ブログ国際化事業部からのお知らせ

व्यपार व्यवसाय गर्नु हुने सम्पूर्ण महानुभावहरुलाई ( बन्दको समयमा, आगलागी हुन बाट बच्न ध्यानपुर्याऔं )(ネパール語)

सेन्दाई सिटी या मियागी प्रान्तले व्यपार व्यवसाय गर्नु हुने सम्पूर्ण महानुभावहरुलाई, हामीले सेवा सुविधा बन्द गर्न या ब्यवसाय समय घटाउन सहयोगको लागि अनुरोध गरेका छौं ।
अवधि चाँही, 2020 अप्रिल 25 तारिख(शनि)देखि मे 6 तारिख(बुध)सम्म ।

सेवा सुविधा संस्था बन्द या ब्यवसाय समय घटाउनु भयको समयमा, आगलागी हुन बाट बच्न ध्यान पुर्याउहोस ।

ध्यान दिनुपर्ने कुराहरु:
・ग्यासको मेन सुइच बन्द गर्नुहोला ।
・बिजुलीको तारलाइ कुनै गरुङ्गो कुराले च्यापेको छकि, खतरा त छैन, चेक गर्नुहोला ।
・अहिले प्रयोग नगर्ने बिद्दुतीय उपकरणको पल्ग छुटाएर छोढ्नुहोला ।
・पसल तथा भवन छेउछाउमा आगो लाग्न सजिलो हुने (कार्टुन इत्यादि वस्तुहरू) नराख्नुहोला ।
・भाग्न सजिलो हुने बाटो, भर्याङ,प्यासेज आदिका ठाँउहरु केहि पर्दा भाग्नको लागि महत्वपूर्ण हुन्छ यस्तो ठाँउमा सामानहरु नराख्नुहोला ।
・आगलागीको बेला प्रयोग गर्ने ढोका या सटरको छेउछाउमा सामान राख्ने तथा आगो लाग्न सजिलो हुने बस्तु हरु नराख्नुहोला ।

बन्द रहेको समयमा भवनको साँचो नबिर्सिकन लगाऔँ ।

 
यदि तपाइलाइ जापानिज भाषा बोल्नमा समस्या भए सेन्दाई बहुसांस्कृतिक समाज केन्दमा फोन गर्नु होला ।
यहाँबाट तपाइले दोभाषेको सहयोग लिन सक्नुहुनेछ ।
फोन:022-224-1919
(प्रत्येक दिन बिहान 9 बजे देखि बेलुका 5 बजे सम्म )
ईमेल:tabunka*sentia-sendai.jp
(कृपया “*”लाई “@” राखेर पठाउनुहोस् )