ब्लगअन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

2022 (रेवा 4) अप्रिल महिनाबाट पेन्सन पुस्तिका खारेज गरि,「आधारभूत पेन्सन नम्बर कार्ड」मा परिवर्तन हुनेछ ।(年金手帳が廃止され「基礎年金番号通知書」に変わります

हुन लाग्नुभएका व्यक्तिहरुको लागि,「आधारभूत पेन्सन नम्बर कार्ड」जारी गरिनेछ ।

आधारभूत पेन्सन नम्बर कार्ड भनेको पेन्सन पुस्तिकाको सट्टा, तपाई राष्ट्रिय पेन्सन द्वारा बीमा गरिएको व्यक्ति हुनुहुन्छ भन्ने कुराको प्रमाणित गर्छ ।
बिभिन्न प्रकारको पेन्सन प्रक्रिया वा रोजगारी गर्दाको समय आदिमा, आवश्यक पर्ने हुन सक्छ ।


आधारभूत पेन्सन नम्बर कार्ड (उदाहरण)↑

〇पेन्सन पुस्तिका साथमा भएको व्यक्ति
पहिले देखिनै, पेन्सन पुस्तिका साथमा भएका व्यक्तिहरुलाई,「आधारभूत पेन्सन नम्बर कार्ड」जारी गरिने छैन । 2022 (रेवा 4) अप्रिल 1 तारिक पछिदेखि, पेन्सन पुस्तिका चाँही आधारभूत पेन्सन नम्बर कार्ड पुष्टी गर्न सकिने कागजातको रुपमा, प्रयोग गर्न सकिन्छ । कृपया यसलाई सुरक्षित सँग राख्नुहोस ।

〇पेन्सन पुस्तिका हराउनुभएको खण्डमा
यदि तपाईले पेन्सन पुस्तिका हराएको भएमा, 2022 (रेवा 4) अप्रिल 1 तारिक पछिदेखि पुनः जारी गर्न चाहानु भएको खण्डमा, पेन्सन पुस्तिकाको सट्टामा,「आधारभूत पेन्सन नम्बर कार्ड」को पुन: जारीको लागि आवेदन दिन सक्नुहुन्छ ।

〇 माइ नम्बरको प्रयोग गरि, पेन्सन सम्बन्धी जानकारी वा आबेदनको उपयोग गर्न सक्नुहुन्छ ।