ब्लगअन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

【अनलाइन जापानीज भाषा कुराकानी कक्षा 】4/12-7/26 अनलाइन बाट कुरा गरौं ! (みんなのひろば)


(Organized by Graduate School / Faculty of Arts and Letters Tohoku University, Applied Japanese Linguistics)

यसमा Zoom को प्रयोग गरेर, सबैले जापानिजमा कुरा गर्ने गरिन्छ ।
युनिभर्सिटी पढ्ने जापानीज विद्यार्थीहरु पनि सहभागी हुने गर्दछन ।
कुराकानीको अभ्यास गर्ने गरिन्छ । गल्ति भए पनि केहि फरक पर्दैन ।
यसले बातचीत गर्ने क्षमता बढाउदछ ।
तपाइलाई सहभागी हुन इच्छा भएको बेलामा सहभागी हुन सक्नु हुनेछ । प्रत्येक हप्ता गर्ने पर्छ भन्ने छैन । अफ्ट्यारो नमानी निसंकोच सहभागी हुनुहोला ।

【संचालन अवधि】

प्रत्येक हप्ता सोमबार 17:30-18:30
2021/4/12 – 2021/7/26

【सहभागी हुने तरिका】

सहभागी हुने तरिका:
「Zoom」को माध्याम बाट गरिनेछ ।
इन्टरनेटमा जोडिनु आवश्यक हुन्छ ।

【लक्षित व्यक्ति】

सेन्दाईमा बसोबास गर्ने जापानिज भाषा अध्ययन गर्न इच्छुक व्यक्तिहरु

【सहभागिता शुल्क】

निशुल्क ¥0

【आवेदन】

तलको URL लिंक बाट वेब फारममा जानुहोस ।
भनिएका आवस्यक कुराहरु भरेर, पठाउनुहोस ।
पछि तपाइको मेल एड्रेसबाट खबर पाउनु हुनेछ ।
https://forms.gle/XJvX4EXGVhHG9ULi6

केहि सोध्नुपर्ने कुरा भएका व्यक्तिहरुले मेल गर्नुहोला ।

nik_hiroba@grp.tohoku.ac.jp

 

【Q&A】What is Minna no Hiroba?

यसमा के कस्ता कुराहरु गर्ने गर्नुहुन्छ ? जापानीज र विदेशी व्यक्तिहरु सँगसँगै कुराकानी गर्दछौं ।
खेलहरु पनि खेल्ने गर्दछौं ।
के का बारेमा कुराकानीहरु गर्ने गर्नुहुन्छ ? 「हबी」या「यात्रा」,「किनमेल 」आदि बिषयहरुको बारेमा कुराकानी गर्ने गर्दछौं ।
यो जापानिज भाषा कक्षा जस्तै हुन्छ ? जापानिज भाषाकक्षा भन्दा अलिकति फरक हुन्छ । रमाइलो सँग कुरा गर्दे, कुराकानी गर्ने अभ्यास गर्ने गर्दछौं ।
शिक्षक पनि हुनुहुन्छ ? नबुझेको या थाहा नभएको कुरा भएको बेलामा, जापानिज सहभागी या अन्य बिदेशी सहभागीहरुलाइ सोध्ने गर्नु पर्दछ ।

 

【PDF】