ब्लगअन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

अंग्रेजी संस्करण「ठुला आकारका फोहोर फाल्ने तरिका」को भिडियो तयार गारेका छौ ।(英語版「粗大ごみの捨て方」動画を作りました)

के तपाईलाई थाहा छ ठूला आकारका फोहोर कसरि फाल्ने ?
जापानमा, फोहोर छुट्याउने र फोहोर फाल्ने तरिकाको लागि चाँही स्थानीय सरकार अनुसार फरक पर्नेछ ।
विदेशी नागरिकहरुलाई, जापानको फोहोर फाल्ने नियमहरू प्रायः आफ्नो देशको तरिका भन्दा धेरै फरक हुने हुँदा, अफ्ठ्यारो र गाह्रो लाग्ने व्यक्तिहरु धेरै हुनुहुन्छ जस्तोलाग्छ ।
बिदेशी नागरिकहरुलाई दैनिक जीवनयापनमा परामर्शको सहायताको साथै बहुसांस्कृतिक समाज केन्द्रले पनि बिशेषगरि, ठुला आकारका फोहोर फाल्ने तरिका सम्बन्धित जानकारीहरुको परामर्शहरू प्रदान गर्दै आइरहेको छ ।
त्यसैले, सेन्दाई सिटीको अन्तर्राष्ट्रियसंस्कृति आदानप्रदानका सदश्यहरु(※)दुईजना मिलेर ठुला आकारका फोहोर फाल्ने तरिकाको मुख्य बिन्दुहरू समेटेर भिडीयो「Guide on How to Dispose of Bulky Waste In Sendai City(ठूला आकारका फोहोर फाल्ने तरिका )(१४ मिनेट, पूर्ण अंग्रेजीमा) नयाँ ढंगले तयार पर्नुभएको छ ।

सेन्दाई Tube (बाह्य साइटको लिङ्क) मा हेर्नु सक्नुहुनेछ । अवश्य हेर्नुहोला ।
https://www.youtube.com/watch?v=jWKQGHq5IRI

【भिडीयो को सामग्री】
(1)ठूला आकारका फोहोर अन्तर्गत पर्ने वस्तुहरू
(2)ठूला आकारका फोहोर फाल्ने रिसेप्सन सेन्टरमा फोनबाट आवेदन गर्नु अघिका तयारीहरू
(3)दोभाषे सहायता टेलिफोनको प्रयोग गरी आवेदन गर्ने
(4)आवेदन प्रक्रियाको सारांश
(5)बारम्बार सोधिने प्रश्नहरु र समाधान गर्ने तरिका

विस्तृत रुपमा, सेन्दाई सिटीको वेबसाइटमा हेर्नुहोला ।
https://www.city.sendai.jp/koryu/shise/gaiyo/profile/koryu/r3/sodaigomi0909.html

※अन्तर्राष्ट्रिय संस्कृति आदानप्रदानका सदश्य(CIR:Coordinator for International Relations)
JET कार्यक्रम (सरकारको बिदेशी युवा आमन्त्रण परियोजना) अन्तर्गत जापान आउनुभएको, स्थानीय सरकार अन्तर्राष्ट्रिय संस्कृति आदानप्रदानका का प्रतिनिधि बिभाग आदि मा अन्तर्राष्ट्रिय संस्कृति आदानप्रदान वा बहुसांस्कृतिक समाज परियोजनाहरूमा संलग्न छन । सेन्दाई सिटिमा हाल, दुईजना CIR हरु हुनुहुन्छ ।