ブログ国際化事業部からのお知らせ

नयाँ कोरोना भाइरस सम्बन्धि सेन्दाई सिटीबाटको जानकारी 4 (बच्चा・बच्चा पालनपोषण (बाल क्लब, बाल हेरचाह कक्षा, शिशु स्वास्थ्य जाँच, बीसीजी खोप, नर्सरी स्कुलहरूको बारेमा))(ネパール語)

 

4-1.「हुर्कने बच्चा भएका परिवारको लागि अस्थायी रुपको बिशेष अनुदान रकम」

「बाल भत्ता」लिइरहेका व्यक्तिहरुले, एकजना बच्चा बरावर,10 हजार एन प्राप्त गर्न सक्दछन ।

【यो रकम प्राप्त गर्न मिल्ने व्यक्ति】
2020 मार्च कि अप्रिल महिनाको「बाल भत्ता」लिएका व्यक्तिहरु।
※सेन्दाई सिटीले, 2020 जुन 15 तारीखमा, बालभत्ता दर्ता गरिएको बैंकखातामा हालिदिएको छ । अझै प्राप्त नगर्नु भएका व्यक्तिले,सम्पर्क गर्नुहोस ।

【आवेदन दिने तरिका】
पहिले देखि नै「बाल भत्ता」लिइरहेका व्यक्तिहरुले, नयाँ आवेदन दिइरहनु पर्दैन ।

सेन्दाई सिटीको होमपेज
हुर्कने बच्चा भएका परिवारको लागि अस्थायी रुपको बिशेष अनुदान रकम (जापानी भाषा)

【सम्पर्क स्थान 】
बालबालिका भविष्य ब्यूरो, बाल स्वास्थ्य तथा कल्याण विभाग
फोन :022-214-8202

 

4-2.「एकल-अभिभावक परिवारहरूको लागि विशेष अनुदान रकमको बारेमा」

एकल-अभिभावक परिवारको दैनिकजिबन धान्न सघाउको लागि, अनुदान रकम दिनेछौं ।

विस्तृत जानकारी

 

4-3.「नवजात शिशुहरूको लागिको विशेष अनुदान कोष」

सेन्दाई सिटीले, नवजात शिशुहरूको पालनपोषणको सहयोगका लागि,अनुदान रकम उपलब्ध गराउदछ ।

विस्तृत जानकारी

 

4-4.「स्कुल या बाल क्लबको बारेमा 」

सेन्दाई सिटि होमपेज
स्कुल पुनःखुलेपछीको जानकारी (जापानीज भाषा )
बाल गृह तथा बाल क्लबको बारेमा (जापानीज भाषा)

[सोधपुछ]
प्राथमिक तथा निम्नमाध्यमिक बिद्यालयको पढाइ, लामो अबधिको बिदा आदिसँग सम्बन्धित कुराहरु
शैक्षिक मार्गदर्शन भिभाग: 022-214-8875
बिद्यालय वातावरणीय स्वच्छता,स्कूलको खाना र क्लब गतिविधिहरूको बारेमा
स्वास्थ्य शिक्षा भिभाग: 022-214-8881
बच्चाहरूको क्लबको बारेमा: व्यवसाय प्रमोर्शन सेक्सन: 022-214-8176
* यदि तपाईं जापानीज बुझ्नुहुन्न भने, कृपया सेंडाई बहु सांस्कृतिक केन्द्रमा कल गर्नुहोस्।

फोन: 022-224-1919 (बिहान 9 देखि बेलुका 5 बजे सम्म)

 

4-5.「3~4 महिनाका बालबालिकाको बाल हेरचाह कक्षा र बाल स्वास्थ्य जाँचको बिदाको सम्बन्धमा」

निम्न, बाल हेरचाह कक्षा तथा बाल स्वास्थ्य जाँच चाँही, बन्द गरिनेछ ।
● बाल स्वास्थ्य जाँच

डेढ वर्षका बच्चाको स्वास्थ्य जाँच
अढाई वर्षका बच्चाको दाँतको जाँच
तिन वर्षका बच्चाको स्वास्थ्य जाँच

स्वास्थ्य जाँचको मिति चाँही, वडा कार्यालय या सामान्य प्रशासन शाखा अनुसार फरक पर्दछ ।
स्वास्थ्य जाँच गराउने व्यक्ति (परिवार) लाइ, स्वास्थ्य जाँचको मितिको बारेमा जानकारी पठाइने छ ।
※ मास्क लगाएर सहभागी हुनुहोला ।
※ स्वास्थ्य जाँच गराउने बच्चा या परिवारमा कसैलाई ज्वोरो आएको अवस्थामा, स्वास्थ्य जाँचमा सहभागी नहुनुहोला ।
शरीर स्वस्थ भएपछि वडा कार्यालय या सामान्य प्रशासन शाखामा सम्पर्क गर्नुहोस ।

सेन्दाई सिटि होमपेज
शिशु स्वास्थ्यजाँच फेरि शुरू गरिएको छ(जापानीज भाषा)

● 3~4 महिनाका बालबालिकाको बाल हेरचाह कक्षा चाँही, बिदा रहने छ ।
यो कक्षा, अर्को दिनको लागि सारिएको छैन ।
बिदाको समयमा, 3~4 महिनाका बालबालिकाको बाल हेरचाह कक्षा लिने योजना भएका व्यक्तिहरु लाइ, तपाईले कक्षा कोठामा प्राप्त गर्न हुने अध्ययन सामग्रीहरू हुलाक बाट पठाउनेछौं।
सेन्दाई सिटि होमपेज
3~4 महिने शिशुको बालहेरचाह कक्षा (जापानीज भाषा)

