ब्लगअन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

ब्यवसाय गर्दै आउनुभएका सबै महानुभावहरुमा 「सेन्दाई भित्र साना तथा मज्योउला कम्पनी आदिको ब्यवसायलाइ निरन्तरता दिनको लागी लक्षित सहयोग रकम (सेन्दाई सिटी स्थानीय औद्योगिक मद्दत कोष)」(仙台市地域産業支援金)

(2020/ 7/15 मा संशोधन गरिएको)

 यसको आवेदन दर्ताको समय समाप्त भएको छ 

※ लक्षित व्यवसायीहरु लाइ बिस्तार गरिनेछ

नयाँ कोरोना भाइरस संक्रामक रोगका कारण, नराम्रोसँग प्रभावित हुन पुगेका साना तथा मज्योउला कम्पनी, स्वतन्त्र पेशावाल का साथै स्वरोजगार गरिरहेका सम्पूर्ण व्यक्तिहरुलाइ, आफ्नो ब्यवसायलाई निरन्तरता दिन
सक्नुहोस भन्नका लागि हामी तपाईहरुलाई मद्दत रकम उपलब्ध गराउनेछौं ।
※「सेन्दाई सिटी स्थानीय औद्योगिक सहायता कोष」बाट अनुदान रकम लिइसक्नु भएका व्यवसायीहरुलाइ चाँही यो सुविधा उपलब्ध हुनेछैन (मद्दत कोषको रकम पाइने छैन)

【मद्दत रकम】

एक ब्यवसायी 2 लाख एन

【लक्षित ब्यवसायी】

निम्न ①~③ को सबै बुदाहरुमा मेल खाने व्यवसायी मात्रलाइ लागु हुनेछ । लागु नहुने अवस्था पनि हुन सक्दछ ।

① सेन्दाई भित्रमा मुख्य कम्पनि・मुख्य पसल・मुख्य कार्यालयहरु भएको ठूलो कम्पनी बाहेकका अन्य ब्यवसायी हुनु पर्ने छ ।(※1)
② मार्च 2020 भन्दा पहिला बाट व्यवसाय शुरु गरेका, र अबबाट पनि व्यवसायलाइ निरन्तरता दिन इच्छुक
ब्यवसायी हुनु पर्ने छ ।
③ नयाँ कोरोना भाइरस संक्रामक रोगका प्रभावका कारणले गर्दा फेब्रुअरी देखि जुन महिना भित्रमा ब्यवसायको आम्दानी अघिल्लो वर्षको उही महिनासँग दाँज्दा, 50% भन्दा बढी घटेको महिना भएको हुनु पर्दछ ।(※2)

(※1)ब्यवसायीक फर्म बाहेक अन्य कर्पोरेसनहरूको रूपमा, चिकित्सा संस्थानहरू, कृषि संस्थानहरु तथा NPO कर्पोरेसनहरू आदि यसमा शामिल छन । व्यक्ति विशेषको हकमा,स्थानीय निवासीको दर्ता वा कर भुक्तानी गरेको ठाउँ सेन्दाई सिटी भित्रमा भएरका व्यक्तिहरु, जसले ब्यवसायीक आम्दानीको रिपोर्ट पेस गरेको अथवा ब्यवसाय बाट आएको आयबाट तलब लिएको छ र रोजगारीको आय या विविध आय को कर फिर्ता रिपोर्ट पेस गरेको व्यक्ति यस सुविधाको लागि योग्य हुने छन। तर तलबको आम्दानी रिपोर्ट आदि पेस गरे पनि करारका कर्मचारी (हाकेन स्याइन ), कन्ट्याक्ट कर्मचारी (केइयाकु स्याइन ) अलबाईतो , पार्टटाइम कर्मचारी आदिले रोजगारी अनुसारको सर्भिसका कारणले यो सुविधा लिन असमर्थ हुनेछन ।
(※2)जनवरी 2019 देखि व्यापार शुरु गरेका व्यवसायी, अथवा डिलर्सहरु खोलेका ब्यवसायीहरु चाँही, आवस्यक सर्तहरु पुरा भएको अवस्थामा विशेष परिस्थिति अनुरुप यो सुविधा भित्र पर्न सक्दछन ।

【आवेदन दिने तरिका】

आवेदनको लागि आवस्यक कागजात हुलाक बाट पठाउन सकिन्छ ।
पठाउने कागजातहरु 「पठाउने ठाँउको ठेगाना」「आवेदन फारम」「सेइयाकुस्यो “प्रतिज्ञानामा”」सेन्दाई सिटीको
होमपेज बाट डाउनलोड गर्न सकिन्छ ।
यस बाहेक पनि अन्य कागजातहरुको आवस्यक पर्दछ । सेन्दाई सिटीको होमपेज हेर्नुहोला ।

