MIA जापानी भाषाकक्षामा, पहिलो पटक जापानी भाषा अध्ययन गर्ने व्यक्ति देखि लिएर, प्रथामिक तहको अध्ययन पुरा गरि माध्यमिक तहको लागी, भाषाको स्तर अनुसार जापानी भाषा अध्ययन गर्न सकिन्छ।
दिउँसोको कक्षा प्राथमिक तह १ र २ चाँही, हप्तामा चारपटक पढाई हुनेछ, ध्यानदिएर जापानी भाषा अध्ययन गर्न सक्नुहुन्छ। साथै, रात्रीकालिन कक्षा पनि भएको हुँदा, दिउँसोको समयमा काम गर्ने व्यक्तिहरूलाई अध्ययनको लागी महत्त्वपूर्ण स्थान हुनसक्छ। बिशेषगरि MIA मा, दैनिक जिबनयापनमा आवश्यक पर्ने जापानी भाषा「बोल्ने」「बुझ्ने」क्षमतामा जोड दिएर अध्ययन गराइनेछ। पाठ्यपुस्तकहरु प्रयोग गरि अध्यापन गराउनुका साथै, स्वयंसेवकहरू सँग जापानी भाषामा कुराकानी गर्ने「कुराकानी समय」र बिपत रोकथाम, बिरामी भएमा अस्पताल कसरि जाने भन्ने कुरा आदि, दैनिक जीवनयापनमा आवश्यक पर्ने कुराहरुको अध्ययन वा प्रशिक्षणको लागी समय पनि छुट्याइएका छौं। यदि तपाईंलाई रुचि छभने, तलको सम्पर्क स्थानमा सम्पर्क गर्नुहोस।
(जन संघ) मियागी प्रान्त अन्तर्राष्ट्रिय संघ (MIA) होमपेज
https://mia-miyagi.jp/
※जापानी भाषा बाहेक, अंग्रेजी, चाइनिज, कोरियन, भियतनामी, नेपाली भाषाहरु, सरल जापानी भाषाहरुमा पनि जानकारी हेर्न सक्नु हुनेछ।
लक्षित बर्ग | प्राथमिक तह, माध्यमिक तह, खान्जी |
कक्षा संचालन अवधि | अप्रिल देखि जुलाई / अक्टोबर देखि जनवरी |
पढाई हुनेदिन, समय | प्राथमिक तह हप्तामा ४ पटक (मङ्गलबार देखि शुक्रबार बिहान १०:०० बजेदेखि १२:००बजे) माध्यमिक तह हप्तामा २ पटक (मङ्गलबार र बिहीबार बिहान १:०० बजेदेखि ३:०० बजे) |
पढाई शुल्क | प्राथमिक तह १ र २ (२७,५०० येन) माध्यमिक तह १ (१४, ००० येन) (पाठ्यपुस्तक शुल्क भने अलग लाग्नेछ) |
स्थान | मियागी प्रान्त अन्तर्राष्ट्रिय संघ (MIA) प्रशिक्षण कक्ष अन्तर्क्रिया लाउन्ज सेन्दाई सिटि आओबा कु चुचुमीदोरी आमामिया माची ४-१७ मियागी प्रान्त सेन्दाई गोदोच्योस्या को ७ औं तला |
सम्पर्क | (जन संघ) मियागी प्रान्त अन्तर्राष्ट्रिय संघ (MIA) टेलिफोन: ०२२-२७५-३७९६ |