सहभागी भएमा लाग्ने शुल्क) |
स्थान | मोनिवादाइ सिमिन सेन्टर सेन्दाई सिटि ताइहाकु कु मोनिवादाइ ४-१-१० टेलिफोन: ०२२-२८१-३२९३ |
सम्पर्क | (ओकाजाकी) टेलिफोन : ०२२-३९२-१५८० (बेलुका ९ बजेसम्म) ※बालबालिकालाई साथै लिएर आउन पाइनेछ (बालबालिका हेरचाहको सुबिधा भने छैन) |