ब्लगअन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

जुन महिनाको विशेषज्ञिय परामर्श बैठक राख्ने बारेको जानकारी /6月の専門相談会のお知らせ

●जुन 4 तारिक प्रशासनिक लेखनदास द्वारा विशेषज्ञीय परामर्श परामर्श बैठक गर्छौं
भिजा, बसाइ अनुमति, इमिग्रेशन प्रक्रिया तथा प्रशासनिक कार्य आदिको बारेमा मियागी प्रशासकीय परिचालक संस्थाको प्रशासनिक कार्यकर्तासँग सल्लाह गर्न सक्नुहुन्छ ।
【समय】2022 जुन 4 तारिक (शनिबार) 13:00 – 16:00
2022 schedule_Administrative Scriveners.pdf

●जुन 10 तारिक वकिल द्वारा विशेषज्ञीय परामर्श बैठक गर्छौं
बिवाह, घरभाडामा लिनेदिने कम्पनि, सम्पत्ति, जस्ता कानुनी मामिला सम्बन्धमा सल्लाह गर्न सक्नुहुन्छ ।
【समय】2022 जुन 10 तारिक (शुक्रबार) 13:00 – 16:00
2022 schedule_Lawyers.pdf

●जुन 15 तारिक कर लेखनदास द्वारा विशेषज्ञीय परामर्श बैठक गर्छौं
जापानको कर सम्बन्धमा तोहोकु कर लेखनदास संगठनमा सल्लाह लिन सक्नुहुन्छ ।
【समय】2022 जुन 15 तारिक (बुधबार) 13:00 – 16:00
2022 schedule_Tax Accountants.pdf

●जुन 24 तारिक अध्यागमन तथा आप्रवासन बिभाग (इमिग्रेशन) द्वारा विशेषज्ञीय परामर्श बैठक गर्छौं
अध्यागमन तथा बसोबास प्रक्रिया, भिजा प्रक्रिया सम्वन्धि सरसल्लाहको लागि सेन्दाई अध्यागमन तथा आप्रवासन ब्युरोबाट परामर्श लिन सकिने छ ।
【समय】2022 जुन 24 तारिक (शुक्रबार ) 13:00 – 16:00
2022 schedule_Immigration Bureau.pdf

※परामर्शको लागि शुल्क लाग्दैन । सल्लाह लिन सक्ने समय चाहिं एक जना को लागि 30 मिनेट सम्म हुन्छ |
※परामर्श गर्न चाहनुहुन्छ भने निवेदन गर्दा निम्नलिखित कुराहरु बुझाउनु होला |
– तपाईको नाम
– सम्पर्क ठेगाना (फोन नम्बर / इमेल)
– तपाईको बसाइ अनुमतिको आवस्था
– तपाइलाई सल्लाह गर्न मान लागेको कुरा को बारेमा (समस्या को बारेमा)
– दोभाषेको आवश्यकता पर्छ कि पर्दै ?

<<विशेषज्ञीय परामर्श बैठकको आवेदनको लागि यँहा सम्पर्क गर्नुहोला>>
【स्थान】सेन्दाई बहुसांस्कृतिक समाज केन्द्र (सेन्दाई अन्तर्राष्ट्रिय केन्द्र, सम्मेलन भवन 1F)
【निवेदनको लागि सम्पर्क】TEL:022-224-1919、022-265-2471/Email:tabunka@sentia-sendai.jp