ブログ国際化事業部からのお知らせ

विशेष तथा निश्चित अनुदान रकमको बारेमा (特別定額給付金)(ネパール語)

 यसको आवेदन दर्ताको समय समाप्त भएको छ 

1. जापान सरकारले, सबैको दैनिक जिबन धान्नका लागि, विशेष तथा निश्चित अनुदान रकम (दैनिक जिबनयापनको लागि, विशेष परिस्थितिमा प्राप्त गरिने पैसा ) सबैलाई दिने निर्णय गरेको छ ।

> सेन्दाई शहर「विशेष तथा निश्चित अनुदान रकमको बारेमा 」(जापानी भाषा)

【लक्षित】

अप्रिल 27 तारिख (आधार मानिने मिति ) , स्थानीय बासिन्दा रजिस्टरमा दर्ता भएको व्यक्ति हुनुपर्ने छ
※ विदेशी नागरीकहरुलाइ पनि यो सुविधा लागु हुनेछ ।

【क्युउफुकिन (पाइने रकम)】

प्रति व्यक्ति 1 लाख एन
※ यो रकम चाँही परिवारको मुली व्यक्तिलाइ एकमुष्ठ रुपमा दिईनेछ

【आवेदन दिने तरिका 】

1.हुलाक मार्फतको आवेदन
घरमूलीको नाममा, क्यूफुकिन (सरकार बाट पाउने रकम)को आवेदनको लागीको कागजात, नगरपालिकाबाट हुलाक मार्फत पठाइने छ ।
नगरपालिकाबाट पठाइएको कागजातमा समावेश आवेदन फाराममा ,आवेदन दिने घरमूलीको रेसिडेन्स कार्ड या सवारीचालक इजाजत पत्र आदि, आफ्नो परिचय खुल्ने कागजातको फोटोकपी, पैसा ट्रान्सफर गर्नको लागिको बैंकको पासबुक आदिको फोटोकपी राखेर,हुलाक बाट पठाउनु पर्दछ ।

2. अनलाइन मार्फतको आवेदन
यसकोलागि माइनम्बर कार्डको आवस्यकता पर्दछ । ( चुउची “सुचना” कार्डले काम गर्दैन ) माइनम्बर कार्ड नभएका व्यक्तिहरुले हुलाक मार्फत आवेदन दिनुहोला ।

【पैसा प्राप्त हुने तरिका 】

पैसा चाँही ,घरमुलीको बैंक खातामा ट्रान्सफर गरिनेछ ।

【आिेदि फाराम भिेबारे】

हुलाक द्वारा आवेदन दिने व्यक्तिहरुले “आवेदन फारम भर्नेबारे” राम्रोसँग पढेर र फारम भर्नु होला ।
यदि तपाइँले गलत तरिकाले भर्नुभयो भने, तपाइँलाइ पैसा पाउन ढिला हुनेछ।


> PDF आिेदि फाराम भिेबारे

【आवेदन दर्ता अवधि】

1. हुलाक मार्फतको आवेदन
26 मे 2020(मंगल)~26 अगस्त 2020(बुध)तारिख सम्म ( हुलाकी प्रक्रिया “तोउजिचु केसीइन यूकोउ” )
※ आवेदन फारम चाँही, मे 25 तारिख देखि जुन महिनाको शुरु सम्ममा क्रमिकरुपमा पठाइने छ ।
※ खातामा पैसा ट्रान्सफर चाँही जुन महिनाको शुरु तिरबाट क्रमिकरुपमा गरिनेछ ।

2. अनलाइन मार्फतको आवेदन
18 मे 2020(सोम)~26 अगस्त 2020(बुध)तारिख सम्म
※ खातामा पैसा ट्रान्सफर चाँही मे महिनाको अन्त्य तिरबाट क्रमिकरुपमा गरिनेछ ।

अझैपनि आवेदन नदिनु भएका व्यक्तिहरुलाइ सेन्दाई सिटीबाट यस्तो पोस्टकार्ड पठाउने छ ।
>PDF सेन्दाई सिटीको महत्वपूर्ण सूचना

【धेरै सोधिने प्रश्न】

Ministry of Internal Affairs and Communications
> धेरै सोधिने प्रश्न (जापानिज भाषा) (अंग्रेजी)

 

