ブログ国際化事業部からのお知らせ

【नयाँ कोरोना भाइरस संक्रामक रोग बारेका जानकारीहरु(新型コロナウイルス情報)】संक्रामक रोगको रोकथाममा ध्यान पुर्याउनुहोस (समारोह तथा पार्टीहरुको बारेमा ) 感染症予防に気をつけてください(イベントや食事会について)

【सकेसम्म नजाने】

हावा राम्रोसँग खेल्ननपाउने ठाँउ या मान्छेहरु धेरै भेलाहुने समारोह वा पार्टीमा,सकेसम्म नजानुहोला ।
संक्रामक रोगको रोकथामको लागि राम्रोसँग ब्यवस्था नभएको समारोह वा पार्टीमा, सकेसम्म नजानुहोला । विशेष गरि, नचिनेको व्यक्तिहरु सँगसँगै भेला हुने, ठुलो स्वरमा कुराकानी गर्ने, गित गाउने कार्यक्रम वा पार्टीहरूमा नजाउनुहोला ।

【जानु पर्दा सावधानी अपनाउने】

समारोह वा पार्टीमा जाने बेलामा, निम्न कुराहरुमा सावधानी अपनाउनुहोस ।
・मान्छेहरु सँग नजिक बाट कुराकानी नगर्नुहोस
・हात तथा हातका औंलाहरु राम्रोसँग धुनुहोस
・मास्क लगाउनुहोस
・ठुलो स्वरमा कुराकानी नगर्नुहोस

【मदिरा सेवन गर्दा, सावधानी अपनाउने 】

भिड शहर तथा पार्क आदि स्थानमा बसेर धेरै मदिरा सेवन गर्ने तथा राति अबेरसम्म मदिरा सेवन गर्ने कार्य नगर्नुहोला ।
मदिरा सेवन गर्ने समारोहहरुमा सकेसम्म भाग नलिनुहोला ।

【फरक तरीकाले रमाइलो गर्ने 】

परिवार सँग घरमा बस्ने, अनलाइनको मार्फतबाट समारोहहरुमा भाग लिने आदि, नयाँनयाँ रमाइलो गर्ने तरिकाहरु खोज्नुहोस ।