ब्लगअन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

मार्च महिनाको विशेषज्ञिय परामर्श बैठकको राख्ने बारेको जानकारी(3月の専門相談会のお知らせ)

● मार्च 6 तारिखमा प्रशासनिक लेखनदास द्वारा विशेषज्ञीय परामर्श बैठक गर्छौं
भिसा, बसाइ अनुमति, इमिग्रेशन प्रक्रिया तथा प्रशासनिक कार्य आदिको बारेमा मियागी प्रशासकीय परिचालक संस्थाको प्रशासनिक कार्यकर्तासँग सल्लाह गर्न सक्नुहुन्छ।
【समय】2021 मार्च 6 तारिख (शनिबार) 13:00 – 16:00
2020 schedule_Administrative Scriveners

● मार्च 12 तारिखमा वकिल द्वारा विशेषज्ञीय परामर्श बैठक गर्छौं
विवाह, घर भाडा, सम्पत्ति, र उत्तराधिकार जस्ता कानूनी मामिलाहरूको सम्बन्धमा सल्लाह गर्न सक्नुहुन्छ। परामर्शको लागि शुल्क लाग्दैन ।
【समय】2021 मार्च 12 तारिख (शुक्रबार) 13:00 – 16:00
2020 schedule_Lawyers

● मार्च 18 तारिखमा श्रमिक ब्युरो द्वारा विशेषज्ञीय परामर्श बैठक गर्छौं
ज्याला, काम गर्ने समय, बिदा, श्रम सम्झौता,काम खोज्ने तरिका आदिका बारेमा मियागी श्रमिक ब्युरो द्वारा सल्लाह लिन सक्नुहुन्छ ।
【समय】2021 मार्च 18 तारिख (बिहीबार) 13:00 – 16:00
2020 schedule_Labour Bureau

● मार्च 26 तारिखमा प्रस्थान तथा आप्रवासन ब्युरो (immigration) द्वारा विशेषज्ञीय परामर्श बैठक गर्छौं
प्रवेश तथा बसोबास प्रक्रिया भिसा प्रक्रिया सम्बन्धिको सरसल्लाहको लागी सेन्दाई प्रस्थान तथा आप्रवासन ब्युरोबाट परामर्श लिन सकिने छ ।
【समय】2021 मार्च 26 तारिख (शुक्रबार ) 13:00 – 16:00
2020 schedule_Immigration Bureau

※परामर्शको लागि शुल्क लाग्दैन । सल्लाह लिन सक्ने समय चाहिं एक जना को 30 मिनेट सम्म हुन्छ |
※परामर्श गर्न चाहनुहुन्छ भने निवेदन गर्दा निम्नलिखित कुराहरु बुझाउनु होला |

– तपाइको नाम
– सम्पर्क (फोन नम्बर / ईमेल)
– तपाइको बसाइ अनुमतिको आवस्था
– तपाइलाई सल्लाह गर्न मान लागेको कुरा को बारेमा (समस्या को बारेमा)
– अनुवादकको आवश्यक छ कि छैन ?

<< विशेषज्ञीय परामर्श बैठकको आवेदनको लागि यँहा सम्पर्क गर्नुहोला >>
【स्थान】सेन्दाई बहुसांस्कृतिक समाज केन्द्र (सेन्दाई अन्तर्राष्ट्रिय केन्द्र, सम्मेलन भवन 1F)
【निवेदनको लागि सम्पर्क】 TEL:022-224-1919、022-265-2471/Email:tabunka@sentia-sendai.jp