हामीले यो RAN जापानी भाषाकक्षा, जापानी भाषा शिक्षक बन्नको लागि ४२० घण्टाको प्रशिक्षण कक्षा पूरा गरि, तीनजना सदस्य मिली संचालन गरेको हौँ।
जापानमा बसोबास गरेका जापानी भाषा अध्ययन गर्न चाहने बिदेशी नागरिकहरुलाई ब्यापक रुपमा सहयोग गर्छौं। एक एक व्यक्तिको आवश्यकता र पढाईको स्तर अनुसार, दैनिक जीवनयापनमा गर्न सकिने कुराकानी र जापानी भाषा क्षमता परीक्षाको लागी तयारी आदि विभिन्न सेवाहरू प्रदान गर्छौं। चिनियाँ, कोरियाली च्योसेन भाषा, थोरै अंग्रेजी भाषाहरु पनि उपलब्ध छन।
लक्षित बर्ग | प्राथमिक तह, प्राथमिक माध्यमिक तह |
कक्षा संचालन अवधि | जहिले बाट पनि |
पढाई हुनेदिन, समय | सेन्दाई बहुसांस्कृतिक समाज केन्द्र 1. १. प्राथमिक तहको कक्षा मंगलबार दिउँसो १:०० बजेदेखि २:३० बजेसम्म 2. २.प्राथमिक र माध्यमिक तह शनिबार बिहान १०:०० बजेदेखि ११:३० बजेसम्म अनलाइन कक्षा प्राथमिक र माध्यमिक तह शुक्रबार बेलुका ७:३० बजेदेखि ९:०० बजेसम्म |
पढाई शुल्क | आमनेसामुने भएर पढने कक्षा एकपटकको २०० येन अनलाइन कक्षा निशुल्क |
स्थान | सेन्दाई बहुसांस्कृतिक समाज केन्द्र अथवा अनलाइन कक्षा |
सम्पर्क | इमेल: ainilixiang524@gmail.com |
