ब्लगअन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

「सेन्दाई सिटि नयाँ कोरोना भाइरस खोप लगाउनको लागिको पोर्टल साइड」 तयार पारिएको छ। (「仙台市新型コロナウイルスワクチン接種ポータルサイト」ができました)

●「सेन्दाई सिटि नयाँ कोरोना भाइरस खोप लगाउनको लागिको पोर्टल साइड」 तयार पारिएको छ। 
https://www.city.sendai.jp/covidvaccine/info_n.html

 
●कुपन(खोप लगाउने टिकट)
○खोप लगाउनको लागीतपाइँलाई नगरपालिका बाट पठाएको कुपन (खोप लगाउनेटिकट) को आवश्यक पर्दछ।

कुपन (खोप लगाउने टिकट) लक्षित व्यक्तिलाई कुनै पनि समयमा पठाइने योजनाछ ।

तपाईलाईआएको खोप लगाउनेटिकट चाहिँ खोप लगाउन सुरुहुनु सम्म सुरक्षित सँग जतन गरेर राख्नुहुनअनुरोध गर्दछौं ।
यदी तपाईले केही नबुझेको कुराभएमा, कृपया कल सेन्टरमा(0120-39-5670)मा सम्पर्क गर्नुहोस ।

※अंग्रेजी, चिनियाँ, कोरियन, भियतनामी, नेपाली भाषापनि उपलब्ध छ (अन्य भाषाको लागि चाहिं सेन्दाई बहुसांस्कृतिक समाजकेन्द्र (022-224-1919)मा परामर्शगर्नुहोस।)

〇कुपन (खोप लगाउने टिकट) को दृष्टिकोण/ सावधानी अपनाउने कुरा

कुपन टिकट चाहिं स्टीकर जसरीटासीएको भै, दुई पटकको(खोप लगाउने टिकट) र「खोप प्रमाणपत्र」चाहिं एक प्रतिको कागज मा टासीएको हुनेछ। कृपया यसलाई नउपकाई सुरक्षित ठाउँमा राख्नुहोस्।

※भ्याक्सिन, 2 पटक लगाउन आवस्यक पर्दछ।कुपन चाँही, पहिलोपटकको खोप लगाइ सकेपछि पनि जतन संग राख्नुहोला ।

・व्याख्यातथा निर्देशन(फाइजर कम्पनी)
https://www.mhlw.go.jp/content/000792537.pdf

・व्याख्यातथा निर्देशन(ताकेदा / मोडेर्ना कम्पनी)
https://www.mhlw.go.jp/content/000792016.pdf

 
●प्रारम्भिकचिकित्सा जाँच फारम आदि
बिदेशी भाषाको संस्करण अनुबाद (स्वास्थ्य, श्रम र कल्याण मन्त्रालयको लिंक) मा हेरेर, जापानिज भाषाको प्रारम्भिक चिकित्सा जाँच फारममा भर्नुहोस्।
https://www.mhlw.go.jp/stf/seisakunitsuite/bunya/vaccine_tagengo.html

・प्रारम्भिकचिकित्सा जाँच फारम(फाइजर कम्पनी, ताकेदा / मोडेर्ना कम्पनी)(जापानीज भाषामा मात्र)
https://www.city.sendai.jp/covidvaccine/documents/yoshinhyou_v2.pdf

तपाइले पहिलेनै यो फारम भरेर, उक्त दिन चिकित्सा संस्थावा खोप केन्द्रमा लिएर आउनुभएमा, सरल रुपमा दर्ता कार्य अघिबढी, समयको पनि बचत हुनजानेछ ।