ブログ国際化事業部からのお知らせ

एकल-अभिभावक परिवारहरूको लागि विशेष अनुदान रकमको बारेमा (ひとり親世帯臨時特別給付金)

एकल-अभिभावक परिवारको दैनिकजिबन धान्न सघाउको लागि, अनुदान रकम दिनेछौं ।
※जापान सरकारले एकल-अभिभावक परिवारको दैनिकजिबन धान्न सघाउको लागि, दोस्रो पटकको अनुदान रकम दिने निर्णय गरेको छ ।

【अनुदान रकम】

<पहिलोपटकको अनुदान रकम>

अनुदान रकममा 「1. आधारभूत अनुदान」र 「2. थप अनुदान」गरी दुइ किसिमको छ ।

「1. आधारभूत अनुदान」
एक परिवारलाइ 50,000 एन, दुइजना भन्दा बढी बच्चाहरु भएका अवस्थामा, एकजना बराबर 30,000 एन
पाउन सकिन्छ ।
( उदाहरण:एकजना बच्चा भएको परिवार:50,000 एन र दुइजना बच्चा भएको परिवार:80,000 एन
(50,000+30,000 एन)

「2. थप अनुदान」
एक परिवारलाइ 50,000 एन

<दोस्रोपटकको अनुदान रकम>

पहिलोपटकको अनुदान रकम 「आधारभूत अनुदान」र अहिलेको उत्तिनै रकम हुनेछ
※ एक परिवारलाइ 50,000 एन, दुइजना भन्दा बढी बच्चाहरु भएका अवस्थामा, एकजना बराबर 30,000 एन
पाउन सकिन्छ ।
※सेन्दाई सिटीले, 2020 डिसेम्बर 24 तारिखमा, पहिलोपटकको अनुदान रकम प्राप्त भएकै बैंक खातामा, दोस्रोपटकको अनुदान रकम हालिदिने छ ।
※डिसेम्बर 12 तारिख भन्दा पछी, सेन्दाई सिटीमा पहिलोपटकको अनुदान रकमको लागि आवेदन दिएका व्यक्तिहरुको हकमा,
त्यसको लगभग 1 महिना जतिमा पहिलो र दोस्रोपटकको अनुदान रकम सँगसँगै बैंकखातामा हालिदिने छ ।

【लक्षित व्यक्ति (पाउन योग्य व्यक्तिहरु)】

<पहिलोपटकको अनुदान रकम>

「1. आधारभूत अनुदान」
①~③ मध्ये कुनै एकमा मिल्ने व्यक्ति

①2020 को जुन महिनाको बाल पालनपोषण भत्ता लिएको व्यक्तिहरु ।
②2020 को मे महिना सम्ममा एकल-अभिभावक भएर, सार्वजनिक निवृत्तिभरण (पीडितपरिवार पेन्सन, अशक्तता पेन्सन, बृद् पेन्सन, श्रम दुर्घटना पेन्सन, पीडितपरिवार क्षतिपूर्ति आदि)। लिइ रहेर, 2020 को जुन महिनाको बाल पालनपोषण भत्ता लिएको व्यक्तिहरु ।
③ कोरोना भाइरसको कारण आम्दानी (तलब) घटेर, बाल पालनपोषण भत्ता लिने व्यक्ति र लगभग उत्तिकै आम्दानी (तलब) हुन पुगेका व्यक्तिहरु ।

「2. थप अनुदान」
「1. आधारभूत अनुदान」को ① वा ② न. मा पर्ने व्यक्ति भइ,कोरोना भाइरसको कारण आम्दानी (तलब) घट्न पुगेका व्यक्ति ※ ③न. मा पर्ने व्यक्तिहरुले थप अनुदान लिन पाउने छैनन ।

<दोस्रोपटकको अनुदान रकम>

सेन्दाई सिटिबाट, पहिलोपटकको「आधारभूत अनुदान」प्राप्त गरेका व्यक्तिहरु

【आवेदन अवधि】

<पहिलोपटकको अनुदान रकम>

2020 जुलाई 15~2021 फेब्रुअरी 28 तारिख सम्म

<दोस्रोपटकको अनुदान रकम>

2020 डिसेम्बर 11 तारिखमा, सेन्दाई सिटिबाट「आधारभूत अनुदान」प्राप्त गरेका व्यक्तिहरुले, अथवा「आधारभूत अनुदान」आवेदन दिएका व्यक्तिहरुले, फेरी आवेदन दिनु आवश्यक छैन ।
लक्षितव्यक्ति (पाउन योग्य व्यक्तिहरु)लाइ, 2020 डिसेम्बर 18 तारिखमा, सेन्दाई सिटिले जानकारी (सूचना) पठाइएको छ ।
जानकारी आइपुगेको छ छैन बुझ्नुहोला । यदि आइनपुगेको अवस्थामा, सम्पर्क गर्नुहोस ।
अनि, डिसेम्बर 11 तारिख भन्दा पछी, 「आधारभूत अनुदान」आवेदन दिन चाहने व्यक्तिहरुले, पहिलो र दोस्रोपटकको अनुदान रकमको लागि, आवेदन दिन सक्नु हुनेछ ।

