ब्लगअन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

【सहभागीहरूको भर्ती अन्तर्गत】स्थायी वैदेशिक बासिन्दाहरूको रोजगार प्रबर्द्धनका लागि जापानीज भाषा कोर्स しごとの ための 日本語(2021 डिसेम्बर 13 तारिक~2022 फेब्रुअरी 10 तारिक)


厚生労働省 外国人就労・定着支援研修事業
SenTIA協力事業

यो चाँहि काम गर्न इच्छुक व्यक्तिहरुका लागिको, जापानिज भाषा कक्षा हो ।
काम गर्ने बेलामा प्रयोग हुने जापानिज भाषाको अध्ययन गरौं ।

【समयावधि】

2021 डिसेम्बर 13 तारिक(सोमबार)~2022 फेब्रुअरी 10 तारिक(बिहिबार)

【समय】

सोमबार ~शुक्रबार प्रत्येक दिन 9:30~12:30

【स्थान】

सेन्दाई बहुसांस्कृतिक समाज केन्द्र (सेन्दाई-सी, आवोबा-कु आवोबायामा, सेन्दाई इन्टरनेसनल सेन्टर सम्मेलन भवन 1F)

【बिषय बस्तु 】

स्तर 3 पाठ्यक्रम(कोर्स)
हिरागना, कताकानामा पढ्न र लेख्न सकिन्छ, दैनिक जीवनचर्यामा जापानीज भाषामा साधारण कुराकानी गर्न सकिने पाठ्यक्रम) कोर्स) हो ।
परिस्थिति वा बिभिन्न व्यक्ति अनुसार कार्यस्थलमा कुराकानी गर्ने तरिकामा अझ सुधार गरौं।
・कार्यस्थलमा हुने कुराहरु (कुराकानी,लेखपढ)
・व्यक्तित्व विकासको योजना र रोजगार खोजीका गतिविधिहरू ( रोजगार फारम,आवेदन कागजातहरू, अन्तर्वार्ता )
・निर्देशन, सुझाव आदि

【लक्षित व्यक्ति】

भिसा स्टाटस, 「स्थाई निवासी」「जापानीज व्यक्तिको पति/पत्नी आदि」「 स्थाई निवासीको पति/पत्नी आदि」「दीर्घकालिक निवासी “तेइज्युस्या”」 भएका व्यक्तिहरु

【शुल्क】

निशुल्क

【आवेदन】

1) हेल्लो वर्क सेन्दाईमा आवेदन दिनु पर्दछ ।
ठेगाना :सेन्दाई-सी मियागीनो-कु चुचुजीगावोका 4-2-3 सेन्दाई MT बिल्डिङ 4F
फोन : (022)299-8811 कोर्ड 45#
2) स्तर जाँचको परीक्षण गरिने छ ।
स्थान:सेन्दाई बहुसांस्कृतिक समाज केन्द्र
मिति : डिसेम्बर 6 तारिक (सोमबार) 9:30

【अन्तिम म्याद】

2021 नोवेम्बेर 30 तारिक (मंगलबार)
विस्तृतको लागि, JICE को होमपेज हेर्नुहोला ।
> https://www.jice.org/tabunka/course/

【सम्पर्क】

ओमाकी सान(JICE)
फोन:080-4335-8133
इमेल :tabunka53@softbank.ne.jp

【पम्पलेट】


यदि तपाइलाइ जापानिज भाषा बोल्नमा समस्या भए सेन्दाई बहुसांस्कृतिक समाज केन्दमा फोन गर्नु होला ।
यहाँबाट तपाइले दोभाषेको सहयोग लिन सक्नुहुनेछ ।
फोन:022-224-1919
(प्रत्येक दिन बिहान 9 बजे देखि बेलुका 5 बजे सम्म )
ईमेल:tabunka*sentia-sendai.jp
(कृपया “*”लाई “@” राखेर पठाउनुहोस् )