ブログ国際化事業部からのお知らせ

“स्यूगाकु एन्जोउ” स्कुल जानको लागिको सहायताको बारेमा(就学援助)ネパール語

नँया कोरोना भाइरस संक्रामक रोगको प्रभावका कारणले, बच्चाहरुलाई स्कुल जानको लागिको पैसाले कठिनाइमा परेका व्यक्तिहरुले सरसल्लाह गर्न सक्नुहुनेछ ।

 

1. 2020 सालको आर्थिक वर्षको नँया आवेदनको, आवेदन दिने अवधि बढाइने छ ।

स्कुल जानको लागिको सहायता चाँही 「आवेदन दिएको महिनाको 1 गते बाट प्रमाणिकरण」हुन्छ तर, यसको आवेदन मान्य अवधि बढाइएको छ । तपाईले जुन महिनाको 30 तारिख सम्ममा आवेदन दिनु भयो भने , यसको प्रमाणीकरण यसवर्षको अप्रिल 1 तारिख कै मितिलाइ मान्यता दिइनेछ ।

नँया आवेदन
  आवेदन अन्तिम म्याद प्रमाणीकरण मिति
अवधि बढ्नु अधि अप्रिल 30 तारिख (बिहि) सिद्धान्त:अप्रिल 1 तारिख
अवधि बढे पछि जुन 30 तारिख (मंगल) सिद्धान्त:अप्रिल 1 तारिख

※ जुलाई महिना पछिको आवेदन चाहिँ 「आवेदन दिएको महिनाको 1 गते बाट प्रमाणिकरण」गरिनेछ ।

 

2. आय (अथवा आम्दानी) नराम्रोसँग घटेको परिवारको लागि

यदि तपाईले स्कुल जानको लागिको सहायताको आवेदन दिएर, पहिले प्रमाणिकरणमा छानिनु भएको थिएन भने पनि, नँया कोरोना भाइरस संक्रामक रोगको प्रभावका कारणले, आय ( अथवा आम्दानी) नराम्रोसँग घटेको परिवारले, फेरी एकपटक यसकोलागि आवेदन दिन सक्नुहुनेछ ।

(फेरी एकपटक, आवेदन दिन आवस्यक पर्ने कागजात )
. स्कुल जानको लागिको सहायता आवेदन फारम
. हालसालको आय (अथवा आम्दानी )को बारेमा थाहा हुने कागजात

स्कुल जानको लागिको सहायता “स्यूगाकु एन्जोउ” को बारेमा बृस्तितमा बुझ्न, सेन्दाई सिटीको होमपेज हेर्नुहोला ।
स्यूगाकु एन्जोउ (जापानिज भाषा)

 

【सम्पर्क】

शिक्षा ब्यूरो शैक्षिक मामिला विभाग
सेन्दाई-सि आवोबा-कु खामिसुगी 1-5-12 खामिसुगी बुन च्योउस्या 11 औँ तला
(仙台市青葉区上杉1-5-12 上杉分庁舎11階)
फोन:022-214-8861
फ्याक्स:022-264-4428
 
यदि तपाइलाइ जापानिज भाषा बोल्नमा समस्या भए सेन्दाई बहुसांस्कृतिक समाज केन्दमा फोन गर्नु होला ।
यहाँबाट तपाइले दोभाषेको सहयोग लिन सक्नुहुनेछ ।
फोन:022-224-1919(9 बजे देखि 17 बजे सम्म )
ईमेल:tabunka*sentia-sendai.jp
(कृपया “*”लाई “@” राखेर पठाउनुहोस् )