ブログ国際化事業部からのお知らせ

【 विद्यार्थीहरूलाई】उच्च शिक्षा अध्ययनको लागि सहायता(高等教育就学支援)ネパール語

○ स्कुलमा तिर्ने पैसा ( पढाई शुल्क ) ले अफ्ट्यारोमा परेका विधार्थीलाइ ठुलो सहयोग पुग्दछ ।
पढाइ शुल्क घटाउने,छात्रवृत्ति प्राप्त गर्ने तथा पछि तिर्नेगरि पढाईखर्च लिने आदि कार्य गर्न मिल्दछ ।
○ यो सहायता प्राप्त गर्न मिल्ने व्यक्तिहरु:स्कुलमा तिर्ने पैसाले अफ्ट्यारोमा परेका व्यक्तिहरु, जसको
・भिसा स्टाटस चाहिँ「तोकुबेचु एइज्युस्या 」「एइज्युस्या」、「जापानिज व्यक्तिको पति / पत्नी आदि」「एइज्युस्याको पति / पत्नी आदि」भएको हुनुपर्नेछ ।
・「तेइज्युस्या」भिसा भएको व्यक्ति भइ अबबाट पनि लामोसमय जापानमा बस्न चाहने व्यक्तिहरु ।
※ यस बाहेकका भिसा स्टाटस भएका विधार्थी हरुको हकमा चाँही, छात्रवृत्ति प्रणालीहरु द्वारा जीवनयापनमा सहयोग पुर्‍याउने संयन्त्रहरु छन ।

शिक्षा मन्त्रालयको होमपेज (जापानिज भाषा)

【आवेदन दिने तरिका】
छात्रवृत्ति परामर्श केन्द्र या स्कुलमा सल्लाह गर्नुहोला ।
JASSO छात्रवृत्ति परामर्श केन्द्र(जापानिज भाषा)

【सम्पर्क】
छात्रवृत्ति परामर्श केन्द्र
फोन :0570‐666‐301(नाबि डायल )
खुल्ने समय :9 बजे ~20 बजे(शनिबार・आइतबार・सार्वजनिक बिदा र नयाँवर्षको बिदा बाहेक )

यदि तपाइलाइ जापानिज भाषा बोल्नमा समस्या भए सेन्दाई बहुसांस्कृतिक समाज केन्दमा फोन गर्नु होला ।
यहाँबाट तपाइले दोभाषेको सहयोग लिन सक्नुहुनेछ ।
फोन:022-224-1919(9 बजे देखि 17 बजे सम्म )
ईमेल:tabunka*sentia-sendai.jp
(कृपया “*”लाई “@” राखेर पठाउनुहोस् )