ブログ国際化事業部からのお知らせ

व्यावसायिक स्कुल (सेम्मोन गाक्कोउ) मा धेरै व्यक्तिहरुलाइ नयाँ कोरोनाभाइरसको संक्रमण भयो 〔अक्टोबर 26 तारिख〕 (10/26 新型コロナウイルス 大規模クラスター発生について)

अक्टोबरको अन्त्य तिर, सेन्दाई सिटीको व्यावसायिक स्कुलमा धेरै व्यक्तिहरुलाइ नयाँ कोरोनाभाइरसको संक्रमण भयो । संक्रमण भएर, नाक बग्ने तथा उच्च ज्वोरो आउदा पनि  「मलाई रोग लागेको छैन 」 भनेर सोच्ने मानिसहरु भेटिए ।  「मलाई ठिक छ」 भनेर नसोचि,निम्न कुराहरुको पालना गरौं ।

● हरेक दिन ज्वोरो नाप्ने
● अरु व्यक्तिहरु सँग कुरा गर्दा मास्क लगाउने
● खाना खाने बेलामा कुराकानी नगर्ने
● मान्छेहरु धेरै भएको ठाँउमा नजाने

सेन्दाई सिटि
https://www.city.sendai.jp/koryu/foreignlanguage/jp/news/coronavirus.html

सेन्दाई पर्यटन तथा अन्तर्राष्ट्रिय एसोसिएसन (SenTIA)
http://int.sentia-sendai.jp/blog/j/j-7510/

यदि तपाइलाइ जापानिज भाषा बोल्नमा समस्या भए सेन्दाई बहुसांस्कृतिक समाज केन्दमा फोन गर्नु होला ।
यहाँबाट तपाइले दोभाषेको सहयोग लिन सक्नुहुनेछ ।
फोन:022-224-1919
(प्रत्येक दिन बिहान 9 बजे देखि बेलुका 5 बजे सम्म )
ईमेल:tabunka*sentia-sendai.jp
(कृपया “*”लाई “@” राखेर पठाउनुहोस् )