सेन्दाई अन्तर्राष्ट्रिय जापानी भाषा बिधालयका प्रोफेशनल जापानी शिक्षकहरूले जापानी भाषाको अध्ययन र विद्यालयको गृहकार्यमा सहयोग गर्नेछन। २०१६ देखि, बर्षमा लगभग ३ पटक (हारु यासुमी (स्प्रिंग बिदा), आकी यासुमी (अटोम बिदा), र फुयु यासुमी (जाडो बिदा)) भाषाकक्षा संचालन गर्दै आएका छन (※कोरोना भाइरस महामारीको कारण अस्थाई रूपमा बन्द गरियको थियो)। एक पटक कक्षा संचालन गर्दा, २ देखि ३ दिन र २ देखि ३ घण्टा पढाईनेछ। पढाईने बिषयबस्तु भने, (१) अक्षरहरु (खान्जी, हिरागाना, र काताकाना) को पढाई, (२) आईटी उपकरणहरू प्रयोग गर्ने गतिविधि, (३) बिबिध अध्ययन, पढेर सुनाउने, (४) गृहकार्य, स्वाध्ययनमा सहयोग, (५) यसबाहेक अन्य (आइस ब्रेकिंग, शब्दको प्रयोग गरि खेलिने आदि) सहभागी बालबालिकामा पाँच प्रकारका खेलहरू डिजाइन गर्नेछौं। सहभागी शुल्क चाँही एकपटकको ५०० येन हो। यदि पढन चाहाने व्यक्ति हुनुहुन्छ, पहिले तलको सम्पर्क स्थानमा सम्पर्क गर्नुहोस।

लक्षित बर्गप्राथमिक, निम्न र माध्यमिक बिधालयका उमेरका बालबालिका
कक्षा संचालन अवधिवर्षमा लगभग 3 पटक (गर्मी, समर, जाडो बिदामा)
पढाई हुनेदिन, समय१ पटक कक्षा संचालन गर्दा २ देखि ३ दिन (एक दिनमा २ देखि ३ घण्टा पढाई हुने)
पढाई शुल्कएकपटकको ५०० येन
स्थानसेन्दाई अन्तर्राष्ट्रिय जापानी भाषा बिधालयका (सेन्दाई सिटि आओबा कु खाक्योइन १-३-१)
सम्पर्कप्राथमिक, निम्न र माध्यमिक बिधालयका विधार्थीहरुका लागीको जापानी भाषाकक्षा (सेन्दाई अन्तर्राष्ट्रिय जापानी भाषा बिधालय)
इमेल:sjls@jc-21.ac.jp
टेलिफोन:(०२२) २२४-६५०९