ब्लगअन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

「सेन्दाई जापानिज भाषाकक्षा」पढ्न इच्छुक व्यक्तिहरुको लागि आवेदन खुला गरिएको छ (せんだい日本語講座)※ओरिएनटेसन र कक्षा बिभाजन परीक्षा स्थगित हुनेछ।

※मे महिनामा 7 तारिक (शुक्रबार) को लागि निर्धारित「सेन्दाई जापानीज भाषाकक्षा」को ओरिएनटेसन र कक्षा बिभाजान परीक्षा नयाँ कोरोना भाइरस संक्रमण फैलावट रोकथामको लागि मे महिनामा 14 तारिक (शुक्रबार) सम्मको लागि स्थगित गरिएको छ। नयाँ जानकारीको लागि, SenTIA को होमपेज आदि हेर्नुहोला।

「सेन्दाई जापानिज भाषाकक्षा」चाँही विदेशी नागरिकहरुका लागिको जापानीज कक्षा हो ।
तपाइको जापानिज भाषाको स्थर अनुसार, बिभिन्न कक्षाहरु उपलब्ध छन ।
मे महिनामा 18 तारिक (मंगलबार) देखि पढाइ शुरु हुनेछ ।
शिक्षण शुल्क चाँही, निशुल्क हुन्छ (पुस्तकको पैसा अलग )
स्थान: आवोबा कु च्युओउ सिमिन सेन्टर ।
पढ्न इच्छुक व्यक्तिहरुले आवेदन दिनु पर्दछ ।

◆ओरिएन्टेसन र कक्षा छुट्याउने टेस्ट =
मे महिनामा 14 तारिक (शुक्रबार)10:00~प्रार्थमिक स्तर1~3 को कक्षा
मे महिनामा 14 तारिक (शुक्रबार)11:30~माध्यामिक स्तर भन्दा माथिको कक्षा
(※पढ्न इच्छुक व्यक्तिहरुले आवेदन दिनु पर्दछ ।)
◆पढाइ अबधि= मे महिनामा 18 तारिक (मंगलबार)~सेप्टेम्बर 10 तारिख (शुक्र)
◆पढाइ समय =प्रत्येक हप्ता मंगलबार~शुक्रबार (कक्षा अनुसार फरक पर्नेछ )
◆पढाइहुने स्थान= आवोबा-कु च्युओउ सिमिन सेन्टर (आवोबा-कु इचिबान्च्यो 2-1-4)
◆कक्षाहरु = प्रार्थमिक स्तर, माध्यामिक स्तर, उच्च स्तर र खान्जी आदि
◆शिक्षण शुल्क = निशुल्क ((पुस्तकको पैसा अलग )
◆अध्यापन=NPOनिगम ICAS अन्तर्राष्ट्रिय शहर सेन्दाई लाइ सहायता गर्ने नागरिक संगठन
◆कक्षा सम्बन्धि जानकारी तथा आवेदन फारमको लागि यो साइट हेर्नुहोला
http://int.sentia-sendai.jp/n/life/japanese_lesson3.html

※कोरोना भाइरस संक्रमण बिरुद्धको लागि, संधै भन्दा पढ्ने समय कम हुनेछ । क्लासको विद्यार्थी संख्यामा पनि कमि हुनेछ ।
निश्चिन्त संख्या पुरा भएपछि आवेदन बन्द गरिनेछ ।
※कक्षा छुट्याउने टेस्ट या पढ्न आउने बेलामा घरबाट ज्वोरो नापेर, मास्क लगाएर आउनुहोला ।
※भर्खर जापान आउनु भएका व्यक्तिहरु चाँही , २ हप्ता घरमा बिताए पछि मात्र आउनु होला ।
※कोरोना भाइरस संक्रमणका कारण, तालिका परिवर्तन वा रद्द हुन सक्दछ ।