ब्लगअन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

【ब्यवसाय गर्दै आउनुभएका सबै महानुभावहरुमा】 ब्यवसाय निरन्तरता अनुदान कोष (जापान सरकारबाटको अनुदान रकम )को सम्बन्धमा(持続化給付金)

 यसको आवेदन दर्ताको समय समाप्त भएको छ 

※लक्षित व्यवसायीहरु लाइ बिस्तार गरिनेछ

नयाँ कोरोना भाइरस संक्रामक रोगका कारण, नराम्रोसँग प्रभावित हुन पुगेका साना तथा मज्योउला कम्पनी, स्वतन्त्र पेशावाल का साथै स्वरोजगार गरिरहेका सम्पूर्ण व्यवसायी व्यक्तिहरुलाइ, आफ्नो ब्यवसायलाई निरन्तरता दिन सक्नुहोस भन्नका लागि हामी तपाईहरुलाई फिर्ता गर्नु नपर्ने अनुदान रकम उपलब्ध गराउनेछौं ।

स्वरोजगार गरिरहेका ब्यवसायीको हकमा, “विशेष तथा निश्चित रकम अनुदान”( प्रत्येक व्यक्तिले 1 लाख प्राप्त गर्ने प्रणाली ) को आवेदन दिएको भएपनि, यो अनुदान प्राप्त गर्न सक्नु हुनेछ ।

【अनुदान रकम】

स्वतन्त्र पेशावाल का साथै स्वरोजगार ब्यवसायी मालिक अधिकतम 10 लाख एन
मज्योउला तथा साना ब्यवसायी अधिकतम 20 लाख एन
※ भुक्तानी दिने रकमचाँही, बिक्रीमा आएको कमीलाइ गणना विधिको रुपमा आधार मानेर निर्धारण गरिन्छ।
※ माथिल्लो सीमा, गत बर्षको बिक्रीमा घटेको मात्रा लाइ आधार बनाइनेछ ।

【लक्षित व्यवसायी】

① एक महिनाको बिक्रि अघिल्लो वर्षको उही महिनासँग दाँज्दा, 50% भन्दा बढी घटेको हुनु पर्दछ ।
② मार्च 2019 भन्दा पहिला बाट व्यवसाय बाटको आम्दानी (बिक्रि) भएको हुनुपर्ने, र अबबाट पनि व्यवसायलाइ निरन्तरता दिन इच्छुक ब्यवसायी हुनु पर्ने छ ।

<यस पटक लक्षित समुहको विस्तारमा, सहभागी हुन सक्ने नयाँ लक्षित ब्यवसायीहरु >
①मुख्य आम्दानी चाँही,रोजगार आय तथा विविध आय भइ कर फिर्ता रिपोर्ट पेस गरेको व्यक्तिगत व्यवसायी व्यक्तिहरु हुनुपर्ने र एक महिनाको आम्दानी चाँही, अघिल्लो वर्षको उही महिना भन्दा पनि ५०% भन्दा बढी घटेको भएमा ।
②2020 को जनवरी देखि मार्च महिनाको भित्रमा ब्यवसाय स्थापना गरेका ब्यवसायी भइ, एक महिनाको बिक्रि चाँही, स्थापना महिना देखी मार्च महिनाको आम्दानी, औसत बार्षिक आम्दानी भन्दा पनि ५० % भन्दा बढी घटेको भएमा ।

※ अन्य सर्तहरु पनि लागु हुनेछन ।
※ एकपटक अनुदान रकम प्राप्त गरिसकेका व्यक्तिले, फेरि अनुदान रकमको लागि आवेदन दिन मिल्ने छैन ।
※ तपाईले अन्य अनुदान वा सहयोग रकमको लागि आवेदन दिनुभएको छ भनेपनि तपाई यसकोलागि योग्य हुन सक्नुहुन्छ ।

【आवेदन दिने तरिका】

ब्यवसाय निरन्तरता अनुदान कोषको होमपेजमा गएर, माइपेज बनाइ, आवस्यक कागजातहरु एटेज गरेर आवेदन दिनु पर्दछ ।

ब्यवसाय निरन्तरता अनुदान कोषको आवेदन दिन सकिने HP
https://www.jizokuka-kyufu.jp/(जापानी भाषा)

【आवेदन दिने अवधि】

2020 मे 1(शुक्र)~2021 जनवरी 15(शुक्र)सम्म

※ बृस्तित मा बुझ्न व्यापार-उद्योग तथा अर्थ मन्त्रालयको पेज हेर्नुहोला ।
https://www.meti.go.jp/covid-19/jizokuka-kyufukin.html(जापानी भाषा)

【सम्पर्क】

ब्यवसाय निरन्तरता अनुदान कोष परियोजना कल सेन्टर

① अगष्ट महिनाको 31 गते सम्ममा ब्यवसाय निरन्तरता अनुदान कोष परियोजनामा आवेदन गर्ने व्यक्ति
फोन नम्बर :0120-115-570、03-6831-0613

② सेप्टेम्बर महिनाको 1गते पछि सम्ममा , नयाँ ब्यवसाय निरन्तरता अनुदान कोष परियोजनामा आवेदन गर्ने व्यक्ति
फोननम्बर :0120-279-292、03-6832-6631

खुल्ने समय:①र②जुनकुनै पनि
कार्यलय समय र आइतबार साढे 8 बजेबाट ~19 बजे सम्म
(शनिबार र सार्वजनिक बिदाको दिन बाहेक)

यदि तपाइलाइ जापानिज भाषा बोल्नमा समस्या भए सेन्दाई बहुसांस्कृतिक समाज केन्दमा फोन गर्नु होला ।
यहाँबाट तपाइले दोभाषेको सहयोग लिन सक्नुहुनेछ ।
फोन:022-224-1919(9 बजे देखि 17 बजे सम्म )
ईमेल:tabunka*sentia-sendai.jp
(कृपया “*”लाई “@” राखेर पठाउनुहोस् )

(20201009)