【सम्पर्क】
आवोबा वडाकार्यालय पारिवारिक स्वस्थ्य विभाग
फोन:022-225-7211(प्रमुख डायल)
मियागी सामान्य प्रशासन शाखा स्वास्थ्य तथा कल्याण विभाग
फोन:022-392-2111(प्रमुख डायल)
मियागीनो वडाकार्यालय पारिवारिक स्वस्थ्य विभाग
फोन:022-291-2111(प्रमुख डायल)
वाकाबायासी वडाकार्यालय पारिवारिक स्वस्थ्य विभाग
फोन:022-282-1111(प्रमुख डायल)
ताइहाकु वडाकार्यालय पारिवारिक स्वस्थ्य विभाग
फोन:022-247-1111 (प्रमुख डायल)
आकियु सामान्य प्रशासन शाखा स्वास्थ्य तथा कल्याण विभाग
फोन:022-399-2111 (प्रमुख डायल)
इजुमी वडाकार्यालय पारिवारिक स्वस्थ्य विभाग
फोन:022-372-3111 (प्रमुख डायल)

 

4-6.「बिसिजी खोपको बारेमा 」

पुर्बसमय लिइ रहनु पर्दैन । तोकिएको समय भित्रमा निर्धारित स्थानमा जानुहोला ।
※अभिभावकले, मास्क लगाएर उपस्थित हुनुहोला ।
※ज्वोरो आदि आएको अवस्थामा, उपस्थित नजनाउनुहोला ।

सेन्दाई सिटि होमपेज
क्षयरोग बिरुद्धको खोप(BCG)को बारेमा / BCG को समयतालिका (जापानीज भाषा)

【सम्पर्क】
आवोबा वडा स्वास्थ्य तथा जनकल्याण केन्द्र पारिवारिक स्वस्थ्य विभाग
फोन:022-225-7211(प्रमुख डायल)
मियागी सामान्य शाखा प्रशासन स्वास्थ्य तथा कल्याण विभाग
फोन:022-392-2111(प्रमुख डायल)
मियागीनो वडा स्वास्थ्य तथा जनकल्याण केन्द्र पारिवारिक स्वस्थ्य विभाग
फोन:022-291-2111(प्रमुख डायल)
वाकाबायासी वडा स्वास्थ्य तथा जनकल्याण केन्द्र पारिवारिक स्वस्थ्य विभाग
फोन:022-282-1111(प्रमुख डायल)
ताइहाकु वडा स्वास्थ्य तथा जनकल्याण केन्द्र पारिवारिक स्वस्थ्य विभाग
फोन:022-247-1111(प्रमुख डायल)
आकियु सामान्य प्रशासन शाखा स्वास्थ्य तथा कल्याण विभाग
फोन:022-399-2111(प्रमुख डायल)
इजुमी वडा स्वास्थ्य तथा जनकल्याण केन्द्र पारिवारिक स्वस्थ्य विभाग
फोन:022-372-3111(प्रमुख डायल)

 

4-7.「नर्सरी स्कुल आदि (बच्चाहरु जिम्मा लिने संस्था)को बारेमा」

नर्सरी स्कुल आदि बिदा हुन सक्ने बेला
संक्रमण फैलिएको अवस्थामा, नर्सरी स्कुल आदि बिदा हुन सक्दछन ।

 

4-8.「नर्सरी स्कुल आदि उपयोग गर्ने सम्बन्धमा अनुरोध :सकेसम्म, बच्चाहरुलाइ घरमा नै राख्नुहोला」

नयाँ कोरोना भाइरसलाइ फैलन नदिनका लागि, नर्सरी स्कुल आदिको उपयोगको बारेमा, यहाँहरु लाइ केहि अनुरोध गर्न चाहन्छौं ।
भाइरस फैलन नदिनका लागि, मान्छेहरु धेरै जम्मा हुन नदिने कुरा महत्वपूर्ण हुन्छ ।
अभिभावकहरु घरमा हुनु भएको बेलामा, सकेसम्म बच्चाहरुलाई घरमा राख्नु होला। नर्सरी स्कुल आदिमा नआउनुहोला ।
तर, अभिभावकहरु जागिर आदिको कारणले, केहीगरी पनि घरमा बस्न नमिल्ने अवस्थामा, नर्सरीस्कुल हरुको उपयोग गर्न सक्नुहुनेछ । नर्सरीस्कुल आदिमा भाइरस फैलन नदिनको लागि, एक दिनमा पटक-पटक हात धुने, खोकी लागेको व्यक्ति हरुले,सक्दो रुपमा माक्स लगाउने गर्नुहोस ।

 
यदि तपाइलाइ जापानिज भाषा बोल्नमा समस्या भए सेन्दाई बहुसांस्कृतिक समाज केन्दमा फोन गर्नु होला ।
यहाँबाट तपाइले दोभाषेको सहयोग लिन सक्नुहुनेछ ।
फोन:022-224-1919
(प्रत्येक दिन बिहान 9 बजे देखि बेलुका 5 बजे सम्म )
ईमेल:tabunka*sentia-sendai.jp
(कृपया “*”लाई “@” राखेर पठाउनुहोस् )

(20201225)