ब्लगअन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

【महत्वपूर्ण सूचना】नयाँ कोरोना भाइरसको लागि थपखोप (बुस्टर डोज) (तेश्रोपटकको खोप) लगाउने बारेमा(新型コロナワクチン追加(3回目)接種)

सेन्दाई सिटिमा, नयाँ कोरोना भाइरसको लागि हाल तेश्रोपटक (बुस्टर डोज) खोप लगाउने प्रक्रियामा छ ।

दोस्रोपटकको खोप लगाएको प्रारम्भिक समय देखि चाडै लगाउनु भएको व्यक्तिहरुलाई क्रमबद्ध रूपमा, खोप लगाउने टिकट पठाउँछौं । कृपया केही समय पर्खनुहोस ।

यस पटक, सेन्दाई सिटि बाट तपाईहरुलाई पठाउने खोप लगाउने टिकट यस्तो छ ।

【खोप लगाउने टिकट सहितको खाम】

※इमेज गरिएको चित्र

【खोप लगाउने टिकट】

※इमेज गरिएको चित्र

「खोप लगाउने टिकट」「चिकित्सा जाँच फारम」「खोप प्रमाणपत्र」हरु सबैएकै पानामा हुनेछ ।
तपाईंले यो खोप लगाउने टिकट प्राप्त गर्नुभएपछि, खोप लगाउनको लागि बुकिंग प्रक्रिया गर्न सक्नुहुन्छ ।
नागरिक केन्द्र (सिमिन सेन्टर) आदिमा लगाईने「सामुहिकरुपमा लगाउने खोप」वा चिकित्सा संस्थाहरूमा लगाउने「व्यक्तिगत खोप」को अतिरिक्त, तोहोकु विश्वविद्यालय खोप केन्द्रमा「ठुलोस्थरमा खोप लगाउने」कार्य पनि गरिन्छ ।

【हाललाई, विशेष रूपमा तपाईहरुलाई भन्नुपर्ने बुँदाहरू तिनवटा छन ।】

①नयाँ कोरोनाभाइरस खोपको लागि सम्बन्धित कलसेन्टरको फोननम्बर

कलसेन्टरको फोननम्बर, 2022 (रेवा 4) जनवरी 4 तारिक बाट परिवर्तन गरिएको छ ।
नयाँ टोल फ्री फोननम्बर 0120-39-5670 हो ।

②प्रयोग गरिने खोप कम्पनि

प्रयोग गरिने कम्पनिका खोपहरु खोपलगाउने स्थान, खोपलगाउने संस्थाहरु अनुसार फरक हुन्छ । पहिलोपटक र दोस्रोपटक लगाएको खोप भन्दा फरक खोप दिइन्छ, तथाकथित「वैकल्पिक खोप」लाई पनि अनुमति दिइएको हुनाले, निर्धक्क भै खोप लगाउनुहोस ।

③व्यक्तिगत खोप लगाउन सकिने चिकित्सा संस्थाहरू

व्यक्तिगतरुपमा खोप लगाउन सकिने चिकित्सा संस्थाहरू, सेन्दाई सिटीको होमपेजबाट「खोप लगाउने पोर्टलसाइड」 मा पोस्ट गरिएको छ । प्रत्येक हप्ता अपडेट हुनेहुँदा, बुकिंग गर्ने समयमा, पहिले होमपेज वा, कल सेन्टरमा सम्पर्क गरि पक्का गर्नुहोस ।

साथै, कुनै कारणबश, पहिलोपटक र दोस्रोपटकको खोप नलगाएका व्यक्तिहरुपनि, फेरी खोपलगाउन सक्नुहुन्छ । तेस्रोपटकको खोप (बुस्टर डोज) लगाउनको लागि विस्तृतरुपमा, सेन्दाई सिटीको होमपेजबाट「खोप लगाउने पोर्टलसाइड」मा हेर्नुहोस ।
 

सेन्दाई सिटीको होमपेज「खोप लगाउने पोर्टलसाइड」विदेशी भाषा अनुवाद पृष्ठ

https://www.city.sendai.jp/covidvaccine/gaikokujin.html
 

सेन्दाई सिटि नयाँ कोरोना भाइरस(COVID-19)खोप लगाउनको लागिको पोर्टल साइड