ब्लगअन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

मियागी प्रान्त・सेन्दाई सिटी・मियागी प्रान्त चिकित्सा संगठन・सेन्दाई सिटी चिकित्सा संगठन मियागी प्रान्त कोरोना भाइरस संकटघोषणा(宮城県・仙台市・宮城県医師会・仙台市医師会 宮城県新型コロナ危機宣言)

मियागी प्रान्तमा, डिसेम्बर महिना लागेपछि, अस्पताल भर्ना हुने बिरामीहरूको संख्या तथा दैनिक नयाँ संक्रमित व्यक्तिहरूको संख्या अहिले सम्मको सबैभन्दा उच्च स्थानमा पुग्ने आदि, संक्रमणको फैलावट र सामुदायिक संक्रमण बढ्ने क्रम जारी छ। संक्रमण चाँही, प्रान्त भरिमा फैलिएर, मनोरन्जन सहितका रेस्टुरेन्ट तथा मदिरा बिक्रि गर्ने रेस्टुरेन्ट या त्यस बाहेकका रेस्टुरेन्टहरु, वृद्धहरूका लागिको सेवागृह, घर, स्कुल वा काम गर्ने स्थान आदिका, बिभिन्न स्थानहरुमा यसको पुष्टि भएको छ।
त्यसैगरी, सामान्य चिकित्सा सेवामा कोरोना भाइरस संक्रमणको कारण प्रभाव पर्न गएर, चिकित्सा कर्मीहरुमा अत्यधिक ठुलो भार पर्न गएको छ ।
अहिले, मियागी प्रान्तमा, कोरोना बढेका कारण अन्य सामान्य व्यक्तिहरुले उपचार नपाएरजोखिम आउन सक्ने खतरा बढीरहेको छ ।
कोरोना भाइरस संक्रमण चाँही, वृद्ध मानिस वा पुरानो अन्तर्निहित रोग भएका व्यक्तिहरुलाइ संक्रमण भएको अवस्थामा, बिरामी गम्भीर हुने खतरा अतिनै बढी रहने तथा मृत्यु सम्म हुन सक्ने अवस्था भइ, युवा मानिसहरुमा पनि यसको असर पछि सम्म रहने खतरा हुन्छ ।
आफ्नो ज्यान र जीविकाको रक्षाको लागि, प्रत्येक व्यक्तिले नयाँवर्ष लाइ सरल रुपमा बिताउनु पर्ने आवश्यकता देखिएकोछ ।
सम्पूर्ण व्यक्तिहरुमा, आफ्नो तथा आफ्नो परिवारको सुरक्षाको लागि, तलका कुराहरु लाइ दृढताका साथ लागु गर्नु हुन अनुरोध गर्दछौ ।

1 वर्षको पहिलो मन्दिरको दर्सन (हाचुमोदे), किनमेल (हाचुउरी), बिभिन्न समारोहहरु आदिमा, भीडभाडबाट बचेर चल्नुहोस। विशेष रुपमा, अवस्था गम्भीर हुने खतरा बढी भएका वृद्ध मानिस वा पुरानो अन्तर्निहित रोग भएका व्यक्तिहरुले बाहिर जाने बारेमा, सावधानीपूर्वक सोचेर निर्णय लिनु हुन अनुरोध गर्दछौ ।

2 घर फर्कन या यात्रा आदिमा निक्लने बारेमा सकेसम्म सावधान हुन अनुरोध गर्दछौ ।
अनि, होक्काइदो, ठुला सहरीक्षेत्र, च्युबु क्षेत्र , खान्साइ क्षेत्र जस्ता संक्रमण फैलिएको स्थानहरूमा जाँदाआउदा सावधान हुन अनुरोध गर्दछौ ।

3 यदि तपाईलाई ज्वरो आदिका लक्षणहरू भएको बेलामा, तपाईले आफ्नो स्वास्थ्यलाई मात्र नभई तपाईका वरपरका मानिसहरूलाई पनि संक्रमित गर्न सक्नुहुने परिस्थिति आउन सक्ने हुनाले, कृपया सकेसम्म बाहिर नगइ, स्वास्थ्य जाँच तथा परामर्श केन्द्र (022-211-2882,022-211-3883)मा परामर्श लिनु हुन अनुरोध गर्दछौ ।

4 वर्षअन्त तथा नयाँ वर्षका पार्टीहरूमा , छोटो समयको लागि थोरै व्यक्ति सहभागी भइ, कुराकानी गर्दा मास्क लगाउनुहोस । साथै, शारीरिक अवस्थामा स्वस्थ हुनुहुन्न भने यस्तो कार्यक्रममा भाग नलिनुहोला।

5 ब्यवसाय तथा सेवा संचालकहरु महानुभावहरुले, कडाइका साथ संक्रमण रोकथामको उपाएहरुलाई । विशेषरुपमा, “मनोरन्जन सहितका रेस्टुरेन्ट” आदिमा संक्रमणहुने व्यक्तिहरुको संख्या धेरै बढिरहेको ब्यवसायका ब्यवसायीहरुले, संक्रमण फैलावट रोकथाम गाइडलाइनको पालना गर्दै, उपयोग कर्ताहरुलाई संक्रमण फैलावटको रोकथामका उपायहरू कडाइका साथ लागू गर्नु हुन अनुरोध गर्दछौ ।

2020 डिसेम्बर 16

मियागी प्रान्त गभर्नर  मुराइ योसिहिरो
सेन्दाई सिटी मेयर कोओरी काजुको
मियागी प्रान्त चिकित्सा संगठन अध्यक्ष सातो काजुहिरो
सेन्दाई सिटी चिकित्सा संगठन अध्यक्ष आन्दोउ केन्जिरो