ब्लगअन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

【जानकारी】「जापानिज भाषा बोलीचालीको भाषा नभएका बच्चा र अभिभावकको लागिको शिक्षण क्यारियर मार्गदर्शन परामर्श मियागी」आयोजना गर्दैछौं।(日本語を母語としない子どもと親のための進路ガイダンス)

जापानिज नबुजे पनी, जापानको हाइस्कुल भर्ना हुने बारेमा परामर्श लिन सकिन्छ ।
「जापानको हाइस्कुल भनेको कस्तो हुन्छ ? 」 「भर्ना हुन लाई के गर्नु पर्दछ ? 」
「कस्तो किसिमको हाइस्कुलहरु हुन्छन ?」「शुल्क कतिजति लाग्छ होला ?」
जिज्ञासा वा प्रश्न तथा दुबिदाहरुको एकैसाथ समाधान गरौँ ।

मिति तथा समय:2021 अगष्ट 28 तारिक(शनिबार)14:00~16:00
स्थान :कार्यक्रम स्थल अथवा अनलाइन बाट पनि सहभागी हुन सक्नुहुन्छ

■ सहभागी हुने तरिका तलाका 3 वटा बाट छनौट गर्नुहोस्
1. सेन्दाई बहुसांस्कृतिक समाज केन्द्र (मुख्य कार्यक्रम स्थल)
 सहभागीहरू भेला भई, प्रत्यक्ष रुपमा कुराकानी सुन्न सकिन्छ ।
 अंग्रेजी, चाइनीज, कोरियन, तागालग, स्पेनीष भाषाहरुको दोभाषे सपोर्टको पनि व्यवस्था छ ।
2. इसिनोमाकी सिटी सोगो फुकुसी खाईखान मिनातो सोउ (स्याटेलाइट कार्यक्रम स्थल)
 मुख्य कार्यक्रम स्थलको भिडियो, भेला भएका मानिसहरु सँगै बसेर सुन्न सकिन्छ ।
3. अनलाइन (ZOOM)कम्युटर वा ट्याब्लेटमा सहभागी गर्नसकिनेछ। ※ जापानिज, अंग्रेजी, चाइनीज भाषामा पनि प्राशारण गरिनेछ ।

■सहभागी (अबलोकन
 लक्ष्य::प्राथमिक विद्यालयका विद्यार्थी (माथिल्लो कक्षाका विद्यार्थी) निम्नमाध्यामिक विद्यालयका विद्यार्थी, अभिभावक सहभागीता शुल्क : निशुल्क हुनेछ ।
 सहभागी क्षमता:मुख्य कार्यक्रम स्थलमा 30जना (दोभाषे सहित) सम्म । नयाँ कोरोना भाइरसको संक्रमण स्थिति अनुशार परिबर्तन हुन सक्दछ।
 दोभाषे : दोभाषे सपोर्टको पनि व्यवस्था छ। माथिको 「सहभागी हुने तरिका」मा हेर्नुहोला ।
 बिषय:मियागी प्रान्तको हाईस्कुल प्रबेश परिक्षाको बारेमा, सिनिएरहरु, अभिभावकको अनुभव, प्रश्न र उत्तरहरु

■आवेदन गर्ने तरिका
सहभागी हुन इच्छुक व्यक्तिहरुले, अग्रिम आवेदन दिनुहोला । ①② कुनैपनि तरिकाबाट आबदेन गर्न सक्नुहुन्छ ।
 ①अनलाइन(Google Form)बाट आवेदन दिने URL:https://forms.gle/VKPVExR5rmrCcHed9
 ② आवेदन फारम भरेर 、Email अथवा FAX बाट पठाउने

■ सम्पर्क, आवेदन स्थान

MIA ( मियागी प्रान्त अन्तर्राष्ट्रिय एसोसिएसन )
 फोन:(022) 275-3796 
 FAX:(022) 272-5063
 Email:mail@mia-miyagi.jp

SenTIA ( सेन्दाई पर्यटकीय अन्तर्राष्ट्रिय एसोसिएसन )
 फोन:(022) 268-6260 
 FAX:(022) 268-6252
 Email: kokusaika@sentia-sendai.jp 


फ्लायर(PDF)
अनुप्रयोग(Word)