【सम्पर्क】

सेन्दाई सिटीको कल सेन्टर
फोन:022-302-6434
खुल्ने समय:
[कार्यालय दिनमा] बिहान 8 बजेर 30 मिनेट~बेलुका 7 बजे सम्म,
[शनि-आइतबार] बिहान 8 बजेर 30 मिनेट~ बेलुका 5 बजे सम्म
※शनि-आइतबार को दर्ता कार्य चाँही, जुन 21 तारिख सम्म मात्र हुनेछ ।
समर्थित भाषा:
[कार्यालय दिनमा] जापानीज , अंग्रेजी, चीनीयाँ, कोरियन, भियतनामी, नेपाली, पोर्चुगली,स्पेनिस, थाई, रसियन, तागालोग, हिन्दी र इन्डोनेसियन भाषा
[शनि-आइतबार] जापानीज , अंग्रेजी, चीनीयाँ, कोरियन, भियतनामी, नेपाली भाषा

 

2. जिबनसाथी बाटको हिंसा (घरेलुहिंसा) को कारणले गर्दा घर छोड्न बाध्य व्यक्तिहरुको लागि

अहिले, जिबनसाथी बाट भागेर, स्थानीय बासिन्दा रजिस्टरमा दर्ता भएको ठेगानामा नबसेका व्यक्ति भएपनि,आवस्यक नियमहरु पुरा भएमा, स्थानीय बासिन्दा रजिस्टरमा दर्ता भएको ठेगानाको ठाउँ भन्दा भिन्दै अन्य ठाँउबाट पनि क्यूफुकिन (सरकार बाट पाउने रकम)को आवेदनको लागीको आवस्यक कागजात प्राप्त गर्न सक्नुहुनेछ ।
स्थानीय बासिन्दा रजिस्टरमा दर्ता भएको ठेगानाको ठाउँ भन्दा भिन्दै अन्य ठाँउबाट कागजात प्राप्त गर्नको लागि ,आवस्यक प्रक्रिया पुरा गर्नु पर्दछ । सकेसम्म यो प्रक्रिया अप्रिल 30 तारिख सम्ममा गर्नु हुन अनुरोध गर्दछौं ।

【लक्षित व्यक्ति 】

①कानुनि रुपमा सुरक्षा प्राप्तिको आदेश पाएका व्यक्ति
②महिलाहरु परामर्श केन्द्र आदिमा परामर्श गरेको व्यक्ति
③आफ्नो बस्ने ठेगाना जोकसैलाइ थाहा नदिने आदि प्रक्रिया अधि बढाएका व्यक्तिहरु

यस प्रक्रियाको लागि बृस्तित रुपमा बुझ्नलाइ, यँहा सम्पर्क गर्नुहोला ।

【सम्पर्क】

नागरिक मामिला ब्यूरो नागरिक जीवनयापन शाखा
फोन :022-214-6145

 

3. सक्दो चाँडो क्युउफुकिन (रकम) आवस्यक परेका व्यक्तिहरुको लागि

※यसको आवेदन दर्ताको समय समाप्त भएको छ

अप्रत्यासित रुपमा आम्दानिमा कमि आएको आदिका कारणले, सक्दो चाँडो क्युउफुकिन (रकम) आवस्यक परेका परिवारका व्यक्तिहरुका बारेमा, आफु बसेको नगरपालिकाको होमपेजबाट आवेदन फारम डाउनलोड गरेर आवेदन दिने काम गर्न सकिन्छ ।

【आवेदन दिने तरिका 】

सेन्दाई सिटीको होमपेज बाट, आवेदन फारम डाउनलोड गरेर, प्रिन्टआउट गर्ने । आवेदन दिने घरमूलीको रेसिडेन्स कार्ड या सवारीचालक इजाजत पत्र आदि, आफ्नो परिचय खुल्ने कागजातको फोटोकपी, पैसा ट्रान्सफर गर्नको लागिको बैंकको पासबुक आदिको फोटोकपी राखेर,हुलाक बाट पठाउनु पर्दछ । ( हुलाकबाट पठाउदा लाग्ने खाम र पठाउने खर्च, तपाइँ आफैले व्यहोर्नु पर्नेछ । )

【आवेदन दर्ता अवधि】

18 मे 2020(आइत)~29 मे 2020(शुक्र)तारिख सम्म ( हुलाकी प्रक्रिया “तोउजिचु केसीइन यूकोउ” )
※ खातामा पैसा ट्रान्सफर चाँही मे महिनाको अन्त्य तिरबाट क्रमिकरुपमा गरिनेछ ।
यदि तपाइलाइ जापानिज भाषा बोल्नमा समस्या भए सेन्दाई बहुसांस्कृतिक समाज केन्दमा फोन गर्नु होला ।
यहाँबाट तपाइले दोभाषेको सहयोग लिन सक्नुहुनेछ ।
फोन:022-224-1919
(प्रत्येक दिन बिहान 9 बजे देखि बेलुका 5 बजे सम्म )
ईमेल:tabunka*sentia-sendai.jp
(कृपया “*”लाई “@” राखेर पठाउनुहोस् )

(20200601)