ブログ国際化事業部からのお知らせ

जापानमा बसाइ अनुमति, 3 महिना (90 दिन) भन्दा कम भएका व्यक्तिहरुको लागि (在留資格が3か月以下の人へ)ネパール語

कोरोना भाइरसका कारण आफ्नो देश फर्कन नसकेर, बसाइ अनुमति 「छोटो समयको बसाइ(90 दिन) 」 या「विशिष्ट गतिविधि “तोकुतेइ काचुदोउ” (3 महिना )」भएका व्यक्तिहरु इमिग्रेशन अफिस “न्युकान” मा जानुहोला । बसाइ अनुमति「विशिष्ट गतिविधि “तोकुतेइ काचुदोउ” लाइ (6 महिना )」बनाउन मिल्दछ ।

> PDF इमिग्रेसन अफिस बाटको जानकारी (नेपाली) 
 

विदेशी विद्यार्थी रहेका व्यक्तिहरुले「तोकुतेइ काचुदोउ लाइ (6 महिना )」बनाएमा पार्टटाइम काम पनि गर्न मिल्दछ ।
बसाइ अनुमति लाइ「तोकुतेइ काचुदोउ」बनाएका व्यक्ति हरुले वडा कार्यालयमा गएर स्थानीय बासिन्दाको दर्ता गराउनुहोस ।
यसो गर्नु भयो भने तपाईले「विशेष तथा निश्चित रकम अनुदान」(प्रतिव्यक्ति 1 लाख एन प्राप्त गर्ने प्रणाली) प्राप्तिको लागिको प्रक्रिया अगाडी बढाउन सक्ने हुनुहुन्छ ।

> PDF विदेशी विद्यार्थी रहेका व्यक्तिहरुले「तोकुतेइ काचुदोउ लाइ (6 महिना )」बनाएमा पार्टटाइम काम पनि गर्न मिल्दछ । (NPO Tabumane, FACIL)
 

विदेशी विद्यार्थी रहेका व्यक्तिहरु, जसको कामगर्ने कम्पनि तय भैसकेको थियो तर रोजगारी रद्द गरिएका व्यक्तिहरुले, हेल्लो वर्क मा परामर्श गर्नुहोला । यँहाबाट「सम्पूर्ण व्यक्तिहरुलाइ अप्रिल महिना देखि काममा लगाउने कार्य गर्नुहोस 」भनेर कम्पनिलाइ भन्ने, तथा तपाईहरुलाई काम भेट्टाउन सक्ने खालका सहयोगहरु गरिनेछ ।

「がいこくじんのみなさんへ しごとやせいかつのしえんについて」

बृस्तित कुराहरु बुझ्न , हेल्लो वर्क र इमिग्रेशन अफिसमा सोध्नुहोला ।
हेल्लो वर्क सेन्दाई
फोन:022-299-8811
सेन्दाई इमिग्रेशन अफिस
फोन:022-256-6076
 
यदि तपाइलाइ जापानिज भाषा बोल्नमा समस्या भए सेन्दाई बहुसांस्कृतिक समाज केन्दमा फोन गर्नु होला ।
यहाँबाट तपाइले दोभाषेको सहयोग लिन सक्नुहुनेछ ।
फोन:022-224-1919(9 बजे देखि 17 बजे सम्म )
ईमेल:tabunka*sentia-sendai.jp
(कृपया “*”लाई “@” राखेर पठाउनुहोस् )

(20200608)