आर्थिक अनुदान रकम परियोजना

नागरिक अन्तर्राष्ट्रिय साँस्कृति आदानप्रदान मामिला बिभागको आर्थिक अनुदान रकम परियोजना

सेन्दाई पर्यटन तथा अन्तर्राष्ट्रिय संघ (SenTIA) मा, नागरिक समूहहरु, जसको उद्देश्य स्वैच्छिक अन्तर्राष्ट्रिय अन्तरक्रिया तथा अन्तर्राष्ट्रिय सहयोग, बहुसांस्कृतिक समाज सह-अस्तित्वलाई प्रबर्द्धन गर्ने गर्छ र त्यस्ता गतिविधिमा लाग्ने आर्थिक लागतको केहि हिस्सा अनुदान सहयोग गर्दै आएका छौं। बिस्तृत जानकारीको लागी यहाँ सम्पर्क गर्नुहोस।
बिस्तृत जानकारीको लागी यहाँ सम्पर्क गर्नुहोस।

धेरै सोधिने प्रश्नहरु

Q、 कस्तो किसिमको कार्यक्रमहरुलाई अनुदान सहायता दिइनेछ?

A、 सेन्दाई सिटि भित्र आयोजना गरिने, अन्तर्राष्ट्रिय अन्तरक्रिया तथा अन्तर्राष्ट्रिय सहयोग, बहुसांस्कृतिक समाज सँग सम्बन्धि उदेश्यका साथै सर्वसाधारण स्थानीय बासिन्दाहरु लक्षित गरि गरिने प्रशिक्षण वा साँस्कृति आदानप्रदान जस्ता कार्यक्रमलाई प्रथमिकता दिनेछ।

Q、 व्यक्तिगत रूपमा आवेदन दिन सकिन्छ?

A、 व्यक्तिगत रूपमा आवेदन दिन मिल्दैन। सेन्दाई सिटिमा सक्रिय गैरनाफामुखी संगठनहरूलाई लक्षित गरिएको छ। स्थानीय नाजिकका साथीभाई वा विद्यार्थी क्लबहरू र समुहहरूले पनि आवेदन दिन सक्नेछ।

Q、 बितरण गरिने आर्थिक अनुदान रकम कति हो?

A、 कार्यक्रममा लाग्ने खर्चको केहीअंश अनुदान दिइने छ। अधिकतम बितरण रकम १ लाख येन हो तर, कार्यक्रमको आकार अनुसार अनुदान रकम घटबढ पनि हुने गर्दछ।

Q、 आर्थिक अनुदान रकम कहिलेसम्ममा बितरण गरिन्छ?

A、 कार्यक्रमको अन्त्यमा, प्रदर्शन प्रतिबदेन फारम पेश गरेपछि दिइनेछ।
※केही भाग रकम अग्रिम बितरण गर्नपनि सकिनेछ। बिस्तृत जानकारीको लागि हामीलाई सम्पर्क गर्नुहोस।

आर्थिक बर्षको लागि आवेदन अवहान अवधि (शनि, आइत, सरकारी बिदाको दिन बाहेक))

पहिलो चरणको लागी आवेदन अवहान अवधि फेब्रुअरी १ तारिक देखि २८ तारिक
(अप्रिल देखि अर्कोबर्षको मार्च सम्मको कार्यक्रमहरुको लागी)
दोश्रो चरणको लागी आवेदन अवहान अवधि मे १ तारिक देखि ३१ तारिक सम्म
(जुलाई देखि अर्कोबर्षको मार्च सम्मको कार्यक्रमहरुको लागी)
तेश्रो चरणको लागी आवेदन अवहान अवधि अगष्ट १ तारिक देखि ३१ तारिक सम्म
(अक्टोबर देखि अर्कोबर्षको मार्च सम्मको कार्यक्रमहरुको लागी)
चौथो चरणको लागी आवेदन अवहान अवधि नोभेम्बर १ तारिक देखि ३० तारिक सम्म
(जनवरी देखि अर्कोबर्षको मार्चसम्मको कार्यक्रमहरुको लागी)

विभिन्न प्रकारका कागजातहरू

विभिन्न प्रकारका कागजातहरू तलको ठाउँबाट डाउनलोड गर्न सकिन्छ।

पम्पलेट「आर्थिक अनुदानको जानकारी」

जापानिज संस्करण[616KB:PDF]

अंग्रेजी संस्करण[107KB:PDF]


आवेदन फारम

आवेदन फारम पठाउन (जापानिज भाषा मात्र)[60KB:WORD]

कार्यक्रम सम्पादन प्रतिवेदन (जापानिज भाषा मात्र)[49KB:WORD]

अघिल्लो बर्षमा जारी गरिएको आर्थिक अनुदान रकमको परिणाम जापानिज संस्करण[122KB:PDF]

अघिल्लो बर्षमा जारी गरिएको आर्थिक अनुदान रकमको परिणाम अंग्रेजी संस्करण[122KB:PDF]

सम्पर्क तथा आवेदन स्थान

सार्वजनिक हित समावेशी फाउन्डेसन सेन्दाई पर्यटन तथा अन्तर्राष्ट्रिय संघ, बहुसांस्कृतिक समाज परियोजना बिभाग योजना शाखा
〒९८०-०८११ सेन्दाई-सी आवोबा-कु इचीबाँच्यो ३-३-२० हिगासी निहोन फुदोसान सेन्दाई इचीबाँच्यो बिल्डिंगको छैटौं तल्ला
टेलिफोन :022-268-6260  इमेल: kokusaika*sentia-sendai.jp (「*」यो चिन्हलाई「@」यसमा परिवर्तन गरि पठाउनुहोस।)