【आवेदन दिने तरिका】

<पहिलोपटकको अनुदान रकम>

「1. आधारभूत अनुदान」
लक्षित व्यक्ति को ① न. मा पर्ने व्यक्तिहरुले आवेदन दिइ रहनु पर्दैन ।
※लक्षित व्यक्तिलाइ सेन्दाई सिटीबाट जुलाई महिनाको अन्त्य सम्ममा जानकारी पठाइएको छ ।
※अगस्ट 14 तारिखमा बाल पालनपोषण भत्ता(児童扶養手当) पठाउने गरेको बैंक खातामा यो रकम पनि पठाइएको छ ।

लक्षित व्यक्ति ② र ③ ले चाँही आवेदन दिनु पर्दछ ।
※ आफु बसिरहेको, वडाकार्यालय तथा सामान्य प्रशासन शाखाको बाल पालनपोषण भत्ता शाखामा, आवेदन फारम बुझाउन होला । हुलाक मार्फत पनि आवेदन दिन सकिन्छ ।
※ आवेदन फारम चाँही, सेन्दाई सिटीको होमपेज बाट डाउनलोड गर्न सकिन्छ । त्यसैगरि, वडाकार्यालय तथा सामान्य प्रशासन शाखाको बाल पालनपोषण भत्ता शाखाबाट आवेदन फारम लिन सकिन्छ ।
※ आवेदन दिएपछि सेन्दाई सिटीले तपाइको कागजात हरुको जाँच गर्दछ । यदि अनुदान रकम पाउन योग्य हुनु भयो
भने लगभग एकमहिना भित्रमा तपाइले अनुदान रकम प्राप्त गर्न सक्नुहुनेछ ।

सेन्दाई सिटीको होमपेज
http://www.city.sendai.jp/kodomo-kyufu/hitorioya_rinjitokubetukyufu.html

「2. थप अनुदान」
① र ② को दुवै व्यक्तिहरुले आवेदन दिनु पर्दछ ।
[लक्षित व्यक्ति] ① लाइ चाँही 「1. आधारभूत अनुदान」को जानकारी पत्रको भित्र आवेदन फारम राखिएको हुन्छ ।
[लक्षित व्यक्ति] ② ले चाँही 「1. आधारभूत अनुदान」र उस्तै गरि आवेदन फारम लिनुहोला ।
※आफु बसिरहेको, वडाकार्यालय तथा सामान्य प्रशासन शाखाको बाल पालनपोषण भत्ता शाखामा, आवेदन फारम बुझाउन होला । हुलाक मार्फत पनि आवेदन दिन सकिन्छ ।
※ आवेदन दिएपछि सेन्दाई सिटीले तपाइको कागजात हरुको जाँच गर्दछ । यदि अनुदान रकम पाउन योग्य हुनु भयो
भने लगभग एकमहिना भित्रमा तपाइले अनुदान रकम प्राप्त गर्न सक्नुहुनेछ ।

「एकल-अभिभावक परिवारहरूको लागि विशेष अनुदान रकम」को बारेमा बृस्तितमा बुझ्न स्वास्थ्य,श्रम तथा कल्याण मन्त्रालयको होमपेज「अनुदान रकम सम्बन्धि जानकारी」हेर्नुहोला ।
https://www.mhlw.go.jp/stf/newpage_11456.html (15 भाषा)

<दोस्रोपटकको अनुदान रकम>

यसकोलागि आवेदन दिनु आवश्यक छैन ।

【सम्पर्क】

बालबालिका भविष्य ब्यूरो, बाल स्वास्थ्य तथा कल्याण विभाग
फोन :022-214-2134

 
यदि तपाइलाइ जापानिज भाषा बोल्नमा समस्या भए सेन्दाई बहुसांस्कृतिक समाज केन्दमा फोन गर्नु होला ।
यहाँबाट तपाइले दोभाषेको सहयोग लिन सक्नुहुनेछ ।
फोन:022-224-1919(9 बजे देखि 17 बजे सम्म )
ईमेल:tabunka*sentia-sendai.jp
(कृपया “*”लाई “@” राखेर पठाउनुहोस् )