ブログ国際化事業部からのお知らせ

मार्च 5 – अप्रेल 12 सेन्दाई बहुसांस्कृतिक समाज केन्द्रको केहि भागको प्रयोगमा रोक लगाइएको बारेमा 仙台多文化共生センターの利用の一部制限について(ネパール語)

कोरोना भाइरसको संक्रमणबाट बच्नको लागि,बहुसांस्कृतिक समाज केन्द्रको केहि भागहरुको प्रयोगमा रोक लगाइएको छ।
लबी र बालबालिका कक्ष प्रयोग गर्न सकिने छैन ।
परामर्श लिन,पुस्तक लान तथा फिर्ता गर्ने सुबिधा भने उपलब्ध छ ।
प्रशिक्षण तथा कार्यशाला गोष्ठी कक्ष पहिले नै रिजर्भ गर्नुभएका संगठन तथा महानुभावहरुले यसको प्रयोग गर्न सक्नु हुनेछ (नयाँ रिजर्भ गर्न भने सकिने छैन)
हामी यहाँहरुलाई पर्न गएको असुविधाको लागी क्षमा प्रार्थी छौँ, साथै सहयोग र समझादारीको लागि हृदय देखि धन्यवाद दिन चाहन्छौं ।

अवधि :2020 मार्च 5 गते(बिहिबार)~अप्रेल 12गते(आइतबार)सम्म