सेन्दाई सिटीको होमपेज「सेन्दाई भित्र साना तथा मज्योउला कम्पनी आदिको ब्यवसायलाइ निरन्तरता दिनको लागी लक्षित सहयोग रकम (सेन्दाई सिटी स्थानीय औद्योगिक मद्दत कोष) को बारेमा 」
https://www.city.sendai.jp//kikakushien/shienkin.html(जापानिज भाषा)

【आवेदन अवधि】

①  यस पटकको लक्ष बिस्तार भन्दा पहिले लक्ष समूहमा परेका व्यावसायिक व्यक्तिहरु ( आम्दानीको मुख्य स्रोत ब्यवसायीक आय भएका व्यक्तीहरु )
13 मे, 2020 (बुध) ~31 जुलाई (शुक्र) सम्म (पोस्टमार्क मितिको मान्यता)
* अधिकांश आय व्यवसायबाट आएपनि, अन्तिम म्याद 31 जुलाई सम्ममा थप गरिएको ।

② यस पटक लक्ष बिस्तार बाट सुबिधा पाउने नयाँ ब्यक्ति ( ब्यवसाय बाट आर्जित आम्दानी लाइ रोजगार आय तथा विविध आय को कर फिर्ता रिपोर्ट पेस गरेको, स्वतन्त्र पेशावाल आदिका व्यक्तिगत व्यवसायी व्यक्तिहरु )
1 जुलाई 2020 (बुध) ~31 जुलाई (शुक्र) सम्म (“हुलाकी प्रक्रिया” केस्सिन युउकोउ)

आवेदन दिने बारेमा बृस्तित कुरा, सेन्दाई सिटीको होमपेजमा उल्यख छ 「आवेदन प्रक्रिया」हेर्नुहोला
①यस पटकको लक्ष बिस्तार भन्दा पहिले लक्ष समूहमा परेका व्यावसायिक व्यक्तिहरु ( आम्दानीको मुख्य स्रोत ब्यवसायीक आय भएका व्यक्तीहरु )
「सेन्दाई सिटी स्थानीय औद्योगिक सहायता कोषको आवेदन प्रक्रिया」(ब्यवसायीक आम्दानी गर्ने हरुका लागि )
【2020 जुलाई 15 तारिखको संस्करण】

②यस पटक लक्ष बिस्तार बाट सुबिधा पाउने नयाँ ब्यक्ति ( ब्यवसाय बाट आर्जित आम्दानी लाइ रोजगार आय तथा विविध आय को कर फिर्ता रिपोर्ट पेस गरेको, स्वतन्त्र पेशावाल आदिका व्यक्तिगत व्यवसायी व्यक्तिहरु )
「सेन्दाई सिटी स्थानीय औद्योगिक सहायता कोषको आवेदन प्रक्रिया」(रोजगार आय तथा विविध आय)
【2020 जुलाई 15 तारिखको संस्करण】

【सम्पर्क】

①सोधपुछको लागिको टेलिफोन
आवेदनसँग सम्बन्धित प्रश्नहरु सोध्न सक्नुहुनेछ
फोन नम्बर :0570-085894
खुल्ने समय :कार्यालय दिन साँढे 8 बजे ~17 बजे

②आवेदन फारम तयार पार्न विशेष सहयोग गर्ने स्थान (समय लिनुपर्ने)
आवेदन फारम तयार पार्नको लागि सोधपुछ गर्न सकिन्छ ।

समय लिने तरिका :सोधपुछको लागिको टेलिफोन (0570-085894)」मा फोन गरेर समय लिने
खुल्ने समय : कार्यालय दिन 9 बजे ~17 बजे
※ स्थान: साना तथा मज्योउला कम्पनी पुनरुत्थान केन्द्र 仙台市中小企業活性化センター内
(सेन्दाई-सि आवोबा-कु च्युउओउ 1-3-1 AER 5F 仙台市青葉区中央1-3-1 AER5階)
यदि तपाइलाइ जापानिज भाषा बोल्नमा समस्या भए सेन्दाई बहुसांस्कृतिक समाज केन्दमा फोन गर्नु होला ।
यहाँबाट तपाइले दोभाषेको सहयोग लिन सक्नुहुनेछ ।
फोन:022-224-1919(9 बजे देखि 17 बजे सम्म )
ईमेल:tabunka*sentia-sendai.jp
(कृपया “*”लाई “@” राखेर पठाउनुहोस् )

(20200727)